Banner
एमाले मोरङ अधिवेशन : दुवै पक्षको मनोनयन दर्ता, भोलि मतदान

नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ । मतदान भने भोलि बिहान ९ बजेबाट सुरु हुनेछ ।
१७ फागुनबाट जारी १० औं जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझाले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् ।
इतर पक्ष (विनोद ढकाल समूह)बाट अध्यक्षमा अजम्बर राईले मनोनयन दर्ता गरेका छन् । यो समूहबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले मनोनयन दर्ता गरेका छन् ।
१६५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । सदस्यका लागि पनि मनोनयन जारी छ । कार्यसमितिमा सदस्यीको मनोनयन जारी छ । दुवै पक्षले पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाउने तयारी गरेका छन् ।
Facebook Comment
Banner
नेप्सेको सीईओका लागि ५ उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको समितिले संक्षिप्त सूची तयार गरी चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो ।
दरखास्त दिएकामध्ये युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी सर्टलिस्टमा परेनन् ।
सर्टलिस्टमा परेकाहरुको अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने छ । त्यसका लागि चैत ६ गते बुधबार बिहान सात बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ ।
Banner
दक्षिण अमेरिकामा भीषण आँधी, २० जनाको मृत्यु

दक्षिण अमेरिकामा भीषण आँधी आएको छ । उक्त आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । त्यसमध्ये १२ जना मिसौरीमा मारिएका छन् ।
बीबीसीका अनुसार उक्त आँधीले दक्षिण-पूर्वका राज्यमा ठूलो क्षति पुर्याएको बीबीसीले उल्लेख गरेको छ । आँधीका कारण थुप्रै गाडीहरू पल्टिएका र घरमा पनि क्षति पुगेको समाचारमा जनाइएको छ ।
टेक्सासमा धुलोसहितको आँधीका कारण एक कार दुर्घटनामा परेको छ । जसमा परी तीन जनाको मृत्यु भएको छ । त्यस्तै ओक्लाहोमा तथा अर्काससमा पनि जनधनको क्षति भएको जनाइएको छ ।
शनिबार दिउँसो ६ राज्यका २ लाख ४० हजारभन्दा घरहरूमा बिजुली नभएको जनाइएको छ । त्यस्तै सेन्ट्रल मिसिसिपी, पूर्वी लुसियाना तथा पश्चिमी टेनेसिसमा पनि मौसम खराबी हुनै चेतावनी दिइएको छ ।
Banner
मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।
दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मृतक चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । एम्बुलेन्स कता जाँदै थियो भन्ने खुलेको छैन ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login