Banner
वन महोत्तरीका कर्मचारीमाथि कार्यालयमै हातपात
महोत्तरी — आफूमाथि कार्यालय परिसरभित्रै हातपात भएकाले शान्ति सुरक्षाको माग गर्दै डिभिजन वन कार्यालय महोत्तरीका लेखा अधिकृत रामसुलित महत्तोले जिल्ला प्रशासन कार्यलयमा निवेदन दिएका छन्। निवेदनमा उनले निर्माण व्यवसायी दिनेश चौधरीले हातपात र गालीगलौज गरेका बताएका छन्।
मंगलबार ११ बजे कार्यकक्षमै निर्माण व्यवसायि चौधरीले गालीगलौज र हातपात गर्दै ज्यान मार्ने धम्की दिएपछि तत्कालै जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा माग गरेको लेखा अधिकृत महतोले बताए।
हरित पार्क निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी चौधरीले कार्यकक्षमै हातपात गर्दा कार्यालय प्रमुख अजय मिश्रले कुनै प्रतिक्रिया नजनाएको आरोप पनि उनको छ। उनले हरित पार्क निर्माण गर्न २.५ फिट माटो हाल्नुपर्नेमा १.५ फिट मात्रै माटो हालिएको, रंगीन जिकज्याक ब्लक लगाउनुपर्नेमा समान्य ब्लाक राखेर निर्माण सम्झौता विपरीत भुक्तानीका लागि दबाब दिएको आरोप पनि लगाएका छन्।
भुक्तानीका लागि ठेकेदार चौधरीका अलवा इन्जिनियर राकेश पाण्डे, कार्यालय प्रमुख अजय मिश्रले दबाव दिएको र भुक्तानी प्रक्रिया पूरा नभएको कागजातबारे सोधीखोजी गर्दा आफूमाथि हातपात भएको महतोको आरोप छ। हातपात हुँदा बचाउन आएका वनरक्षकलाई समेत कार्यालय प्रमुख मिश्रले सरुवा गरेको उनले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले डिभिजन वन कार्यालय असमझदारी रहेको र समस्या बुझ्ने क्रममा रहेको बताए । उनका अनुसार यसबारे बुझ्न प्रमुख मिश्रलाई बोलाइएको छ। कार्यालयमा भएको विवादबारे मिश्रले आफूले यसबारे तत्काल अहिले नबताउने बताए।
एनके कन्सट्रक्सन जलेश्वरले १९ लाख ९५ हजार ९ सय ३३ रुपैयाँमा पार्क निर्माणको ठेक्का पाएको थियो। १७ सय वर्ग मिटर क्षेत्रफलमा माटो पुरेर पीसीसी ढलान, ब्लक लगाएर बृक्षारोपण गर्ने योजना गरहेको वन अधिकृत बेचु कुमार मिश्रले बताए ।
कार्यालय परिसरमा ५० लाख बजेटको भवन ठेक्का ४० प्रतिशत बिलो (कम) रकममा ठेक्का लागेको छ, तर माटोको काम हुने पार्क निर्माण २० लाख बजेटमा ४ हजार मात्रै घटाएर ठेक्का सम्झौता हुनु नै शंकाको घेरामा रहेको यहाँको कर्मचारी बताउँछन् ।
डिभिजन वन कार्यालय महोत्तरीले पार्क निर्माण गर्न २०८१ माघ २३ गते सूचना प्रकाशन गर्दा ५ वटा विड परेको र प्रतिस्पर्धामा ३ वटा विडरले मात्रै भाग लिएको पाइएको छ । प्रक्रियामा भाग लिएका तीन वीडरमध्ये कोरम पुगाएर न्युन बजेट (लो बीडर)लाई काम गर्ने सम्झौता गरिएको छ।
१९ लाख ९५ हजार ९ सय ३३ रुपैयाँमा सम्झौता भएको पार्क निर्माणको १६ लाख ४४ हजार रनिङ बिल भुक्तानी गराउन लेखा अधिकृत महतोलाई निर्माण व्यवसायी चौधरी र कार्यालय प्रमुख मिश्रले दबाब बनाएको छ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login