Connect with us
Advertisement

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

Published

on

पर्सा — चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा एक खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए। ‘अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ,’ उनले भने।कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा ४४ अर्ब ८० करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको आठ महिनामा ६१ अर्ब ४५ करोड बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए। यस्तै, चालु आवको आठ महिनामा २५ अर्ब ३० करोड मूल्यको दुई लाख ९० हजार तीन सय ८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको आठ महिनामा २४ अर्ब पाँच करोड मूल्य बराबरको २१ करोड ४२ हजार सात सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको छ । गत आवको आठ महिनामा भने १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

६ घण्टाको लगातारको प्रयास पछि सेन्ट्रल प्लाजको आगलागी नियन्त्रणमा आयो, ११ जनाको उद्धार

Published

on

सनुसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टाको लगातार प्रयास पछि नियन्त्रणमा आएको छ ।

इटहरीको सबैभन्दा अग्लो १० तले भवनमा बिहान साढे ९ बजेदेखी आगलागी भएको थियो । प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजे देखी लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो ।

यस्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो ।

प्लाजाको बिभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको थियो । तीन जनाको काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठुला पसलहरू सञ्चालनमा रहेका छन ।

आगलागीको कारण भने खुल्न नसकेको र क्षतीको बिवरण संकलन भैरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

Continue Reading

Banner

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : हेलिकप्टरबाट १६ जनाको उद्धार

Published

on

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । ११ पुरुष र ५ महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये केहीको सेनाको हेलिकप्टरबाट र केहीलाई डोरीको सहायताले उद्धार गरिएको हो । इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरू फसेका थिए ।

बिहान करिब ९:३० बजे भवनको पाँचौँ तलामा आगो लागेको थियो । आगलागीसँगै अहिले ग्यासका सिलिण्डर पनि पड्किएका छन् ।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए । 

 

Continue Reading

Banner

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, काठमाडौँबाट सेनाको हेलिकप्टर जाँदै

Published

on

काठमाडौँ । सुनसरीको इटहरीस्थित एउटा सपिङ कम्प्लेक्समा आगलागी भएको छ ।

इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।आगलागी लगत्तै उक्त भवनभित्र रहेका मानिसको उद्धार गरिएको तर तीन जना भने भित्रै रहेको जानकारी पाएको उनको भनाइ छ । आगो निभाउनका लागि १० वटा दमकल परिचालन गरिएको छ । यद्यपि आगो नियन्त्रणमा आउन नसकेको जनाइएको छ । यसैबिच गृहमन्त्री रमेश लेखकको पहलमा उद्धारका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक