Connect with us
Advertisement

धरानमा निर्वाचनको प्रचारप्रसार तीव्र

Published

on

धरानः उपनिर्वाचन नजिकिएसँगै धरान उपमहानगरपालिकामा चुनावी अभियानले तीव्र गति लिएको छ । उम्मेदवारहरू गाउँ, बस्ती, टोलमा घरघर पुग्दै मत माग्न थालेका छन् ।

काङ्ग्रेसले तिहार अघिदेखि नै घरदैलो अभियान शुरु गरेको थियो भने नेकपाले मङ्गलबारदेखि मात्रै औपचारिक चुनावी अभियान शुरु गरेको छ । काङ्ग्रेसले धरान उप महानगर वडा नम्बर २० बाट अभियान शुरु गरेको थियो भने नेकपाले वडा नम्बर ४ बाट चुनावी अभियान शुरु गरेको छ ।

नेकपाले वडा नम्बर ४ को हर्दिया, दानाबारी, पत्रङबारी, मनुवाटार, विष्णुपादकुका र सुमनटारमा उम्मेद्वार प्रकाश राईसहित घरदैलो अभियान गरेको छ । नेकपाको निर्वाचन परिचालन मूल कमिटीका सदस्यसचिव तथा धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीका अनुसार मंसिर ११ गते भानुचोकमा नेकपाले चुनावी आमसभा गर्ने भएको छ ।

नेपाली काङ्ग्रेसले वडा नम्बर २० मा घरदैलो सकेर वडा नम्बर ४ मा केन्द्रित भएको छ । उम्मेद्वार तिलक राईसहित घरदैलो अभियानलाई तीव्र बनाएको सचिव श्याम पोख्रेलले बताए । सचिव पोख्रेलका अनुसार धरान बजारमा नेवि सङ्घमार्फत् पनि घरदैलो अभियानलाई तीव्र बनाइएको छ ।

वडा नं १५ स्थित शिवगंगा बस्तीमा भएको काङ्ग्रेसको कार्यक्रममा विभिन्न पार्टीबाट मतदाता प्रवेश गरेको जनाइएको छ । काङ्ग्रेसको चुनाव प्रचारप्रसार समिति गठन कार्यक्रममा विभिन्न पार्टीबाट १३ जना काङ्ग्रेस प्रवेश गरेको जनाइएको छ ।

त्यसैगरी, सङ्घीय समाजवादी नेपालले पनि आफ्ना उम्मेद्वारसहित मतदातासँग घरदैलो अभियान शुरु गर्ने तयारी गरेको जनाएको छ । समाजवादीबाट भूपू गोर्खा सैनिक गजेन्द्र इस्वोले उम्मेद्वारी दिएका छन् ।

Continue Reading

Facebook Comment

19 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक