Connect with us
Advertisement

लागूऔषध प्रयोगलाई न्यून बनाउन प्रहरीसँग भएको अन्तरक्रियाका सहभागीको सुझाव

Published

on

विराटचोकः समुदाय– प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विराटचोकमा पालिकास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ ।

शुक्रबार सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख एवं ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत पालिकास्तरीय समितिका संयोजक शिवप्रसाद ढकालको संयोजकत्वमा अन्तरक्रिया सम्पन्न भएको थियो ।

छलफलमा शान्ति सुरक्षा, चोरी, घरेलु हिंसा, लागूऔषध र साइबर क्राइमसम्बन्धी विषयहरूमा अन्तरक्रिया भएको थियो ।

नगरप्रमुख ढकालले समग्र नगरका नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूत गराउन सफल भएको भन्दै प्रहरीलाई धन्यवाद दिएका थिए । ढकालले प्रहरीले दिएको राजस्व तथ्याङ्कलाई उपलब्धिमूलक भएको बताए । आपराधिक घटना हेर्दा सुन्दरहरैंचा शान्त देखिए पनि अहिले चोरीका घटना दिनप्रतिदिन बढ्दै गएको बताउँदै प्रहरीले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

चोकचोकमा क्यारम बोर्ड, लुँडोजस्ता खेलमा हजारौँ रुपैयाँको बाजी खेल्ने गरेको गुनासो आएकाले यसलाई २ ओटै सुरक्षा निकायले चासो देखाउनुपर्ने उनले बताएका थिए । यस्तै, नगर क्षेत्रका सम्भावित लागूऔषध प्रयोग हुने क्षेत्रका बारेमा समेत सहभागीले जानकारी गराएका थिए ।

यसैगरी, विद्यालयमा समेत लागूऔषध प्रयोग हुन थालेकाले ठूलो समस्या निम्तिन नदिन विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुपर्ने बताएका थिए । यसैगरी पछिल्लो अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीले चालेको कदमले यस क्षेत्रको शान्ति सुरक्षा मजबुत रहेको बताएका थिए ।

उपप्रमुख धनमाया तामाङले प्रहरीले गाउँगाउँ र टोलटोलमा गएर सन्देशमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेकी थिइन् ।

प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले प्रहरी २ किसिमको हुने बताउँदै शान्ति सुरक्षा कायम गर्न बर्दीवाल र बर्दीविहीन दुवै प्रकारको प्रहरीले सहयोग गर्नुपर्ने उल्लेख गरे । कुनै घटना हुनेबित्तिकै प्रहरीलाई खबर गर्नुपर्ने उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालयका प्रमुख गुणराज बुढाथोकीले सहभागीले उठाएका प्रश्नहरूको जवाफ दिनुको साथै कार्यालयले गरेको प्रगति विवरण समेत प्रस्तुत गरेका थिए ।

बुढाथोकीले प्रहरीले धनी गरिब केही नहेरी कानुन अनुसार न्याय प्रदान गर्दै आएको बताएका थिए । उनले ईलाका प्रहरी कार्यालय बेलबारीले लागूपदार्थ साथै साइबर क्राइम सम्बन्धी प्रोजेक्ट पनि यस क्षेत्रमा सञ्चालनमा ल्याउने जानकारी गराएका थिए ।

बुढाथोकीले कसैलाई झुटो आरोपमा मुद्दा दर्ता नगराएको बताउँदै त्यस्तो गरेको पाइएमा कार्वाही हुने बताएका थिए । उनले यस क्षेत्रमा पछिल्लो समय लागूऔषध सेवनमा रोकथाम हुँदै आएको दाबी गरेका थिए ।

यस्तै, इलाका प्रहरी कार्यालयले ५ महिनाको अवधिमा १ करोड ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरी बेलबारीको हकमा सबै भन्दा धेरै राजस्व सङ्कलन गरेको बताएका थिए ।

कार्यक्रममा जनप्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सङ्घसंस्था, महिला अधिकारकर्मी, पत्रकार, समितिका सदस्यहरू एवं समुदायले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा छलफल गरिएको थियो । छलफलमा सहभागी अधिकांश वक्ताहरूले शान्ति सुरक्षाको अवस्था, युवा कुलतमा लाग्न सक्ने सम्भावना, सवारी दुर्घटना कम गराउने विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष विनोद बस्नेत, वडा नम्बर ४ का शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ११ का बिसनलाल चौधरी, वडा नम्बर १२ का रोशनप्रसाद ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।

Continue Reading

Facebook Comment

17 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक