Banner
आन्दोलन र नियुक्तिको दबाबमा सरकारः सत्ताक्षकै नेताहरूले गर्न थाले आलोचना
सरकार ढल्ने चर्चाले दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि ढुक्क भएका छन् । देउवाले थाइल्यान्डबाट फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकार केही नहुने भनेपछि ओलीले शनिबार एमाले संसदीय दलको बैठकमा सरकार ढल्ने हल्ला मात्रै भएको ब्रिफिङ गरे ।
‘सरकार ढल्दै छ भनेर चलाएको हल्ला हो । त्यसको पछि लाग्नु हुँदैन । शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भन्ने थियो । विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ । मैले साथीहरूलाई भन्दै आइरहेको छु, भ्रम फिँजाउने तत्त्वहरूले भ्रम फिजाइरहन्छन्, यसको पछाडि नकुद्नुस्, काममा लाग्नुस्, मिसन २०८४ मा लाग्नुस्,’ ओलीले भनेका थिए ।
देउवा र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तापछि प्रधानमन्त्री ओली सरकार नढल्नेमा ढुक्क देखिन्छन् ।
तर, सरकारका कामप्रति कांग्रेस नेताहरू भने सन्तुष्ट छैनन् । देउवा र ओलीबीच भेट भएको दोस्रो दिन कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दाङ पुगेर प्रधानमन्त्री ओलीको भूमिका प्रभावकारी नभएको टिप्पणी गरे । ‘दुई ठूला दल मिलेर सरकार बने पनि अपेक्षाकृत रूपमा जनताको गुनासो सम्बोधन गर्न सकेको छैन । शिक्षक आन्दोलन तथा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन सक्नुभएन । प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ । सक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गभर्नर नियुक्त हुनुपर्छ,’ दाङमा महतले भनेका थिए ।
प्रतिपक्षले सरकारको आलोचना गर्नुलाई सामान्य रूपमा लिन सकिन्छ । तर, सत्तापक्षकै सांसदहरूले खुला रूपमा सरकारको आलोचना गर्न थालेका छन् । अनि विभिन्न माग राख्दै भएका आन्दोलनहरूले सरकार घेरिएको छ ।
प्रतिपक्षका सांसदले सरकारले कुलमान घिसिङलाई दुःख दियो भन्दा सत्ता पक्षका सांसदहरू नै टेबल ठोक्न थालेका छन् । आइतबारको संसद बैठकमा प्रतिपक्षका सांसद माधव सापकोटाले सरकारको आलोचना गर्दा सत्ता पक्षका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले टेबुल ठोकिरहेका थिए । सांसद तामाङ हालै बर्खास्तीमा परेका निवर्तमान ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री हुन् ।
सरकारले काममा गति लिन नसकेको भन्दै सत्तापक्षले समेत आलोचना गरिरहँदा प्रधानमन्त्री भने आफ्नो सरकारले काम गरेको दाबी गर्दै आएका छन् । तर, पछिल्लो समय सरकारको आलोचना बढ्दै गएको देखिएको छ ।
बजेट ल्याउनुभन्दा पहिला नै सरकारले तत्काल गर्नुपर्ने कामहरू पनि छन् । शिक्षकहरू आन्दोलनरत छन् । आवासीय चिकित्सकहरू पनि आन्दोलनमा आएका छन् । सरकारले यी समस्याको पनि समाधान खोज्नुपर्ने छ ।
आन्दोलन नै आन्दोलन
वर्ष २०८१ को अन्तिम महिना सरकारका लागि घेराबन्दीको महिना बन्यो । अन्तिम राजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरू १८ वर्षपछि सडकमा वितण्डा मच्चाउन पुगे । दुई जनाको ज्यान गयो । करोडौँको क्षति भयो । त्यसको मुद्दा अदालतसम्म पुगेको छ । कैयौँ पक्राउ परेका छन् ।
२६ दिनदेखि विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आइतबार निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गर्यो । शिक्षकहरूले पनि ढुंगामुढा गर्न थाले । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गर्यो । झडपका क्रममा केही शिक्षकहरू घाइते भएका छन् ।
विभिन्न माग राखेर काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूलाई कार्यक्षेत्रमा फर्काउनुपर्ने दबाब सरकारमाथि छ । आन्दोलन लम्बिँदा शैक्षिक गतिविधि ठप्प भएको मात्र नभएर सर्वोच्च अदालतले पनि विद्यालय फर्कने बातावरण बनाउन आदेश दिएको छ ।
तर, आफ्ना माग पूरा नभएसम्म शिक्षकहरू आन्दोलन रोक्ने मनस्थितिमा देखिएका छैनन् । सरकारले वार्तामा बोलाउँदा पनि वार्ता भएको छैन । शिक्षक आन्दोलनको कारणसँगै जोडिएर विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । नयाँ शिक्षामन्त्री रघुजी पन्तले पनि वार्तामा आउन आह्वान गरेका छन् । तर, वार्ता हुन सकेको छैन ।
उता आवासीय चिकित्सकहरू पनि श्रम शोषण भएको भन्दै आन्दोलन गरिरहेका छन् । उनीहरू समान सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम तलब आफूहरूले पाउनुपर्ने भन्दै उनीहरू सडक आन्दोलनमा आएका थिए । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले आवासीय चिकित्सकको पारिश्रमिक ४८ हजार ७ सय तोकेको छ ।
एकातिर समयको पाबन्दी छैन भने अर्कोतिर पाउनुपर्ने पारिश्रमिक नपाउँदा चरम शोषण भोग्न बाध्य भएको बताउँदै आफूहरूले १९ हजार ५०० मात्र पाएको भन्दै श्रम शोषणविरुद्ध आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।
यी आन्दोलनलाई सहज रूपमा टुंग्याउनुपर्ने सरकारको चुनौती छ । अवसर पनि छ । सहज रूपमा आन्दोलरत पक्षका माग सम्बोधन गरेमा सरकारको सफलता मानिनेछ । आन्दोलन नै बिथोलिएमा सरकारलाई नै बढी जिम्मेवार मानिनेछ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति
सरकारले तत्काल त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुपर्ने छ । त्रिविका कुलपतिसमेत रहेका केपी शर्मा ओलीमाथि उपकुलपति केशरजंग बराललाई काम गर्ने वातावरण बनाउनुभन्दा पनि अनुचित दबाब दिएर राजीनामा दिन बाध्य बनाएको आरोप छ । नचाहिँदो दबाबका कारण राजीनामा दिएको बरालले नै बताएका थिए ।
लगभग एक महिना भइसक्यो त्रिवि उपकुलपतिविहीन भएको । अब छिट्टै उपकुलपति नियुक्त गरेर त्रिविका अड्केका कामलाई सुचारु गराउनुपर्नेछ । देशका सबैभन्दा ठूलो विश्वविद्यालय उपकुलपतिविहीन छ ।
राष्ट्र बैंकको गभर्नर
२७ फागुन २०८१ मा सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ लाई संशोधन गरेर अनावश्यक बखेडा निकालेको थियो । उक्त संशोधनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । उक्त मुद्दामा अन्तरिम आदेश भएको छ ।
गभर्नर सेवानिवृत्त हुनुभन्दा एक महिनापहिला नै नियुक्त भइसक्नुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै लम्बिने देखिएको छ । सत्ता गठबन्धन कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच भएको सार्वजनिक रूपमा टिप्पणी गरे । उनले गभर्नरको विषयलाई लिएर नै उक्त कुरा बताएका थिए ।
गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । सरकारले ११ चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । सो समितिका सदस्य भट्टराई पनि थिए । भट्टराई पूर्वगभर्नरसमेत हुन् ।
भट्टराईले समितिमा बस्नुको कुनै अर्थ नभएकाले राजीनामा दिएको बताएका थिए । समितिले केही काम नै नगरेपछि किन बस्नु भन्ने लागेर राजीनामा दिएको उनको भनाइ छ ।
समिति बनेपछि एकपटक पनि बैठक नबसेपछि उनले राजीनामा दिएका हुन् । अर्थतन्त्र सुधार्ने भन्दै गठबन्धन गरेका दुई दलले गभर्नर नियुक्तिलाई अल्झाइरहेका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक दुवै सदनबाट पारित भइसकेको छ ।
शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि उक्त ऐनको अभावमा संक्रमणकालीन न्यायले पूर्णता पाउन सकेको छैन । अहिले पनि न्यायको पर्खाइमा धेरै मानिसहरू छन् । यसमा अन्तर्राष्ट्रिय संघसंस्थालगायतको चासो झनै छ ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको आयोगमा दुई अध्यक्षसहित १० जना पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी बनाएको थियो, जसमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की, अधिकारकर्मी स्टेला तामाङ सदस्य थिए ।
उक्त कमिटीले यसअघि भएको आवेदनमा करिब १५६ जनाले आवेदन दिएका थिए । तर, उक्त आवेदनमाथि सरकारले कुनै निर्णय गर्न सकेन । ती आवेदन त्यत्तिकै सकिएका थिए ।
फेरि आयोगका पदाधिकारीका लागि १११ जनाको नाममा आवेदन परेको छ । व्यक्तिगत रूपमा ८२ जना र संस्थागत रूपमा २९ जनाको नामबाट सिफारिस समितिसमक्ष आवेदन परेको हो । यी आयोगमा पनि नियुक्ति गरेर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने दायित्व पनि सरकारको काँधमा छ ।
Facebook Comment
Banner
त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।
आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login