Banner
साउदी आरम्कोमा काम गरेका ४६९ नेपाली श्रमिकले पाएनन् साढे १४ करोड तलब
काठमाडौँ — साउदी अरबको पेट्रोलियम उत्पादन र प्रशोधन गर्ने कम्पनी साउदी आरम्को आयोजनामा काम गर्ने ४६९ जना नेपाली श्रमिकले तलबबापतको करिब १४ करोड ६१ लाख रुपैयाँ (४० लाख ४ हजार रियाल) पाएका छैनन् । उनीहरू सेन्दान इन्टरनेसनल कम्पनी (भिसा स्पोन्सर) मार्फत साउदी आरम्कोको आयोजनामा काम गर्दै आएका थिए । रियादस्थित नेपाली दूतावासले ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ मार्फत उपलब्ध गराइदिन साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको छ । साउदीको मानव संसाधन मन्त्रालयले कम्पनी टाट पल्टिए वा ६ महिनासम्म लगातार तलब नपाएका श्रमिकलाई ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ बाट तलब भुक्तानी गर्ने कार्यविधि जारी गरेको छ । कार्यविधिमा रोजगारदाता टाट पल्टिनुभन्दा ६ महिनाअघिसम्म तलब नपाएबापत प्रतिश्रमिक १७ हजार ५ सय रियाल (करिब ६ लाख २१ हजार रुपैयाँ) र घरफिर्ती टिकटबापत एक हजार रियालसम्म दिनुपर्ने व्यवस्था छ । त्यसलाई नै आधार बनाएर दूतावासले नेपाली श्रमिकको बक्यौता तलब साउदी सरकारसँग दाबी गरेको हो । नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले बिमाबाट श्रमिकको बाँकी तलब पाउनेमा आशावादी भएको बताए । ‘श्रमिकको बाँकी तलब दिलाउन साउदीको संकट विभागसँग नियमित छलफलमा छौं । छलफलले श्रमिक बिमाबाट तलब उपलब्ध हुनेमा सकारात्मक छौं,’ उप्रेतीले कान्तिपुरसँग भने । नेपाली श्रमिकले गत वर्षको अगस्टबाट नै नियमित तलब पाउन छाडेका थिए । तलब नपाउने र घर फिर्न नपाएपछि उनीहरू गत मार्चदेखि काम बन्द गरेर साउदीको पूर्वी क्षेत्रस्थित कम्पनीले उपलब्ध गराएको क्याम्पमा बस्दै आएका छन् ।

संखुवासभाका बलराम राईका अनुसार कार्यस्थल (साइट) अनुसार तलबको बक्यौता फरक–फरक छ । ‘आरम्कोको फरक–फरक साइटमा काम गर्दै आएका थियौं । यहाँ साइटअनुसार तलब पाउने महिना पनि फरक–फरक छ । कसैले त १० महिना अगाडिदेखि नै पाएका छैनन् । धेरैजसो ८ महिनासम्मको तलब नपाउनेहरू छन्,’ उनले भने, ‘तलब कहिले, कसरी पाइन्छ वा पाइँदैन, थाहा छैन ।’ राईले मात्रै ओभरटाइम र उपदानबाहेक १२ हजार ८ सय रियाल (४ लाख ५४ हजार रुपैयाँ) पाउन बाँकी छ । आफूहरूले तलबका लागि श्रम कार्यालयमा एकमुष्ट उजुरी दिएको उनले बताए । उनले चर्को गर्मीमा दिनरात नभनी मिहिनेत गरेको प्रतिफल नियमित नपाउँदा दुःख लागेको बताए । ‘अहिले हामी दुई महिनादेखि कम्पनीको क्याम्पमा सुतेरै बसिरहेका छौं । हामीले दैनिक १२ घण्टा परिश्रम गर्यौं । खाडीको चर्को घाममा पसिना बगायौं,’ उनले भने, ‘आफ्नो ज्यान हत्केलामा राखेर परिश्रम गरेका थियौं । पसिनाको फल हामीले पाउनुपर्छ ।’

घरफिर्ती टिकट र ‘एक्जिट परमिट’ को प्रतीक्षामा बसिरहेका नेपाली श्रमिकहरूलाई कम्पनीले भात र दाल मात्रै दिइरहेको छ । दूतावासका अनुसार कामविहीन भएका मध्ये ३ सय २ जना नेपाल फर्किन चाहेका छन् भने बाँकी कम्पनी परिवर्तन गरी साउदीकै अर्को कम्पनीमा जाने प्रक्रियामा छन् । ‘स्वदेश फर्किन चाहेका ३ सय २ जनालाई एक्जिट परमिट जारी गर्न साउदीको श्रम मन्त्रालयलाई विवरण पठाइसकेका छौं,’ उप्रेतीले भने, ‘साउदीमै अर्को कम्पनीमा काम गर्न खोज्नेलाई रोजगारी परिवर्तनका लागि सहजीकरण भइरहेको छ ।’
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login