Connect with us
Advertisement

प्रेस चौतारीमा पनि प्रतिस्पर्धा रोक्न खोज्दै एमाले नेतृत्व

Published

on

पार्टीका विभिन्न कमिटीहरूको नेतृत्व चयन गर्दा सकेसम्म चुनावी प्रतिस्पर्धा गराउन नचाहने एमाले नेतृत्वले पत्रकारहरूको संस्था प्रेस चौतारीमा पनि सोही अभ्यासलाई निरन्तरता दिने प्रयास गरिरहेको छ।

आइतबार विराटनगरमा सुरू भएको चौतारीको दसौं राष्ट्रिय महाधिवेशनको पहिलो दिन पार्टीका सबैजसो नेताहरू चुनाव नगराई सहमतिका नेता छान्नुपर्ने कसरतमा लाग्दा उम्मेदवारहरू भने चुनाव नै मागिरहेका छन्।

महाधिवेशन सुरू नहुँदै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डेलाई बनाउन मौखिक निर्देशन दिएपछि महाधिवेशन हलमा अन्योलको अवस्था छ।

उपाध्यक्ष पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन ओलीले निर्देशन दिएपछि अर्का उपाध्यक्ष राजेश राई समूह कसैगरी चुनावमा जाने अडानमा छ।

आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओली आउने भनेर प्रचारित कार्यक्रमको उद्घाटनमा उनी अनुपस्थित रहे। महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरे। उद्घाटन अघि पोखरेलले  भानुभक्त ढकाल,राजेन्द्र गौतम, घनश्याम खतिवडा सहितका नेताहरूसहित उपाध्यक्ष राईसँग छलफल गरेका थिए।

‘पार्टीको निर्णय गणेश पाण्डेलाई अध्यक्ष बनाउनु भन्नेछ, तपाईं स्वीकारेर जानुस्’, महासचिव पोखरेलले राईलाई भनेका थिए ‘पार्टी निर्णय मान्नुस्। तपाईं पार्टी प्रचार विभागको सचिव बस्नुस्।’

उपाध्यक्ष राई निकट चौतारीका एक नेताले दिएको जानकारी अनुसार जबाफमा उपाध्यक्ष राईले प्रतिनिधिहरूबाट छनोट हुन पाउने अधिकार प्रयोग गर्न पाऊँ भन्ने अनुरोध गरेका थिए।

‘देशभरीबाट प्रतिनिधिहरू छानिएर आएका छन्, उनीहरूबाटै नेतृत्व छनोट हुने वातावरण पार्टीले बनाइदिनुपर्‍यो,’ राईले भनेका थिए।

 

 

महाधिवेशन विराटनगरमा भइरहेका बेला नेतृत्व भने बालुवाटारले तोक्न नहुने भन्दै राई पक्षले चुनाव माग गर्दै महाधिवेशनस्थलमा हस्ताक्षरसमेत संकलन गरिरहेको छ।

चौतारीका नेताहरूका अनुसार गएको फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई एकै ठाउँ राखेर प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए। त्यही दिन प्रचार तथा प्रकाशन विभागको सचिव गणेश पाण्डेलाई बनाउनू भन्ने निर्देशन ओलीले दिएका थिए।

फागुन १८ मा बसेको पार्टी पदाधिकारी बैठकले गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनीत गर्‍यो। उनलाई प्रचार सचिव बनाउने निर्णयबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न गरेका थिए।

पोखरेल आफू निकट पाण्डेलाई चौतारीको अध्यक्ष बनाउने लाइनमा थिए। उनले सचिव बनाउन नहुने बताएपछि ओलीले ‘अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारी बनाउन’ निर्देशन दिएका थिए। लामा हालका महासचिव हुन् भने अधिकारी यसअघि ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन्।

तर, चैत ६ को रातिपछि भने ओलीले एकाएक निर्णय फेरे।

‘६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टियो’, चौतारीका नेताहरू भन्छन्  ‘त्यसदिन बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यसरात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका रहेछन्।’

ओलीको सोही निर्देशनपछि उपाध्यक्ष राजेश राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए भने गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिँदै उम्मेदवारी घोषणा गरेका छन्।

अध्यक्षमा दाबी पेस गरिरहेका राई र पाण्डेले उम्मेदवारी घोषणा गर्दा एकअर्काविरूद्ध कटाक्ष पनि गरिरहेका छन् ।

पाण्डेले राईलाई यसअघि कहिल्यै ओलीलाई साथ नदिएको, २०७७ को महासंघ निर्वाचनमा चौतारीका उम्मेदवार हराउन भूमिका खेलेको लगायतका आरोप लगाइरहेका छन् भने राई र उनी पक्षका नेताहरूले पाण्डेको पृष्ठभूमिबारे नै प्रश्न उठाइरहेका छन्।

लमजुङका पाण्डे शाहीकालमा राजाले गठन गरेको पत्रकार महासंघको समानान्तर समितिमा रहेर काम गरेका व्यक्ति भएको राई पक्षको आरोप छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक