Banner
युक्रेन र अमेरिकाबीच भएको बहुचर्चित खनिज सम्झौता अमेरिकाका लागि किन यति महत्त्वपूर्ण छ ?
अमेरिका र युक्रेनबीच प्राकृतिक संशाधनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाले यसरबारे जानकारी दिएको हो ।
अमेरिकाको वित्त विभागले एक प्रेस वक्तव्य जारी गर्दै दुई देश ‘रिकन्स्ट्रक्सन इनभेस्टमेन्ट फन्ड’ बनाउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्- यो सम्झौताले अमेरिकालाई धेरै फाइदा हुनेछ ।
ट्रम्पले अगाडि भनेका छन्- बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए । अब हामीले यस्तो सम्झौता गरेका छौँ कि यसबाट हामीलाई धेरै पैसा मिल्नेछ ।

ह्वाइटहाउसमा ट्रम्पको पुनरागमनपछि रुससँगको युद्धमा होमिएको युक्रेन दबाबमा आएको थियो । ह्वाइटहाउसमा बोलाएर ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हप्कीदप्कीको शैलीमा प्रस्तुत भएको भिडियो सार्वजनिक भएसँगै युक्रेन थप कमजोर भएको मानिएको थियो ।
उता ट्रम्प प्रशासनको नेतृत्वमा रहेको अमेरिकाको रुससँगको बढ्दो निकटले युक्रेनको चिन्ता थप बढाएको थियो । यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपको दर्बिलो साथ त पाएका थिए तर, त्यो रुसलाई रोक्न पर्याप्त छैन भन्ने उनले गहिरोगरी बुझेका थिए ।

यसका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सुधारिँदै गएको सम्बन्धले जेलेन्स्कीलाई थप चिन्तित बनाएको थियो । यही सम्बन्धलाई उपयोग गर्दै पुटिनले युक्रेनमाथि थप दबाब बढाउँदै जाँदा युक्रेन र अमेरिकाबीच पछिल्लो सम्झौता भएको हो ।
अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्ट तथा युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले बुधबार सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले समाचार प्रकाशित गरेको छ ।
युक्रेनको दुर्लभ खनिजसम्म अमेरिकही पहुँच सुनिश्चित गर्न किएभ र वासिङ्टनबीच केही महिनादेखि सम्झौताको विषयमा कुराकानी भइरहेको थियो । त्यसैको जगमा बुधबार सम्झौतामा भएको हो ।

बेसेन्टले एक भिडियो सन्देश जारी गर्दै यो सम्झौताले अमेरिकालाई युक्रेनसँग लगानी गर्ने अधिकार दिने उल्लेख गरेका छन् । बेसेन्टले यो सम्झौताले युक्रेनलाई हुने फाइदाहरूबारे पनि सुनाए । उनले यो सम्झौताले युक्रेनमा लगानीको वातावरण बनाउने र युक्रेनको आर्थिक सुधारलाई गति दिने पनि दावी गरेका छ्न् ।
यो सम्झौतासँगै अमेरिकाले युक्रेनको दुर्लभ खनिजमा पहुँच पाएको छ । अब यी दुई देश मिलेर युक्रेनमा रहेको त्यस्तो खनिज निकालेर त्यसको उपयोग गर्नेछन् ।
युक्रेनमा लिथियम, टाइटेनियम, युरेनियम जस्ता महत्त्वपूर्ण खनिज रहेको बताइएको छ । यी खनिजको उपयोग ब्याट्री, हवाईजहाज तथा परमाणु ऊर्जाजस्ता महत्त्वपूर्ण वस्तुहरू बनाउन उपयोग गर्न सकिन्छ ।
सम्झौताअनुसार दुवै देशले पैसा जुटाउनेछन् जसले खनिज निकाल्ने काम सुरु हुनेछ । यसले अमेरिकाले जरुरी खनिज पाउनेछ भने युक्रेनले आर्थिक मद्दत ।

रुससँगको युद्धका कारण कमजोर बनेको आफ्नो अर्थव्यवस्थामा यो सम्झौताले सुधार ल्याउने विश्वासमा युक्रेन छ । उता अमेरिका भने खनिजलगायतका संशाधनमा चीनलगायतका देशमाथिको निर्भरता घटाउन यो अवसरको खोजीमा थियो ।
युक्रेनसँग कम्तिमा २० यस्ता खनिज भण्डार भएको बताइएको छ जसमा अमेरिकाका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ ।
तर, रुससँगको युद्धका कारण दबाबमा परेको युक्रेनलाई अमेरिकाले सम्झौताको नयाँ मस्यौदा पठायो त्यसलाई केही युक्रेनी सांसदहरूले ‘लिक’ गराएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । मिडिया रिपोर्टहरूमा जनाइएअनुसार उक्त मस्यौदामा दुर्लभ खनिजसम्म मात्र सीमित नरहेर ग्यास तथा तेलको स्रोत पनि सामेल थियो ।
Facebook Comment
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
Banner
कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।
उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।
कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login