Connect with us
Advertisement

अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना

Published

on

२४ वैशाख, बुटवल । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।

बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा दर्जन बढी संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका अगुवाहरूले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउनेदेखि सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा पुगेर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी पनि दिए ।

नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले चेतावनी दिँदै भने, ‘आजको धर्ना त केवल संकेत मात्र हो, माग सम्बोधन भएन भने निर्णायक आन्दोलन हुनेछ ।’

चेम्बर अफ कमर्स रुपन्देही अध्यक्ष दर्पण श्रेष्ठ ।

यसैगरी चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले रुपन्देहीका सबै व्यवसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्ने खाँचो औंल्याए ।

नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा निर्माण भएको विमानस्थल २०७९ जेठ २ गते उदघाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

व्यावसायिक संघ–संस्थाहरूले प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउनुका साथै सडक प्रदर्शन गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन ।

गत वर्ष कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले एक महिना जति उडान गरेका थिए । तर, भिजिबिलिटीको समस्या देखाउँदै उडान स्थगित गरेका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष नेत्र आचार्य ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागु गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुनः सुरु भए पनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुनः उडान बन्द भएको छ ।

यता, व्यवसायीहरू भने पटक–पटकको आन्दोलनबाट पनि विमानस्थल सञ्चालन नहुँदा आजित बनेका छन् ।

उनीहरुले विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने, अत्यावश्यक सरकारी कार्यालय स्थापना गरिनुपर्ने, विमानस्थल नचल्दा मर्कामा परेका व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् ।

यसैगरी सबै एयरलाइन्सको टिकट काउन्टर विमानस्थलमै हुनुपर्ने, अनलाइन ई–भिसा र अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट प्रणाली लागु गर्नुपर्ने र बुद्धमार्गी देशहरूबाट सिधा उडानको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् ।

चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेल ।

लगानी जोखिममा

३० अर्ब ९१ करोडको सुरुवाती सम्झौता अनुसार सुरु भएको परियोजना निर्माण अवधि लम्बिँदा मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोड पुगेको थियो । त्यसबाहेक, विमानस्थलको लागि २३ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरिएको थियो ।

चेम्बरका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले सरकारले काठमाडौं केन्द्रित ठूला व्यापारी र बिचौलियाको दबाबमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बेवास्ता गरेको आरोप लगाए । ‘विमानस्थलको आशामा भएको लगानी जोखिममा छ,’ उनले भने, ‘अब उडान मात्र होइन, भ्रष्टाचारबारे छानबिन पनि हुनुपर्छ ।’

हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा करिब एक खर्ब रुपैयाँको पर्यटनसम्बन्धी लगानी जोखिममा परेको व्यवसायीहरूको दाबी छ । व्यवसायीहरुले ऋणको किस्ता तिर्न नसक्दा निद्रा हराएको गुनासो गरेका छन् ।

व्यवसायी नारायण भण्डारी ।

भैरहवाका राम थापाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आशमा २२ करोड रुपैयाँ लगानीमा ‘स्वीट पूर्णिमा होटल’ निर्माण सुरु गरे पनि बैंकले लगानी रोकेपछि तीन वर्षदेखि काम रोकिएको गुनासो गरे । ‘अहिले त्यो भवन भूतबंगला जस्तो बनेको छ,’ उनले भने, ‘बैंकको किस्ता तिर्न नसक्दा निद्रा हराएको छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि म्यानपावर तथा स्वास्थ्य परीक्षण कार्यालयको अभावले एअरलाइन्स कम्पनीलाई यात्रु नपाएको बहाना दिने बाटो खुलेको बताए ।

टुर एण्ड ट्राभल व्यवसायी चन्द्र थापाले काठमाडौंका ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय टिकटमा कार्टेलिङ गरेको, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय नखोलेको र स्थानीय एजेन्टलाई पोर्टल नखोलेको आरोप लगाए ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु गर्न दबाब दिने उद्देश्यले हालै अनिलकुमार ज्ञवालीको संयोजकत्वमा ‘संघर्ष समिति’ समेत गठन गरिएको छ । समितिमा दुई दर्जनभन्दा बढी स्थानीय संस्था आवद्ध छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक