Connect with us
Advertisement

विराटनगरमा २० ओटा सार्वजनिक शौचालय बनाइने

Published

on

विराटनगरः विराटनगर महानगरपालिकाभित्र सार्वजनिक शौचालयको अभाव हुन थालेपछि २० ओटा शौचालय निर्माण गरिने योजना अघि सारिएको छ । दिनप्रतिदिन मानिसहरूको चाप बढ्न थालेपछि सार्वजनिक शौचालयको अभाव देखिएको विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

एउटा शौचालय निर्माण गर्न १५ लाखदेखि २० लाखसम्म खर्च हुने भएकाले तत्कालका लागि महानगरपालिकाले शौचालयका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । विभिन्न सङ्घसंस्थासँग साझेदारी गरेर शौचालय निर्माण भएको उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी

Published

on

नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशनबाट अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी भएका छन्। हिजो विराटचोकमा शुरु भएको दोश्रो अधिवेशनमा सहमतिको अन्तिम प्रयास गर्दा पनि सर्बसम्मत हुन नसकेपछि आज अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि निर्वाचन भएको हो। अध्यक्षमा विजयी ढकालले १५७ मत प्राप्त गरेभने अर्का अध्यक्षका प्रत्याशी हेमराज सुबेदीले ११५ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा दुर्गा निरौलाले १६४ मत प्राप्त गर्दै विजय भैंइन प्रत्याशी अम्बिका दाहालले १०० मत प्राप्त गरिन ,त्यस्तै सचिवमा दावा तामांग १४९ मत सहित बिजयी भए भने प्रत्याशी बिशाल गुरागाईंले १२१ मत प्राप्त गरे , सहसचिवमा खगेन्द्र पन्धाक १६५ मत र राजेन्द्र धमला १२६ मत सहित बिजयी भएका छन् ।


Continue Reading

Banner

नेकपा एमाले सुन्दरहरैंचाको खुला सत्र सम्पन्न, नयाँ नेतृत्वका भोली चुनाव हुने

Published

on

विराटचोकः नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशन आज विराटचोकमा शुरु भएको छ । अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । बन्द सत्र अहिले नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको काम भइरहेको जिल्ला सदस्य मनोज दाहालले बताउनुभयो ।

नेतृत्व चयन सर्वसम्मत भए आज राति नै नेतृत्व चयन हुने र निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गर्नुपर्ने भए भोलि निर्वाचन हुने पार्टीले जनाएको छ ।

अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रलाई सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पार्टीका जिल्ला अध्यक्ष अजम्बर राई, सुन्दरहरैंचा इन्चार्ज धनमाया तामाङ र नेता विनोद ढकालले सम्बोधन गर्नुभएको थियो ।

नगर अध्यक्ष मातृका ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव सन्तोष घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीको नगर कमिटीलाई कार्यालय प्रयोजनार्थ निःशुल्क कोठा उपलब्ध गराउनुहुने युवराज पौडेललाई सम्मान गरिएको थियो ।

Continue Reading

Banner

आगमी वर्षलाई प्रदेश सरकारले कोशी पर्यटन वर्षका रूपमा मनाउने, आज घोषणा हुँदै

Published

on

कोशी प्रदेश सरकारले आउँदो वर्ष २०८२ लाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गर्न लागेको छ । आउँदो वर्ष कोशी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने र २ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गर्न लागिएको हो ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा आज कोशी पर्यटन २०८२ उद्घाटन हुन लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री ओलीको समय नमिल्ने भन्दै उद्घाटनमा सहभागी नहुने बताइएको छ । उनको सट्टामा उपप्रधानमन्त्री प्रकाशमान सिंह उद्घाटनमा सहभागी हुनेछन् ।

कोशी प्रदेशको प्रमुख आयस्रोत पर्यटन भएकोले पर्यटन वर्ष मनाउन लागिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेशको आर्थिक समृद्धिको बलियो आधार पर्यटन भएको र त्यसमा पनि धार्मिक पर्यटन प्रमुख रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

शिलापत्रसँग कुरा गर्दै कार्कीले धार्मिक पर्यटनलाई जोड दिएर भारत, भुटानका पर्यटकलाई कोशी प्रदेशका भित्र्याउने बताए ।

पर्यटन वर्षका लागि ५ सयभन्दा बढी व्यक्तिहरूको प्रतिनिधित्वमा मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ ।

कोशी प्रदेशमा खुम्बु क्षेत्र, कञ्चनसंगा, मकालु, कोशी टप्पु, हलेसी, पाथिभरा, बराहक्षेत्रजस्ता चर्चित पर्यटकीय क्षेत्र रहेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक