Banner
एसियन कप छनोटमा नेपाल र मलेसियाको खेल आज

एएफसी एसियन कप २०२७ को छनोटका लागि नेपाल र मलेसियाबीचको खेल आज हुँदै छ । एसियन कप छनोटको अन्तिम तथा तेस्रो चरणको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो ।
नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको मलेसियाको सामना गर्न लागेको हो । यद्यपि अघिल्लो साता मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पराजित गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।
नेपालका नयाँ प्रशिक्षक म्याट रोशको यो नेपालको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगिता पनि हो । सिंगापुरलाई मैत्रीपूर्ण खेलमा पराजित गरेसँगै उनले यसमा पनि जित निकाल्दै नेपाली प्रशिक्षकको रूपमा विजयी यात्रा सुरु गर्न चाहन्छन् ।
तर, हेड टु हेडका आधारमा हेर्दा भने मलेसिया नेपालभन्दा निकै बलियो देखिएको छ । हालसम्म ७ पटक यी दुई टोली आमनेसामने हुँदा मलेसिया ६ पटक विजयी भएको छ । मलेसियासँग नेपालको उत्कृष्ट नतिजा भनेको ७ मध्ये १ खेलमा बराबरी हुनु हो ।
Facebook Comment
Banner
६ घण्टाको लगातारको प्रयास पछि सेन्ट्रल प्लाजको आगलागी नियन्त्रणमा आयो, ११ जनाको उद्धार

सनुसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टाको लगातार प्रयास पछि नियन्त्रणमा आएको छ ।
इटहरीको सबैभन्दा अग्लो १० तले भवनमा बिहान साढे ९ बजेदेखी आगलागी भएको थियो । प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजे देखी लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो ।
यस्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो ।
प्लाजाको बिभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको थियो । तीन जनाको काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठुला पसलहरू सञ्चालनमा रहेका छन ।
आगलागीको कारण भने खुल्न नसकेको र क्षतीको बिवरण संकलन भैरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
Banner
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : हेलिकप्टरबाट १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । ११ पुरुष र ५ महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये केहीको सेनाको हेलिकप्टरबाट र केहीलाई डोरीको सहायताले उद्धार गरिएको हो । इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरू फसेका थिए ।

बिहान करिब ९:३० बजे भवनको पाँचौँ तलामा आगो लागेको थियो । आगलागीसँगै अहिले ग्यासका सिलिण्डर पनि पड्किएका छन् ।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।
Banner
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, काठमाडौँबाट सेनाको हेलिकप्टर जाँदै

काठमाडौँ । सुनसरीको इटहरीस्थित एउटा सपिङ कम्प्लेक्समा आगलागी भएको छ ।
इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।आगलागी लगत्तै उक्त भवनभित्र रहेका मानिसको उद्धार गरिएको तर तीन जना भने भित्रै रहेको जानकारी पाएको उनको भनाइ छ । आगो निभाउनका लागि १० वटा दमकल परिचालन गरिएको छ । यद्यपि आगो नियन्त्रणमा आउन नसकेको जनाइएको छ । यसैबिच गृहमन्त्री रमेश लेखकको पहलमा उद्धारका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login