Connect with us
Advertisement

अस्ट्रेलियाकाे राजनीतिमा पकड बनाउन खोज्दै नेपाली मूलका अस्ट्रेलियाली

Published

on

अस्ट्रेलिया — आसन्न मे ३ तारिखमा हुने अस्ट्रेलियाको संसदीय निर्वाचनमा अघिल्ला वर्षजस्तै यसपाला पनि नेपाली मूलका अस्ट्रेलियाली उम्मेदवार मैदानमा देखिएका छन् । मताधिकार प्रयोग गर्न पाउने नेपाली मूलका अस्ट्रेलियालीको जनसंख्या बढेसँगै राजनीतिक वृत्तमा पकड जमाउन उनीहरु अग्रसर देखिएका हुन् । यसपालाको केन्द्रीय निर्वाचनमा सिड्नी निवासी नेपाली मूलका युवा विनोद पौडेल प्रमुख प्रतिपक्षी दल लिबरलको तर्फबाट म्याकाथर निर्वाचन क्षेत्रका लागि संसदीय उम्मेदवारका रूपमा मैदानमा देखिएका छन् ।

नेपाली मुलका अस्ट्रेलियालीहरु उम्मेदवारका रुपमा देखा परेको यो पहिलोपटक भने होइन । यसअघि पश्चिम अस्ट्रेलियाबाट भुवन खड्का, सिड्नीबाटै प्रमेज श्रेष्ठले अस्ट्रेलियाका ठूला पार्टीका तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन् । यसका साथै न्यु साउथ वेल्सस्थित राज्यको संसदीय निर्वाचनमा सिड्नीका एलेक्स कार्की लेबर उम्मेदवारका रुपमा केलिभिल निर्वाचन क्षेत्रबाट, ज्योसना पौडेल क्याम्पेलटाउन क्षेत्रका लागि लिबरल उम्मेदवारका रुपमा उठेका थिए भने स्नेहा केसी क्यानबेराबाट उम्मेदवार बनेकी थिइन् ।

अहिलेसम्म कसैले जित हासिल नगरे पनि अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलका मानिसको उपस्थिति र पकड पछिल्लो समयमा बाक्लिँदै गएको छ ।

अहिले अस्ट्रेलियामा अनुमानित २ लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् । जसमध्ये यहाँ नागरिकता लिएका नेपालीको संख्यासमेत उल्लेख्य रुपमा बढिरहेकाले अस्ट्रेलियाका ठूला राजनीतिक दलको रोजाइमा नेपाली पर्न थालेका हुन् ।

अघिल्लोपटक पनि विनोद पौडेल म्याकाथर निर्वाचन क्षेत्रबाटै उम्मेदवार बनेका थिए । त्यतिबेला उनी अघिल्लो दुई कार्यकालदेखि नै निरन्तर विजयी बनिरहेका माइकल फ्रिल्यान्डरसँग करिब १७ हजार भोट अन्तरले पराजित भएका थिए । तर यसपाला अवस्था फेरिएको भन्दै उनी विजयी हुनेमा दाबी गर्छन् ।

अहिलेसम्म कसैले जित हासिल गर्न नसकेको भए पनि नेपाली मूलका व्यक्तिहरुले राजनीतिमा यो अवसर पाउनुलाई नेपालीको पकड बढ्दै गएका रुपमा विश्लेषण गरिएको छ ।

सन् २०१९ को निर्वाचनमा श्रेष्ठले तत्कालीन सत्तारुढ दल लिबरलबाट सिड्नीको बार्टन निर्वाचन क्षेत्रमा टिकट पाएका थिए । तर उनले पनि आदिवासी नेतृ लिन्डा बर्नीसँग करिब १४ हजार मतान्तरले पराजय भोगे । त्यसैगरी नेपाली मूलकै खड्काले समेत तेस्रो ठूलो पार्टी ग्रिनबाट संसदीय निर्वाचन लडेका भए पनि जित हासिल गर्न सकेनन् ।

सन २००० को सुरुवातदेखि बाक्लिएको नेपालीको प्रभाव करिब ३ दशकको अवधिमा नै यो अवस्थामा आइपुग्नुलाई अस्ट्रेलियामा सामाजिक सफलताका रुपमा लिइएको छ । संघीय निर्वाचनमा मात्र नभएर अस्ट्रेलियाका विभिन्न राज्यका काउन्सिलमा समेत नेपालीले आफ्नो पकड बनाइरहेका छन् । विशेष गरेर नेपाली मूलका महिला यहाँका काउन्सिलमा सदस्यका रुपमा आफूलाई उभ्याउन सफल बनिसकेका छन् । अहिले दक्षिण अस्ट्रेलियामा रेणुका लामा, सिड्नीमा भद्र वाइबा र सुकृति भट्ट काउन्सिल सदस्यका रुपमा निर्वाचित भइसकेका छन् ।

पीआरपछि यहाँको नागरिकता लिएर मतदानको अधिकार लिने नेपाली मूलका मतदाताको संख्या बढेसँगै यहाँका प्रधानमन्त्री, प्रिमियर, विपक्षी दलका नेताले नेपालीलाई विभिन्न सन्दर्भमा बधाई तथा शुभकामना दिने क्रमसमेत बढ्न थालेको छ । नेपाली नयाँ वर्ष, दसैंतिहार लगायतका नेपाली पर्वको अवसर पारेर शुभकामना दिने क्रम सामान्य बन्न थालिसकेको छ । यसको मुख्य उद्देश्य नेपाली मूलका नागरिकसँग सम्बन्ध स्थापित गर्ने मात्र नभएर मतदातालाई आफूतिर आकर्षित गर्नेसमेत रहेको हुन्छ ।

Australians of Nepalese origin trying to get hold of Australian politics

विपक्षी दलका नेता पिटर डट्टन लगायतका अन्य नेतासँग पौडेल ।

एक दशकअघि यहाँको केन्द्रीय सरकारको सल्लाहकार सुझाव समितिमा रहेर काम गरिसकेका महेन्द्र लम्साल नेपालीको पकड र महत्व यहाँको राजनीतिमा बढ्नु अनौठो नभएको सुनाउँछन् । जनसंख्या बढेसँगै सम्बन्ध विस्तार हुनु र यहाँको राजनीतिक दलको प्राथमिकतामा बिस्तारै पर्नु सामान्य भएको उनको भनाइ छ । अर्कोतिर हरेक दिन बिहानैदेखि मतदातासँग भोट माग्न हिँडिरहेका पौडेल भने यहाँका ठूला राजनीतिक दलले नेपाली मूलका युवालाई विश्वास गर्नु यहाँ रहेका नेपाली मात्र नभएर समग्र नेपालकै लागि गर्वको विषय भएको बताउँछन् । आफूले जिते सबै समुदायका लागि काम गर्ने र नेपाल तथा अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध विस्तारमा पुर्‍याउन सक्ने सबै योगदानमा दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।

नेपाली राजदूत चित्रलेखा यादवसमेत नेपालीको बढ्दो राजनीतिक पकड र उपस्थितिलाई सकारात्मक र उल्लेखनीय भएको बताउँछिन् । उनी त नेपाली मूलका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने विचार व्यक्त गर्छिन् । ‘हाम्रो विचार र आस्था अलग हुन सक्छ तर अस्ट्रेलियाली राजनीतिमा प्रवेश पाउन सक्ने यो अवसरलाई सबैले मनन गरेर उम्मेदवारलाई सहयोग गर्नुपर्छ,’ उनले भनिन् । नेपाली मूलको नागरिकलाई अस्ट्रेलियाको संसद्‌जस्तो स्थानमा प्रतिनिधित्व गर्ने अवसर आएको र यो नै महत्वपूर्ण भएको उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक