Connect with us
Advertisement

अस्ट्रेलियाकाे राजनीतिमा पकड बनाउन खोज्दै नेपाली मूलका अस्ट्रेलियाली

Published

on

अस्ट्रेलिया — आसन्न मे ३ तारिखमा हुने अस्ट्रेलियाको संसदीय निर्वाचनमा अघिल्ला वर्षजस्तै यसपाला पनि नेपाली मूलका अस्ट्रेलियाली उम्मेदवार मैदानमा देखिएका छन् । मताधिकार प्रयोग गर्न पाउने नेपाली मूलका अस्ट्रेलियालीको जनसंख्या बढेसँगै राजनीतिक वृत्तमा पकड जमाउन उनीहरु अग्रसर देखिएका हुन् । यसपालाको केन्द्रीय निर्वाचनमा सिड्नी निवासी नेपाली मूलका युवा विनोद पौडेल प्रमुख प्रतिपक्षी दल लिबरलको तर्फबाट म्याकाथर निर्वाचन क्षेत्रका लागि संसदीय उम्मेदवारका रूपमा मैदानमा देखिएका छन् ।

नेपाली मुलका अस्ट्रेलियालीहरु उम्मेदवारका रुपमा देखा परेको यो पहिलोपटक भने होइन । यसअघि पश्चिम अस्ट्रेलियाबाट भुवन खड्का, सिड्नीबाटै प्रमेज श्रेष्ठले अस्ट्रेलियाका ठूला पार्टीका तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन् । यसका साथै न्यु साउथ वेल्सस्थित राज्यको संसदीय निर्वाचनमा सिड्नीका एलेक्स कार्की लेबर उम्मेदवारका रुपमा केलिभिल निर्वाचन क्षेत्रबाट, ज्योसना पौडेल क्याम्पेलटाउन क्षेत्रका लागि लिबरल उम्मेदवारका रुपमा उठेका थिए भने स्नेहा केसी क्यानबेराबाट उम्मेदवार बनेकी थिइन् ।

अहिलेसम्म कसैले जित हासिल नगरे पनि अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलका मानिसको उपस्थिति र पकड पछिल्लो समयमा बाक्लिँदै गएको छ ।

अहिले अस्ट्रेलियामा अनुमानित २ लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् । जसमध्ये यहाँ नागरिकता लिएका नेपालीको संख्यासमेत उल्लेख्य रुपमा बढिरहेकाले अस्ट्रेलियाका ठूला राजनीतिक दलको रोजाइमा नेपाली पर्न थालेका हुन् ।

अघिल्लोपटक पनि विनोद पौडेल म्याकाथर निर्वाचन क्षेत्रबाटै उम्मेदवार बनेका थिए । त्यतिबेला उनी अघिल्लो दुई कार्यकालदेखि नै निरन्तर विजयी बनिरहेका माइकल फ्रिल्यान्डरसँग करिब १७ हजार भोट अन्तरले पराजित भएका थिए । तर यसपाला अवस्था फेरिएको भन्दै उनी विजयी हुनेमा दाबी गर्छन् ।

अहिलेसम्म कसैले जित हासिल गर्न नसकेको भए पनि नेपाली मूलका व्यक्तिहरुले राजनीतिमा यो अवसर पाउनुलाई नेपालीको पकड बढ्दै गएका रुपमा विश्लेषण गरिएको छ ।

सन् २०१९ को निर्वाचनमा श्रेष्ठले तत्कालीन सत्तारुढ दल लिबरलबाट सिड्नीको बार्टन निर्वाचन क्षेत्रमा टिकट पाएका थिए । तर उनले पनि आदिवासी नेतृ लिन्डा बर्नीसँग करिब १४ हजार मतान्तरले पराजय भोगे । त्यसैगरी नेपाली मूलकै खड्काले समेत तेस्रो ठूलो पार्टी ग्रिनबाट संसदीय निर्वाचन लडेका भए पनि जित हासिल गर्न सकेनन् ।

सन २००० को सुरुवातदेखि बाक्लिएको नेपालीको प्रभाव करिब ३ दशकको अवधिमा नै यो अवस्थामा आइपुग्नुलाई अस्ट्रेलियामा सामाजिक सफलताका रुपमा लिइएको छ । संघीय निर्वाचनमा मात्र नभएर अस्ट्रेलियाका विभिन्न राज्यका काउन्सिलमा समेत नेपालीले आफ्नो पकड बनाइरहेका छन् । विशेष गरेर नेपाली मूलका महिला यहाँका काउन्सिलमा सदस्यका रुपमा आफूलाई उभ्याउन सफल बनिसकेका छन् । अहिले दक्षिण अस्ट्रेलियामा रेणुका लामा, सिड्नीमा भद्र वाइबा र सुकृति भट्ट काउन्सिल सदस्यका रुपमा निर्वाचित भइसकेका छन् ।

पीआरपछि यहाँको नागरिकता लिएर मतदानको अधिकार लिने नेपाली मूलका मतदाताको संख्या बढेसँगै यहाँका प्रधानमन्त्री, प्रिमियर, विपक्षी दलका नेताले नेपालीलाई विभिन्न सन्दर्भमा बधाई तथा शुभकामना दिने क्रमसमेत बढ्न थालेको छ । नेपाली नयाँ वर्ष, दसैंतिहार लगायतका नेपाली पर्वको अवसर पारेर शुभकामना दिने क्रम सामान्य बन्न थालिसकेको छ । यसको मुख्य उद्देश्य नेपाली मूलका नागरिकसँग सम्बन्ध स्थापित गर्ने मात्र नभएर मतदातालाई आफूतिर आकर्षित गर्नेसमेत रहेको हुन्छ ।

Australians of Nepalese origin trying to get hold of Australian politics

विपक्षी दलका नेता पिटर डट्टन लगायतका अन्य नेतासँग पौडेल ।

एक दशकअघि यहाँको केन्द्रीय सरकारको सल्लाहकार सुझाव समितिमा रहेर काम गरिसकेका महेन्द्र लम्साल नेपालीको पकड र महत्व यहाँको राजनीतिमा बढ्नु अनौठो नभएको सुनाउँछन् । जनसंख्या बढेसँगै सम्बन्ध विस्तार हुनु र यहाँको राजनीतिक दलको प्राथमिकतामा बिस्तारै पर्नु सामान्य भएको उनको भनाइ छ । अर्कोतिर हरेक दिन बिहानैदेखि मतदातासँग भोट माग्न हिँडिरहेका पौडेल भने यहाँका ठूला राजनीतिक दलले नेपाली मूलका युवालाई विश्वास गर्नु यहाँ रहेका नेपाली मात्र नभएर समग्र नेपालकै लागि गर्वको विषय भएको बताउँछन् । आफूले जिते सबै समुदायका लागि काम गर्ने र नेपाल तथा अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध विस्तारमा पुर्‍याउन सक्ने सबै योगदानमा दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।

नेपाली राजदूत चित्रलेखा यादवसमेत नेपालीको बढ्दो राजनीतिक पकड र उपस्थितिलाई सकारात्मक र उल्लेखनीय भएको बताउँछिन् । उनी त नेपाली मूलका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने विचार व्यक्त गर्छिन् । ‘हाम्रो विचार र आस्था अलग हुन सक्छ तर अस्ट्रेलियाली राजनीतिमा प्रवेश पाउन सक्ने यो अवसरलाई सबैले मनन गरेर उम्मेदवारलाई सहयोग गर्नुपर्छ,’ उनले भनिन् । नेपाली मूलको नागरिकलाई अस्ट्रेलियाको संसद्‌जस्तो स्थानमा प्रतिनिधित्व गर्ने अवसर आएको र यो नै महत्वपूर्ण भएको उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक