Connect with us
Advertisement

चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा

Published

on

चीन । जनवादी गणतन्त्र चीनमा श्रमिक दिवसको अवसरमा सुनौलो सप्ताह (गोल्डेन विक)  सुरु भएको छ । चीनमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा सरकारले पाँच दिने छुट्टी दिएपछि चिनियाँहरू घुमफिरमा निस्केका छन् ।

मे एकदेखि पाँच दिनसम्म हुने छुट्टीको अवसरमा करिब पाँच करोड मानिस यात्रामा निस्कने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संसारभरका मजदुरहरूले श्रम दिवस मनाउने गर्छन् । श्रमिकका हक अधिकारका कुरा गर्ने अवसरमा चीनमा भने छुटी दिएर मनाइन्छ ।

कम्युनिस्टले पार्टीले शासन चलाएको मुलुक चीनमा भने सुनौलो सप्ताह भन्दै पाँच दिने छुट्टी दिएर नागरिकहरूलाई श्रम दिवसको अवसरमा घुमून् भनेर सरकारले प्रोत्साहन गरेको हो । छुट्टी सोमबारसम्म  लागू हुने छ ।
चीनको सरकारी टेलिभिजन सिजिटिएनले यो सुनौलो सप्ताहको पाँच दिने छुट्टीमा साढे चार करोड भन्दा बढी नागरिकले आन्तरिक पर्यटन यात्रा (विदेशबाहेक) गर्ने अनुमान गरिएको छ । त्यसका लागि चीनको द्रुत गतिको रेल सेवा, हवाई सेवा, सार्वजनिक बस सेवा थप गरिएको छ । चीनको द्रुत गतिमा चल्ने रेल सेवाले अतिरिक्त समयमा रेल सुविधा थप गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
रोचक के छ भने शुक्रबार र सोमबारको छुट्टी सट्टा बिदा हो । शुक्रबारको बिदा गत २७ अप्रिल आइतबार काम गरिसकेका छन् । सोमबारको छुटी अर्को साता आइतबार काम गर्नुपर्ने हुन्छ ।

सन् २००८ सम्म श्रमिक दिवसको अवसरमा चीन दिनको बिदा दिने गरिएको थियो ।

चीनमा हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्दछ । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा वसन्त पर्वमा तीन दिन, पुर्खा दिवसमा एक दिन श्रमिक दिवसमा एक दिन, ड्रागन दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्षमा जनवरी १ गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ ।

तर चीनमा सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई आन्तरिक पर्यटन यात्रा गरुन् भनेर प्रोत्साहनका लागि सन् २०१४ देखि यस्तो सट्टा बिदाको चलन सुरु गरेको हो ।

आन्तरिक पर्यटन प्रर्बद्धनका लागि, नागरिक यात्रामा नयाँ कुरा देख्ने, सिक्ने खानाको स्वादका लागि यात्रा गरुन् भनेर सट्टा विद्याको चलन सुरु भएको हो । सट्टा बिदाले चिनियाँ अर्थतन्त्रमा निकै ठुलो असर पारेको छ । चिनियाँहरू पछिल्लो समयमा अर्थतन्त्र मजबुत भएपछि घुमन्ते भएका छन् ।

चिनियाँहरूले नेपालमा मनाइने दसैँ जस्तै वसन्त पर्वमा निकै खर्च गर्दछन् । सुनौलो सप्ताह विद्याको अवसरमा घुमफिर गर्दा पनि खानामा चिनियाँहरू खर्च गर्दछन् ।

विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनमा यो सप्ताहको बिदामा अर्थतन्त्र चलायमान हुने आशा गरिएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक वृद्धि र आन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायका लागि यस्तो विद्याको नियम ल्याएको हो ।

चीनमा दिइने ११ दिने सार्वजनिक बिदा शनिबार, आइतबार परेमा त्यसको साथै त्यस हप्ताको सोमबार पनि बिदा दिने गरिन्छ । तर सोमबारको विद्याको काम सोही हप्ताको अगाडि पछाडिको शनिबार काम गर्नु पर्दछ । बिदालाई लामो बनाउन र यो नियम चीनभर नै एउटै नियम रहेको छ ।

एक अर्ब चालिस करोड जनसङ्ख्या रहेको चीनमा २३ वटा प्रान्त, ५ वटा स्वायत्त प्रदेश, ४ वटा केन्द्र शासित सहर र २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । त्यसमध्ये मंगोलिया, सिन च्याङग युगुर, क्वाङ्ग सि च्वाङ्ग जातीय, निङ्ग स्या ही जातीय र तिब्बत स्वायत्त प्रदेश छन् । केन्द्र शासित सहर राजधानी बेङजिङ, शाङगहाई, थ्येनचिङ र छोङ्गछिङ्ग रहेका छन् ।

चीनमा हङकङ र मकाउ २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । ३४ वटा प्रान्तीय स्तरका प्रशासनिक अङ्गहरू रहेका छन् ।

त्यसैबिच, सुनौलो सप्ताहको छुट्टीमा चिनियाँहरू यात्रामा निस्कँदा नेपाल जाने यात्रुको सङ्ख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ ।  चीनबाट काठमाडौँमा एअर चाइना, सिचुवान एअर, चाइना साउदन, चाइना इस्टनले दैनिक उडान गरिरहेको छ । सुछवान प्रान्तको छेन्दुदेखि काठमाडौँ र ग्वाङजोउदेखि काठमाडौँ र युनान प्रान्तको खुमनिङबाट हरेक दिन काठमाडौँ सीधा उडान रहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक