कोशी प्रदेश
लागूऔषध प्रयोगलाई न्यून बनाउन प्रहरीसँग भएको अन्तरक्रियाका सहभागीको सुझाव
विराटचोकः समुदाय– प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विराटचोकमा पालिकास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ ।
शुक्रबार सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख एवं ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत पालिकास्तरीय समितिका संयोजक शिवप्रसाद ढकालको संयोजकत्वमा अन्तरक्रिया सम्पन्न भएको थियो ।
छलफलमा शान्ति सुरक्षा, चोरी, घरेलु हिंसा, लागूऔषध र साइबर क्राइमसम्बन्धी विषयहरूमा अन्तरक्रिया भएको थियो ।

नगरप्रमुख ढकालले समग्र नगरका नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूत गराउन सफल भएको भन्दै प्रहरीलाई धन्यवाद दिएका थिए । ढकालले प्रहरीले दिएको राजस्व तथ्याङ्कलाई उपलब्धिमूलक भएको बताए । आपराधिक घटना हेर्दा सुन्दरहरैंचा शान्त देखिए पनि अहिले चोरीका घटना दिनप्रतिदिन बढ्दै गएको बताउँदै प्रहरीले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
चोकचोकमा क्यारम बोर्ड, लुँडोजस्ता खेलमा हजारौँ रुपैयाँको बाजी खेल्ने गरेको गुनासो आएकाले यसलाई २ ओटै सुरक्षा निकायले चासो देखाउनुपर्ने उनले बताएका थिए । यस्तै, नगर क्षेत्रका सम्भावित लागूऔषध प्रयोग हुने क्षेत्रका बारेमा समेत सहभागीले जानकारी गराएका थिए ।
यसैगरी, विद्यालयमा समेत लागूऔषध प्रयोग हुन थालेकाले ठूलो समस्या निम्तिन नदिन विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुपर्ने बताएका थिए । यसैगरी पछिल्लो अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीले चालेको कदमले यस क्षेत्रको शान्ति सुरक्षा मजबुत रहेको बताएका थिए ।

उपप्रमुख धनमाया तामाङले प्रहरीले गाउँगाउँ र टोलटोलमा गएर सन्देशमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले प्रहरी २ किसिमको हुने बताउँदै शान्ति सुरक्षा कायम गर्न बर्दीवाल र बर्दीविहीन दुवै प्रकारको प्रहरीले सहयोग गर्नुपर्ने उल्लेख गरे । कुनै घटना हुनेबित्तिकै प्रहरीलाई खबर गर्नुपर्ने उनको भनाइ थियो ।
इलाका प्रहरी कार्यालयका प्रमुख गुणराज बुढाथोकीले सहभागीले उठाएका प्रश्नहरूको जवाफ दिनुको साथै कार्यालयले गरेको प्रगति विवरण समेत प्रस्तुत गरेका थिए ।
बुढाथोकीले प्रहरीले धनी गरिब केही नहेरी कानुन अनुसार न्याय प्रदान गर्दै आएको बताएका थिए । उनले ईलाका प्रहरी कार्यालय बेलबारीले लागूपदार्थ साथै साइबर क्राइम सम्बन्धी प्रोजेक्ट पनि यस क्षेत्रमा सञ्चालनमा ल्याउने जानकारी गराएका थिए ।
बुढाथोकीले कसैलाई झुटो आरोपमा मुद्दा दर्ता नगराएको बताउँदै त्यस्तो गरेको पाइएमा कार्वाही हुने बताएका थिए । उनले यस क्षेत्रमा पछिल्लो समय लागूऔषध सेवनमा रोकथाम हुँदै आएको दाबी गरेका थिए ।
यस्तै, इलाका प्रहरी कार्यालयले ५ महिनाको अवधिमा १ करोड ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरी बेलबारीको हकमा सबै भन्दा धेरै राजस्व सङ्कलन गरेको बताएका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सङ्घसंस्था, महिला अधिकारकर्मी, पत्रकार, समितिका सदस्यहरू एवं समुदायले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा छलफल गरिएको थियो । छलफलमा सहभागी अधिकांश वक्ताहरूले शान्ति सुरक्षाको अवस्था, युवा कुलतमा लाग्न सक्ने सम्भावना, सवारी दुर्घटना कम गराउने विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष विनोद बस्नेत, वडा नम्बर ४ का शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ११ का बिसनलाल चौधरी, वडा नम्बर १२ का रोशनप्रसाद ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login