पर्यटन
नेपाली सेनाको अगुवाइमा धनकुटाको नुनमार्गमा पदयात्रा
भेडेटारः धनकुटाको साँगुरीगढी गाँउपालिकास्थित साँगुरीगढीबाट लेउती फेदीसम्म शनिबार पदयात्रा गरिएको छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेको सो बाटोमा एकीकरण दिवसको पूर्वसन्ध्यामा पदयात्रा गरिएको बताइएको छ । नेपाली सेनाको बरख गणको आयोजनामा भएको ९ किलोमिटर लामो पदयात्रामा नेपाली सेना, प्रहरी, होटल तथा पर्यटन व्यवसायी, राजनीतिकर्मी, सञ्चारकर्मी लगायत सहभागी थिए ।
कोशी राजमार्गको पहाडी खण्ड सञ्चालनमा आउनु अघि कोशी अञ्चलका पहाडी जिल्लाका मानिस यही बाटो प्रयोग गर्दै नुनलगायतका दैनिक आवश्यकीय सामग्री खरीद गर्न यही बाटो प्रयोग गरिएको होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।
पर्यटन वर्ष २०२० मा २० लाई सहयोग गर्नका लागि पदयात्रामा सहभागी भएको एशोशिएसनका निर्वतमान अध्यक्ष लीलाराज लावतीले बताए । पदयात्रामा साँगुरीगढी गाँउपालिका, धनकुटा नगरपालिका, रेडक्रस, आमा समूह भेडेटार, जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी धनकुटा, सेवक अभियान धरान लगायतका सङ्घ संस्थाको सहयोग रहेको एशोशिएसन महासचिव आशिष राईले जानकारी दिए ।
यो पदमार्ग पर्यटकीय दृष्टिले पनि उत्तम रहेको एशोशिएसनका सह कोषाध्यक्ष रमेश श्रेष्ठले बताए । पदयात्रा सकिनुअघि नेपाली सेनाको २ नम्बर बाहिनीपतिका सहायक रथी यामप्रसाद ढकाल, धनकुटा नगरपालिकाकी उपमेयर शकुन्तला बस्नेत र साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खा लगायतले पदयात्रीलाई सम्बोधन गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login