Connect with us
Advertisement

बढेको बढ्यै फलामे छडको मूल्य, पाँचौँ पटक भाउ बढाउने तयारी

Published

on

सिमेन्टको मूल्य बढेपछि हौसिएका फलामे छड उद्योगीले पाँचौँ पटक मूल्य बढाउने तयारी गरेका छन् । निर्माण व्यवसायीका अनुसार उद्योगीले छडको मूल्य यसै सातामा मात्र तीन पटक बढाइसकेका छन् ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले उद्योगीले कार्टेलिङ गरेर छडको मूल्य वृद्धि गरी प्रतिकिलो ९० रुपैयाँ पुर्‍याएको गुनासो गरे । साथै एक साताभित्र तीन पटक मूल्य बढाइएको उनको भनाइ छ ।

  • एक साताभित्र तीन पटक बढ्यो मूल्य

‘यो सातामात्रै तीन पटक मूल्य बढिसकेको छ । प्रत्येक दिन तीन रुपैयाँले बढाएर अहिले प्रतिकिलो ९० रुपैयाँ पुगेको छ,’ उनले भने, ‘अब १०५ रुपैयाँ पुर्‍याउने तयारी भइरहेको जानकारी आएको छ ।’अध्यक्ष सिंहका अनुसार मंसिरयता चार पटक मूल्य वृद्धि भइसकेको छ । गत मंसिर तेस्रो सातासम्म डन्डीको मूल्य ७६/७७ रुपैयाँ रहेको थियो । सोहीवेला उद्योगीहरूले डन्डीमा प्रतिकिलो ५ रुपैयाँले बढाएका थिए । त्यसपछि एक साताभित्र तीन पटक मूल्य बढाएर प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । पाँचौँ पटक मूल्य बढाउने तयारी भइरहेको उनले बताए ।

‘जतिपटक मूल्य बढे पनि सरकार मूकदर्शक बनेर हेरिरहेको छ । लाग्छ– उद्योग मन्त्री र उद्योगी व्यवसायीको सहमतिमा नै मूल्य बढाएजस्तो,’ अध्यक्ष सिंहले भने, ‘उद्योगीसँगको मिलेमतोमा नै निर्माण सामग्रीको मूल्य बढाइएको छ ।’

यसैगरी एक महिनादेखि उद्योगीले ग्याबिन तारको मूल्य पनि प्रतिकिलो १२ रुपैयाँ बढाउका छन् । एक महिनाअघि ग्याबिन तारको मूल्य १०९ देखि ११० रुपैयाँ थियो । तर अहिले प्रतिकिलो १२२ रुपैयाँ पर्न थालेको छ ।

निर्माणको सिजनमा निर्माण सामग्रीको मूल्य बढिरहँदा सरकार मौन रहेको अध्यक्ष सिंहको भनाइ छ ।

  • पटक–पटक समितिमा छलफल

मंगलबार मात्रै उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्माण उद्योग मन्त्री दामोदर भण्डारी, वाण्ज्यि सचिव गोविन्द बहादुर कार्की, व्यवसायी र सिमेन्ट उद्योगका पदाधिकारीबिच छलफल थियो । छलफलका क्रममा सिमेन्टको मूल्य वृद्धिबारे छलफल भएको थियो । जहाँ निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबिच चर्काचर्की नै परेको थियो । साथै सिमेन्टको भाउ घट्नुको साटो अझै बढाउनुपर्ने उद्योगीले दाबी गरेका थिए ।

उक्त समितिमा भएको छलफल समितिमा सभापति अब्दुल खाँले सिमेन्ट उत्पादन लागतको सम्बन्धमा गठित समितिको प्रतिवेदन मन्त्रालयसमक्ष माग गर्ने र प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्ने निर्णयसहित बैठक स्थगित गरेको थियो ।

यसअघि सोही विषयमा माघ ७ गते निर्माण व्यवसायीसँग छलफल भएको थियो । उक्त छलफलबाट सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको थियो ।

गत माघ ९ गते सार्वजनिक लेखा समितिमा सिमेन्टको मूल्य वृद्धिबारे उद्योग मन्त्री, सिमेन्ट उद्योगी र निर्माण व्यवसायीसहित प्रतिनिधिसहित सांसदहरूसँग छलफल भएको थियो । छलफलमा उद्योगीले १२ घण्टा लोडसेडिङ भएको लगायतका विविध कारण देखाई मूल्य बढाएको तर्क गरेका थिए ।

तर सांसदहरूले १२ घण्टा नभएर ६ घण्टा लोडसेडिङ भएको दाबी गरे । साथै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक राजन पौडेलले सिमेन्टमा भएको मूल्यवृद्धिबारे उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमा पटक–पटक छलफल गराएर सहमति भएको बताए ।

पौडेलले माघ ६ गते भएको अन्तिम छलफलमा निर्माण व्यवसायी र उद्योगीबिच मूल्य समायोजन गर्न सहमति भइसकेको बताएपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले आफूहरूको उपस्थितिविना सहमति भएको र राज्यको मिलेमतोमा सिमेन्टको मूल्यवृद्धि भएको आरोप लगाए ।

यसपछि सांसद हरि ढकालले सिमेन्टको मूल्य समायोजन गर्ने विषयमा महासंघको सहभागिताविना सहमति भएकोबारे ध्यानाकर्षण गराए । उद्योग मन्त्रीको सेटिङ भएको हुन सक्ने उनले आशङ्का व्यक्त गरे । ‘निर्माण व्यवसायी महासंघको सहभागिताविना कसरी मन्त्रालयमा सहमति भयो ?’ यसलाई भन्छन् सेटिङ,’ उनले सोधे, ‘कहीँ मन्त्रीज्यूको सेटिङ त छैन?’ सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उत्पादन नभएकाले सेटिङ नै भएको छ कि ?’

उक्त छलफलमा उद्योगमन्त्री भण्डारीले सरकारी सिमेन्ट बन्द हुनुका कारण घाटामा गएको तर्क गर्दै उद्योगीको पक्ष लिए । अघोषित लोडसेडिङका कारण उत्पादनमा ह्रास आएकाले केही मूल्य वृद्धि भएको हुनसक्ने उनले बताएका थिए । साथै निर्माण व्यवसायीले भनेअनुसार मूल्य नबढेको र सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय गरेर यससम्बन्धी समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

  • लेखा समितिको निर्देशन मानेनन् मन्त्रीले 

उद्योग मन्त्रीले सार्वजनिक लेखा समितिको निर्देशन पालना नगरेको पाइएको छ । माघ ९ गते भएको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको थियो ।

साथै अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै विस्तृत अध्ययन गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण गर्न तथा नियमित रूपमा परीक्षण गर्न मूल्य निर्धारणसम्बन्धी प्रविधि विकास गर्दै प्रयोगमा ल्याउन उद्योग मन्त्रालय र सम्बन्धित निकायलाई समितिले निर्देशन दिएको थियो ।

तर त्यो निर्देशन पालना भएन । अहिलेसम्म सिमेन्टको भाउ स्थिर रहेको निर्माण व्यवसायीको दाबी छ ।

  • पाँच महिनादेखि निर्माण सामग्रीको मूल्य वृद्धिले मार

निर्माण व्यवसायीले करिब पाँच महिनादेखि निर्माण सामग्रीमा मूल्यवृद्धिको मार खेपेको गुनासो गरेका छन् । गत मंसिरमा सिमेन्ट उद्योगीले मूल्य बढाएका थिए । सोहीवेला सरकारी सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको थियो ।

त्यतिवेला उद्योगीले सिमेन्टको मूल्य दोब्बरले बढाएका थिए । २०८१ कात्तिकमा प्रतिबोरा सामान्यता ४०० रुपैयाँ पर्ने सिमेन्टको मूल्य मंसिरमा प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ पुगेको थियो । हाल पनि सोही मूल्य कायम छ । यसैगरी कात्तिकमा प्रतिबोरा ३०० पर्ने सिमेन्टको मूल्य ५५० देखि ६०० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।

सिमेन्टको मूल्य बढेपछि निर्माण व्यवसायीले आन्दोलनमा उत्रिने तयारी थालेका थिए । यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले उद्योगी र निर्माण व्यवसायीबिच मन्त्रालयमा छलफल गराएर सिमेन्टको मूल्य घटाउने सहमति गराएका थिए ।

गत मंसिर २६ गते भएको उक्त छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा ५६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ४६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर उद्योगीले भने पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँ कायम राखेका थिए । यसपछि माघ ६ गते फेरि निर्माण व्यवसायीले सार्वजनिक लेखा समितिमा उजुरी दिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले माघ ६ गते सिमेन्ट र फलामे छडको मूल्यवृद्धिबारे समितिमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार माघ ९ गते समितिमा सिमेन्टको मूल्यवृद्धिको विषयमा छलफल भयो । समितिले मूल्यवृद्धि नियन्त्रणका लागि उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो ।

यसपछि पनि मूल्य नघटेपछि निर्माण व्यवसायी आन्दोलनमा उत्रिने तयारीमा थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीका समस्या समाधान गरिदिने आश्वासन दिएपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए । तर हालसम्म त्यो माग पूरा हुन नसकेको अध्यक्ष सिंहको गुनासो छ । साथै पछिल्लो समय सिमेन्टपछि फलामे छड र ग्याबिन जालीको मूल्य वृद्धिले व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । तर मूल्य बढिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने मौन छ ।

  • विभागले उद्योगीसँग छलफल गर्ने

वाणिज्य विभागका महानिर्देशक कुमार प्रसाद दहालले सिमेन्ट उद्योगीसँग आज ११ बजे छलफल गरेका छन् । छलफलमा सिमेन्ट उद्योगीलाई सिमेन्टको मूल्यवृद्धि हुनको कारण प्रस्ट्याउन आग्रह गरेको बताए ।

‘उद्योगीहरूलाई मूल्य बढ्नुको कारण प्रस्ट पार्नु भनेको छु,’ उनले भने, ‘यस्तै उत्पादनमा लागेको लागत, बिक्री बिलबिजकसमेत ल्याउन आग्रह गरेको छु ।’ तर फलामे छड तथा स्टील उद्योगीसँग छलफल हुन नसकेको उनले बताए ।

‘आज काम विशेषले फलामे छड,स्टील उद्योगीसँग छलफल गर्न सकिएन,’ उनले भने, ‘उद्योगीहरू आएर फर्किएछन् । अब भोलि छलफल गर्छु ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक