Connect with us
Advertisement

भन्सारको गोदामबाट भेप चोरी: चोरीको आरोपमा गार्ड र अपरेटरसहित चार जना पक्राउ

Published

on

सिन्धुपाल्चोक — जिल्लाको उत्तरी नाका तातोपानीको सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयमा केही समयअघि चोरी भएको विद्युतीय चुरोट (भेप) प्रकरणमा मंगलबार बेलुका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीकाअनुसार भन्सारबाट केही दिनअघि ३६ कार्टुन चोरी भएकोमा शंकास्पद चार जनालाई नियन्त्रणमा लिइएको छ ।

भेप चोरीको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । सीसीटीभी फुटेजको आधारमा माक्स लगाएका केही व्यक्तिले भेप चोरेको देखिएको थियो । जसमा भन्सारका एक सुरक्षाकर्मीको कोठाछेउमा दुई कार्टुन भेप प्रहरीले फेला पारेको थियो ।

त्यही आधारमा भन्सारका गार्डसहित अपरेटर र अन्य दुई स्थानीयलाई प्रहरीले समातेको हो । ‘उनीहरुलाई शंकाको आधारमा नियन्त्रणमा लिइएको हो, भन्सारको जाहेरी प्राप्त भएको छैन, थप अनुसन्धान भइरहेको छ, सम्पूर्ण कुरा सार्वजनिक गर्नेछौं ,’ कार्कीले भने ।

स्रोतकाअनुसार सीसीटीभी फुटेजमा माक्स लगाएका व्यक्तिहरुले बाक्साको तार काट्दै गरेको देखिन्छ । केही समयअघि सिल्क ट्रान्सपोर्टको एक कन्टेनर चेकजाँच गर्दा त्यसभित्र ९ सय ८० कार्टुन भेप फेला परकेो थियो ।

जसमा प्रत्येक कार्टुनमा डेढदेखि दुई सय थानसम्म भेप थिए । भेपको बजार मूल्य औसतमा १ हजारदेखि ३ हजार रुपैयाँसम्म रहेको छ । एकै पटक ल्याइएको डेढ लाखभन्दा बढी थान भेप अहिले भन्सारको निगरानीमा राखिएको छ ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी सूर्य काफ्लेले भेपको चोरी आरोपमा भन्सारका एक सुरक्षाकर्मी ,अपरेटर र दुई स्थानीय नियन्त्रणमा लिइएको बताए ।

यहाँबाट जाहेरि लिएर प्रतिनिधि हिँडिसकेका छन्, हराएको ३६ कार्टुनमध्ये फेला परेको दुई बाक्साको आधारमा उनीहरुलाई नियन्त्रणका लिइएको हो,’ उनले भने । यसअघि तातोपानी भन्सार प्रमुख कमलकुमार भट्टराईले भने ट्रान्सपोर्टले जानकारी दिएरै भित्र्याएकाले सुरक्षित राखेको र जाँचपास गर्न मिल्ने भयो भने राजस्व लिएर छाड्ने र नमिल्ने भएका नियम अनुसार प्रक्रिया अघि बढ्ने बताउँदै आएका थिए ।

यसबारे उनीसँग बुझ्न खोज्दा उनको ९८५११३७१३१ नम्बर फोन उठेन् । सिल्क ट्रान्सपोर्टकै इमाडोलस्थित गोदामबाट गत पुसमा ८६ हजार थान भेप बरामद भएको थियो । उक्त मुद्दामा गोदामका दुई कर्मचारीलाई २० करोड बैंक ग्यारेन्टी लिएर थुना मुक्त गरेको छ । यसअघि सशस्त्र र नेपाल प्रहरीले अरनिको राजमार्गमा तातोपानी नाकाबाट लुकाइछिपाई ल्याइएको भेप बरामद गरेको थियो ।

कन्टेनरमा चालकले लुकाएर ल्याएको ८ सय ५५ थान भेप बरामद गरेर प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक