Connect with us
Advertisement

साउदी आरम्कोमा काम गरेका ४६९ नेपाली श्रमिकले पाएनन् साढे १४ करोड तलब

Published

on

काठमाडौँ — साउदी अरबको पेट्रोलियम उत्पादन र प्रशोधन गर्ने कम्पनी साउदी आरम्को आयोजनामा काम गर्ने ४६९ जना नेपाली श्रमिकले तलबबापतको करिब १४ करोड ६१ लाख रुपैयाँ (४० लाख ४ हजार रियाल) पाएका छैनन् । उनीहरू सेन्दान इन्टरनेसनल कम्पनी (भिसा स्पोन्सर) मार्फत साउदी आरम्कोको आयोजनामा काम गर्दै आएका थिए । रियादस्थित नेपाली दूतावासले ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ मार्फत उपलब्ध गराइदिन साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको छ । साउदीको मानव संसाधन मन्त्रालयले कम्पनी टाट पल्टिए वा ६ महिनासम्म लगातार तलब नपाएका श्रमिकलाई ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ बाट तलब भुक्तानी गर्ने कार्यविधि जारी गरेको छ । कार्यविधिमा रोजगारदाता टाट पल्टिनुभन्दा ६ महिनाअघिसम्म तलब नपाएबापत प्रतिश्रमिक १७ हजार ५ सय रियाल (करिब ६ लाख २१ हजार रुपैयाँ) र घरफिर्ती टिकटबापत एक हजार रियालसम्म दिनुपर्ने व्यवस्था छ । त्यसलाई नै आधार बनाएर दूतावासले नेपाली श्रमिकको बक्यौता तलब साउदी सरकारसँग दाबी गरेको हो । नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले बिमाबाट श्रमिकको बाँकी तलब पाउनेमा आशावादी भएको बताए । ‘श्रमिकको बाँकी तलब दिलाउन साउदीको संकट विभागसँग नियमित छलफलमा छौं । छलफलले श्रमिक बिमाबाट तलब उपलब्ध हुनेमा सकारात्मक छौं,’ उप्रेतीले कान्तिपुरसँग भने । नेपाली श्रमिकले गत वर्षको अगस्टबाट नै नियमित तलब पाउन छाडेका थिए । तलब नपाउने र घर फिर्न नपाएपछि उनीहरू गत मार्चदेखि काम बन्द गरेर साउदीको पूर्वी क्षेत्रस्थित कम्पनीले उपलब्ध गराएको क्याम्पमा बस्दै आएका छन् ।

469 Nepalese workers who worked in Saudi Aramco did not get 14.5 million salary

संखुवासभाका बलराम राईका अनुसार कार्यस्थल (साइट) अनुसार तलबको बक्यौता फरक–फरक छ । ‘आरम्कोको फरक–फरक साइटमा काम गर्दै आएका थियौं । यहाँ साइटअनुसार तलब पाउने महिना पनि फरक–फरक छ । कसैले त १० महिना अगाडिदेखि नै पाएका छैनन् । धेरैजसो ८ महिनासम्मको तलब नपाउनेहरू छन्,’ उनले भने, ‘तलब कहिले, कसरी पाइन्छ वा पाइँदैन, थाहा छैन ।’ राईले मात्रै ओभरटाइम र उपदानबाहेक १२ हजार ८ सय रियाल (४ लाख ५४ हजार रुपैयाँ) पाउन बाँकी छ । आफूहरूले तलबका लागि श्रम कार्यालयमा एकमुष्ट उजुरी दिएको उनले बताए । उनले चर्को गर्मीमा दिनरात नभनी मिहिनेत गरेको प्रतिफल नियमित नपाउँदा दुःख लागेको बताए । ‘अहिले हामी दुई महिनादेखि कम्पनीको क्याम्पमा सुतेरै बसिरहेका छौं । हामीले दैनिक १२ घण्टा परिश्रम गर्‍यौं । खाडीको चर्को घाममा पसिना बगायौं,’ उनले भने, ‘आफ्नो ज्यान हत्केलामा राखेर परिश्रम गरेका थियौं । पसिनाको फल हामीले पाउनुपर्छ ।’

469 Nepalese workers who worked in Saudi Aramco did not get 14.5 million salary

रोल्पाका कर्णबहादुर खत्रीले २३ महिना ग्यास प्लान्टमा काम गरेको बताए । ‘ग्यास प्लान्टमा स्काफफोल्डिङको काम थियो । त्यहाँ केजिवी भन्ने साइटमा काम गर्दा ग्यासको निकै गन्ध आउँथ्यो । त्यसले टाउको दुख्थ्यो । नयाँ प्लान्टमा काम गर्दा गन्ध भने आएन,’ उनले भने, ‘मैले काम थालेको १४ महिनासम्म तलब नियमित थियो । त्यसपछि तीन–चार महिना ढिलो हुँदै गयो । पुराना साथीले एकै पटक दिन्छ भन्थे । त्यही भएर तलब नपाए पनि काम गरिरहें । तर, जब साइट बन्द हुँदै गयो, कम्पनी त सबै टाट पल्टिसकेको रहेछ भन्ने थाहा भयो ।’

घरफिर्ती टिकट र ‘एक्जिट परमिट’ को प्रतीक्षामा बसिरहेका नेपाली श्रमिकहरूलाई कम्पनीले भात र दाल मात्रै दिइरहेको छ । दूतावासका अनुसार कामविहीन भएका मध्ये ३ सय २ जना नेपाल फर्किन चाहेका छन् भने बाँकी कम्पनी परिवर्तन गरी साउदीकै अर्को कम्पनीमा जाने प्रक्रियामा छन् । ‘स्वदेश फर्किन चाहेका ३ सय २ जनालाई एक्जिट परमिट जारी गर्न साउदीको श्रम मन्त्रालयलाई विवरण पठाइसकेका छौं,’ उप्रेतीले भने, ‘साउदीमै अर्को कम्पनीमा काम गर्न खोज्नेलाई रोजगारी परिवर्तनका लागि सहजीकरण भइरहेको छ ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक