Connect with us
Advertisement

पाथीभरामा केबलकार निर्माण अघि बढाउन छलफल थाल्ने एमालेको निर्णय

Published

on

नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने भएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले यसबारे चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिए पाथीभरा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग विवाद समाधान गर्ने,’ महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्न पार्टीले चासो राखेको छ । त्यही कुरामा भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेको सीईओका लागि ५ उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक

Published

on

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको समितिले संक्षिप्त सूची तयार गरी चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो ।

दरखास्त दिएकामध्ये युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी सर्टलिस्टमा परेनन् ।

सर्टलिस्टमा परेकाहरुको अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने छ । त्यसका लागि चैत ६ गते बुधबार बिहान सात बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ ।

Continue Reading

Banner

दक्षिण अमेरिकामा भीषण आँधी, २० जनाको मृत्यु

Published

on

दक्षिण अमेरिकामा भीषण आँधी आएको छ । उक्त आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । त्यसमध्ये १२ जना मिसौरीमा मारिएका छन् ।

बीबीसीका अनुसार उक्त आँधीले दक्षिण-पूर्वका राज्यमा ठूलो क्षति पुर्‍याएको बीबीसीले उल्लेख गरेको छ । आँधीका कारण थुप्रै गाडीहरू पल्टिएका र घरमा पनि क्षति पुगेको समाचारमा जनाइएको छ ।

टेक्सासमा धुलोसहितको आँधीका कारण एक कार दुर्घटनामा परेको छ । जसमा परी तीन जनाको मृत्यु भएको छ । त्यस्तै ओक्लाहोमा तथा अर्काससमा पनि जनधनको क्षति भएको जनाइएको छ ।

शनिबार दिउँसो ६ राज्यका २ लाख ४० हजारभन्दा घरहरूमा बिजुली नभएको जनाइएको छ । त्यस्तै सेन्ट्रल मिसिसिपी, पूर्वी लुसियाना तथा पश्चिमी टेनेसिसमा पनि मौसम खराबी हुनै चेतावनी दिइएको छ ।

Continue Reading

Banner

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

Published

on

कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना  हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।

दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

मृतक चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । एम्बुलेन्स कता जाँदै थियो भन्ने खुलेको छैन ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक