Banner
मन्त्री–घिसिङ टकराबले दैनिक १२ घण्टा लोडसेडिङ खेप्दै निजी क्षेत्र
७ चैत, विराटनगर । औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ सुरु भएपछि उत्पादन घटेको छ, लागत भने बढेको छ ।
भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ । जसले गर्दा उत्पादन ७० प्रतिशतसम्म कटौती भएको निजी क्षेत्रको दाबी छ ।
ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीचको टकराबले निजी क्षेत्र मारमा परेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना बताउँछन् ।
‘विद्युत्ले धेरै ठूलो समस्या बनायो, उद्योग चल्न गाह्रो अवस्था छ,’ उनले भने, ‘कुलमान घिसिङ मन्त्रालयलाई दोष लगाउँदैछन्, मन्त्रीले कुलमानलाई दोष लगाउँदैछन, उहाँहरूको जुँगाको लडाइँमा निजी क्षेत्रलाई अप्ठेरो पर्यो ।’
अघोषित लोडसेटिङ हुँदा उत्पादन लागत बढेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए ।
‘बजारको अवस्था खराब छ, लोडसेडिङले गर्दा उत्पादन घट्यो, लागत बढ्यो,’ उनले भने, ‘सरकारले दीर्घकालीन सोच राखेर समस्या समाधन गर्नुपर्यो ।’
विद्युत् नियमित नहुँदा नयाँ उद्योग थपिने अवस्था नरहेको उनले बताए । ‘प्रदेश सरकारले लगानी सम्मेलन पनि गर्दैछ, यस्तो अवस्थामा नयाँ उद्योग कसरी थपिन्छ ?,’ उनले भने, ‘जबसम्म विद्युत् पर्याप्त हुँदैन, तबसम्म नयाँ उद्योग लगाउने अवस्था आउँदैन ।’
अहिलेका उद्योग नै समस्यामा रहेका बेला नयाँ लगानीकर्ता आउने अवस्था नरहने भन्दै उनले विद्युत् कटौतीका कारण सिमेन्ट र छडको मूल्य बढ्ने अवस्था आएको बताए ।
अघोषित लोडसेडिङका कारण उद्योगको उत्पादन ३० देखि ४० प्रतिशतमा खुम्चिएको मोरङ उद्योग व्यापार संघ अध्यक्ष अनुपम राठी बताउँछन् ।
विद्युत् दिने भनिएको समयमा पनि बारम्बार कटौती भइरहेको उनले बताए । जसका कारण उत्पादन लागत बढेको उनको भनाइ छ । ‘सिमेन्ट, स्टिल, प्लास्टिक उद्योगलाई १२ घण्टाले पुग्दैन, मेसिन तताउन समय लाग्छ, यी उद्योग ८ घण्टा पनि चल्न सकिरहेका छैनन्,’ उनले भने ।
निर्माण सामग्रीको माग बढिरहेका बेला उत्पादन कटौती हुँदा समस्या भोग्नुपरेको उनले बताए । ‘अहिले बजारको माग थोरै छ, यो अवस्थामा माग अनुसार उत्पादन हुने अवस्था छैन,’ उनले भने, ‘मेल्टिड बेस स्टिल उद्योगलाई भट्टी चलाएर स्क्र्याम्प पगाल्न समय लाग्छ । यो चौबिसै घण्टा उत्पादन गर्नुपर्ने सिजन हो । लाइन आएका बेला पनि बारम्बार कटौती हुन्छ, जसले गर्दा कच्चापदार्थ जम्छ र फेरि पगाल्नुपर्छ ।’
उनका अनुसार उद्योगहरू पहिले ५० देखि ६० प्रतिशत क्षमतामा चलिरहेका थिए । अहिले ४० भन्दा पनि तल झरेको छ । ‘उद्योग चलाउन निकै गाह्रो छ,’ उनले भने ।्
सरकारले विद्युत् दिनुपर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘भारतबाटै विद्युत् ल्याउनुपर्छ, त्योभन्दा अर्काे विकल्प छैन,’ उनले भने, ‘ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको सम्बन्ध सुधारिनुपर्यो ।’
विद्युत् कटौती हुँदा सिमेन्ट, स्टिल, प्लास्टिक, धागो, साबुन, बिस्कुट, चाउचाउ लगायत उद्योगले उत्पादन ७० प्रतिशतसम्म घटाएको निजी क्षेत्रको दाबी छ ।
भारतले ३ चैतदेखि सोलार आवरमा मात्रै मात्र नेपाललाई विद्युत् दिएपछि १२ घण्टासम्म विद्युत् कटौती भइरहेको छ ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login