Banner
प्रेस चौतारीमा पनि प्रतिस्पर्धा रोक्न खोज्दै एमाले नेतृत्व
पार्टीका विभिन्न कमिटीहरूको नेतृत्व चयन गर्दा सकेसम्म चुनावी प्रतिस्पर्धा गराउन नचाहने एमाले नेतृत्वले पत्रकारहरूको संस्था प्रेस चौतारीमा पनि सोही अभ्यासलाई निरन्तरता दिने प्रयास गरिरहेको छ।
आइतबार विराटनगरमा सुरू भएको चौतारीको दसौं राष्ट्रिय महाधिवेशनको पहिलो दिन पार्टीका सबैजसो नेताहरू चुनाव नगराई सहमतिका नेता छान्नुपर्ने कसरतमा लाग्दा उम्मेदवारहरू भने चुनाव नै मागिरहेका छन्।
महाधिवेशन सुरू नहुँदै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डेलाई बनाउन मौखिक निर्देशन दिएपछि महाधिवेशन हलमा अन्योलको अवस्था छ।
उपाध्यक्ष पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन ओलीले निर्देशन दिएपछि अर्का उपाध्यक्ष राजेश राई समूह कसैगरी चुनावमा जाने अडानमा छ।
आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओली आउने भनेर प्रचारित कार्यक्रमको उद्घाटनमा उनी अनुपस्थित रहे। महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरे। उद्घाटन अघि पोखरेलले भानुभक्त ढकाल,राजेन्द्र गौतम, घनश्याम खतिवडा सहितका नेताहरूसहित उपाध्यक्ष राईसँग छलफल गरेका थिए।
‘पार्टीको निर्णय गणेश पाण्डेलाई अध्यक्ष बनाउनु भन्नेछ, तपाईं स्वीकारेर जानुस्’, महासचिव पोखरेलले राईलाई भनेका थिए ‘पार्टी निर्णय मान्नुस्। तपाईं पार्टी प्रचार विभागको सचिव बस्नुस्।’
उपाध्यक्ष राई निकट चौतारीका एक नेताले दिएको जानकारी अनुसार जबाफमा उपाध्यक्ष राईले प्रतिनिधिहरूबाट छनोट हुन पाउने अधिकार प्रयोग गर्न पाऊँ भन्ने अनुरोध गरेका थिए।
‘देशभरीबाट प्रतिनिधिहरू छानिएर आएका छन्, उनीहरूबाटै नेतृत्व छनोट हुने वातावरण पार्टीले बनाइदिनुपर्यो,’ राईले भनेका थिए।
महाधिवेशन विराटनगरमा भइरहेका बेला नेतृत्व भने बालुवाटारले तोक्न नहुने भन्दै राई पक्षले चुनाव माग गर्दै महाधिवेशनस्थलमा हस्ताक्षरसमेत संकलन गरिरहेको छ।
चौतारीका नेताहरूका अनुसार गएको फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई एकै ठाउँ राखेर प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए। त्यही दिन प्रचार तथा प्रकाशन विभागको सचिव गणेश पाण्डेलाई बनाउनू भन्ने निर्देशन ओलीले दिएका थिए।
फागुन १८ मा बसेको पार्टी पदाधिकारी बैठकले गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनीत गर्यो। उनलाई प्रचार सचिव बनाउने निर्णयबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न गरेका थिए।
पोखरेल आफू निकट पाण्डेलाई चौतारीको अध्यक्ष बनाउने लाइनमा थिए। उनले सचिव बनाउन नहुने बताएपछि ओलीले ‘अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारी बनाउन’ निर्देशन दिएका थिए। लामा हालका महासचिव हुन् भने अधिकारी यसअघि ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन्।
तर, चैत ६ को रातिपछि भने ओलीले एकाएक निर्णय फेरे।
‘६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टियो’, चौतारीका नेताहरू भन्छन् ‘त्यसदिन बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यसरात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका रहेछन्।’
ओलीको सोही निर्देशनपछि उपाध्यक्ष राजेश राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए भने गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिँदै उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्षमा दाबी पेस गरिरहेका राई र पाण्डेले उम्मेदवारी घोषणा गर्दा एकअर्काविरूद्ध कटाक्ष पनि गरिरहेका छन् ।
पाण्डेले राईलाई यसअघि कहिल्यै ओलीलाई साथ नदिएको, २०७७ को महासंघ निर्वाचनमा चौतारीका उम्मेदवार हराउन भूमिका खेलेको लगायतका आरोप लगाइरहेका छन् भने राई र उनी पक्षका नेताहरूले पाण्डेको पृष्ठभूमिबारे नै प्रश्न उठाइरहेका छन्।
लमजुङका पाण्डे शाहीकालमा राजाले गठन गरेको पत्रकार महासंघको समानान्तर समितिमा रहेर काम गरेका व्यक्ति भएको राई पक्षको आरोप छ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login