Connect with us
Advertisement

बढेको बढ्यै फलामे छडको मूल्य, पाँचौँ पटक भाउ बढाउने तयारी

Published

on

सिमेन्टको मूल्य बढेपछि हौसिएका फलामे छड उद्योगीले पाँचौँ पटक मूल्य बढाउने तयारी गरेका छन् । निर्माण व्यवसायीका अनुसार उद्योगीले छडको मूल्य यसै सातामा मात्र तीन पटक बढाइसकेका छन् ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले उद्योगीले कार्टेलिङ गरेर छडको मूल्य वृद्धि गरी प्रतिकिलो ९० रुपैयाँ पुर्‍याएको गुनासो गरे । साथै एक साताभित्र तीन पटक मूल्य बढाइएको उनको भनाइ छ ।

  • एक साताभित्र तीन पटक बढ्यो मूल्य

‘यो सातामात्रै तीन पटक मूल्य बढिसकेको छ । प्रत्येक दिन तीन रुपैयाँले बढाएर अहिले प्रतिकिलो ९० रुपैयाँ पुगेको छ,’ उनले भने, ‘अब १०५ रुपैयाँ पुर्‍याउने तयारी भइरहेको जानकारी आएको छ ।’अध्यक्ष सिंहका अनुसार मंसिरयता चार पटक मूल्य वृद्धि भइसकेको छ । गत मंसिर तेस्रो सातासम्म डन्डीको मूल्य ७६/७७ रुपैयाँ रहेको थियो । सोहीवेला उद्योगीहरूले डन्डीमा प्रतिकिलो ५ रुपैयाँले बढाएका थिए । त्यसपछि एक साताभित्र तीन पटक मूल्य बढाएर प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । पाँचौँ पटक मूल्य बढाउने तयारी भइरहेको उनले बताए ।

‘जतिपटक मूल्य बढे पनि सरकार मूकदर्शक बनेर हेरिरहेको छ । लाग्छ– उद्योग मन्त्री र उद्योगी व्यवसायीको सहमतिमा नै मूल्य बढाएजस्तो,’ अध्यक्ष सिंहले भने, ‘उद्योगीसँगको मिलेमतोमा नै निर्माण सामग्रीको मूल्य बढाइएको छ ।’

यसैगरी एक महिनादेखि उद्योगीले ग्याबिन तारको मूल्य पनि प्रतिकिलो १२ रुपैयाँ बढाउका छन् । एक महिनाअघि ग्याबिन तारको मूल्य १०९ देखि ११० रुपैयाँ थियो । तर अहिले प्रतिकिलो १२२ रुपैयाँ पर्न थालेको छ ।

निर्माणको सिजनमा निर्माण सामग्रीको मूल्य बढिरहँदा सरकार मौन रहेको अध्यक्ष सिंहको भनाइ छ ।

  • पटक–पटक समितिमा छलफल

मंगलबार मात्रै उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्माण उद्योग मन्त्री दामोदर भण्डारी, वाण्ज्यि सचिव गोविन्द बहादुर कार्की, व्यवसायी र सिमेन्ट उद्योगका पदाधिकारीबिच छलफल थियो । छलफलका क्रममा सिमेन्टको मूल्य वृद्धिबारे छलफल भएको थियो । जहाँ निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबिच चर्काचर्की नै परेको थियो । साथै सिमेन्टको भाउ घट्नुको साटो अझै बढाउनुपर्ने उद्योगीले दाबी गरेका थिए ।

उक्त समितिमा भएको छलफल समितिमा सभापति अब्दुल खाँले सिमेन्ट उत्पादन लागतको सम्बन्धमा गठित समितिको प्रतिवेदन मन्त्रालयसमक्ष माग गर्ने र प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्ने निर्णयसहित बैठक स्थगित गरेको थियो ।

यसअघि सोही विषयमा माघ ७ गते निर्माण व्यवसायीसँग छलफल भएको थियो । उक्त छलफलबाट सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको थियो ।

गत माघ ९ गते सार्वजनिक लेखा समितिमा सिमेन्टको मूल्य वृद्धिबारे उद्योग मन्त्री, सिमेन्ट उद्योगी र निर्माण व्यवसायीसहित प्रतिनिधिसहित सांसदहरूसँग छलफल भएको थियो । छलफलमा उद्योगीले १२ घण्टा लोडसेडिङ भएको लगायतका विविध कारण देखाई मूल्य बढाएको तर्क गरेका थिए ।

तर सांसदहरूले १२ घण्टा नभएर ६ घण्टा लोडसेडिङ भएको दाबी गरे । साथै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक राजन पौडेलले सिमेन्टमा भएको मूल्यवृद्धिबारे उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमा पटक–पटक छलफल गराएर सहमति भएको बताए ।

पौडेलले माघ ६ गते भएको अन्तिम छलफलमा निर्माण व्यवसायी र उद्योगीबिच मूल्य समायोजन गर्न सहमति भइसकेको बताएपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले आफूहरूको उपस्थितिविना सहमति भएको र राज्यको मिलेमतोमा सिमेन्टको मूल्यवृद्धि भएको आरोप लगाए ।

यसपछि सांसद हरि ढकालले सिमेन्टको मूल्य समायोजन गर्ने विषयमा महासंघको सहभागिताविना सहमति भएकोबारे ध्यानाकर्षण गराए । उद्योग मन्त्रीको सेटिङ भएको हुन सक्ने उनले आशङ्का व्यक्त गरे । ‘निर्माण व्यवसायी महासंघको सहभागिताविना कसरी मन्त्रालयमा सहमति भयो ?’ यसलाई भन्छन् सेटिङ,’ उनले सोधे, ‘कहीँ मन्त्रीज्यूको सेटिङ त छैन?’ सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उत्पादन नभएकाले सेटिङ नै भएको छ कि ?’

उक्त छलफलमा उद्योगमन्त्री भण्डारीले सरकारी सिमेन्ट बन्द हुनुका कारण घाटामा गएको तर्क गर्दै उद्योगीको पक्ष लिए । अघोषित लोडसेडिङका कारण उत्पादनमा ह्रास आएकाले केही मूल्य वृद्धि भएको हुनसक्ने उनले बताएका थिए । साथै निर्माण व्यवसायीले भनेअनुसार मूल्य नबढेको र सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय गरेर यससम्बन्धी समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

  • लेखा समितिको निर्देशन मानेनन् मन्त्रीले 

उद्योग मन्त्रीले सार्वजनिक लेखा समितिको निर्देशन पालना नगरेको पाइएको छ । माघ ९ गते भएको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको थियो ।

साथै अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै विस्तृत अध्ययन गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण गर्न तथा नियमित रूपमा परीक्षण गर्न मूल्य निर्धारणसम्बन्धी प्रविधि विकास गर्दै प्रयोगमा ल्याउन उद्योग मन्त्रालय र सम्बन्धित निकायलाई समितिले निर्देशन दिएको थियो ।

तर त्यो निर्देशन पालना भएन । अहिलेसम्म सिमेन्टको भाउ स्थिर रहेको निर्माण व्यवसायीको दाबी छ ।

  • पाँच महिनादेखि निर्माण सामग्रीको मूल्य वृद्धिले मार

निर्माण व्यवसायीले करिब पाँच महिनादेखि निर्माण सामग्रीमा मूल्यवृद्धिको मार खेपेको गुनासो गरेका छन् । गत मंसिरमा सिमेन्ट उद्योगीले मूल्य बढाएका थिए । सोहीवेला सरकारी सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको थियो ।

त्यतिवेला उद्योगीले सिमेन्टको मूल्य दोब्बरले बढाएका थिए । २०८१ कात्तिकमा प्रतिबोरा सामान्यता ४०० रुपैयाँ पर्ने सिमेन्टको मूल्य मंसिरमा प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ पुगेको थियो । हाल पनि सोही मूल्य कायम छ । यसैगरी कात्तिकमा प्रतिबोरा ३०० पर्ने सिमेन्टको मूल्य ५५० देखि ६०० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।

सिमेन्टको मूल्य बढेपछि निर्माण व्यवसायीले आन्दोलनमा उत्रिने तयारी थालेका थिए । यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले उद्योगी र निर्माण व्यवसायीबिच मन्त्रालयमा छलफल गराएर सिमेन्टको मूल्य घटाउने सहमति गराएका थिए ।

गत मंसिर २६ गते भएको उक्त छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा ५६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ४६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर उद्योगीले भने पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँ कायम राखेका थिए । यसपछि माघ ६ गते फेरि निर्माण व्यवसायीले सार्वजनिक लेखा समितिमा उजुरी दिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले माघ ६ गते सिमेन्ट र फलामे छडको मूल्यवृद्धिबारे समितिमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार माघ ९ गते समितिमा सिमेन्टको मूल्यवृद्धिको विषयमा छलफल भयो । समितिले मूल्यवृद्धि नियन्त्रणका लागि उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो ।

यसपछि पनि मूल्य नघटेपछि निर्माण व्यवसायी आन्दोलनमा उत्रिने तयारीमा थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीका समस्या समाधान गरिदिने आश्वासन दिएपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए । तर हालसम्म त्यो माग पूरा हुन नसकेको अध्यक्ष सिंहको गुनासो छ । साथै पछिल्लो समय सिमेन्टपछि फलामे छड र ग्याबिन जालीको मूल्य वृद्धिले व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । तर मूल्य बढिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने मौन छ ।

  • विभागले उद्योगीसँग छलफल गर्ने

वाणिज्य विभागका महानिर्देशक कुमार प्रसाद दहालले सिमेन्ट उद्योगीसँग आज ११ बजे छलफल गरेका छन् । छलफलमा सिमेन्ट उद्योगीलाई सिमेन्टको मूल्यवृद्धि हुनको कारण प्रस्ट्याउन आग्रह गरेको बताए ।

‘उद्योगीहरूलाई मूल्य बढ्नुको कारण प्रस्ट पार्नु भनेको छु,’ उनले भने, ‘यस्तै उत्पादनमा लागेको लागत, बिक्री बिलबिजकसमेत ल्याउन आग्रह गरेको छु ।’ तर फलामे छड तथा स्टील उद्योगीसँग छलफल हुन नसकेको उनले बताए ।

‘आज काम विशेषले फलामे छड,स्टील उद्योगीसँग छलफल गर्न सकिएन,’ उनले भने, ‘उद्योगीहरू आएर फर्किएछन् । अब भोलि छलफल गर्छु ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक