Connect with us
Advertisement

के एमालेमा ओलीको पक्कड कमजोर बन्दै गएको हो ?

Published

on

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीर्ष नेताहरूमा उनी शक्तिशाली मानिन्छन् । सरकारको बागडोर अहिले उनको हातमा छ । पार्टीभित्र पनि उनको बलियो पक्कड छ ।

ओली नवौँ महाधिवेशनबाट एमालेमा सर्वेसर्वा भए । ओली अध्यक्ष भएपछि एमालेमा आन्तरिक जनवाद कमजोर भएको आरोप लाग्दै आएको छ । एमालेका एक दर्जन भ्रातृ संगठनमा पार्टीको निर्देशनमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

एमालेलाई बाहिरबाट हमला हुँदै आएको भन्दै भ्रातृ संगठनमा सर्वसम्मत नेतृत्व चयन प्रक्रियालाई एमालेले निकै महत्त्व दियो, जसमा पार्टी नेतृत्व अनुकुलका नेताहरूले अवसर पाउँथे ।

गणतन्त्र दिवसमा एमालेको कमजोर उपस्थिति

गणतन्त्र दिवसको दिन एमालेको कब्जामा राजधानी हुनुपर्ने अभिव्यक्ति दिएका थिए- ओलीले । त्यही दिन राजावादीहरूले पनि प्रदर्शनको घोषणा गरेका थिए ।

ओलीले राजधानी एमालेको कब्जामा हुनुपर्ने निर्देशन दिए पनि एमालेका नेता कार्यकर्ता त्यो दिन उल्लेख्य रूपमा सहभागी भएनन् । सत्ताको नेतृत्व गरिरहेको एमाले र त्यसका अध्यक्ष ओलीको निर्देशन पालन भए पनि नेता कार्यकर्ताले त्यति महत्त्वका साथ नलिएको उक्त उपस्थितिले देखाएको छ ।

जबकि एमालेको कार्यक्रम सकिएपछि प्रदर्शनमा उत्रेका राजावादीहरूको सहभागिता बढी देखिएको थियो । कब्जा गर्न निर्देशन दिएको एमालेले जनमास उतार्न नसक्नु पनि ओलीको निर्देशन पालना कम हुन थालेको अर्थमा लिन थालिएको छ ।

युवा संघमा लागेको ओलीको निर्देशमा ब्रेक

शनिबार बुद्धिजीवीको परिषद् कार्यक्रममा ओलीले पार्टी कमिटीमा मिलेर जान जोड दिँदा आफूमाथि तानाशाही भएको आरोप लागेको भन्दै असन्तुष्टि पोखे । ओलीले कसैलाई चुनाव लड्न आफूले प्रतिबन्ध नलगाएको स्पष्टीकरण दिनुपरिरहेको छ ।

ओलीले चुनावमा प्रतिबन्ध नलगाएको बताउँदै आएका छन् । विराटनगरमा भएको प्रेस चौतारीको महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेश राईलाई उम्मेदवारी दर्ता गर्न नै दिइएन । एमालेका भ्रातृ संगठनहरूमा पछिल्लो समय सर्वसम्मतिको नाममा चुनावी प्रतिस्पर्धालाई किनारामा पारिएको छ ।

‘किन हो एउटा हल्ला चलाउँछ, म छक्क पर्छु । मिलेर जानुस् भन्दा नेतृत्वले चुनावै गर्न दिएन भन्छन्, अधिनायकवाद भयो, तानाशाही भयो भनेर । मिलेर जानुस्, लडेर पनि एउटै अध्यक्ष हुने हो,’ ओलीले भन्ने गरेका छन्, ‘सहमतिका साथ जानुहोस् । सहमतिका साथ जान सकिँदैन भने शुभकामना छ चुनाव लड्नुस् जित्नुस्, जोजो उम्मेदवार बन्नु छ बन्नुस् । एउटा पोस्टमा एमाले मात्रै जित्छ, याद राख्नुस्, तर परिणाम आएपछि काइँकुइँ नगर्नुस् ।’

पोखरामा सम्पन्न युवा संघको महाधिवेशनमा ओलीको चाहनाविपरीत प्यानल घोषणा गरेरै नेतृत्वमा चुनावी प्रतिस्पर्धा भएको थियो । ओलीले युवा संघमा क्षितिज थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहे पनि त्यो सम्भव भएन । उनले जनसंगठन विभागका प्रमुख भानुभक्त ढकाललाई निर्देशन दिएका थिए । तर, अध्यक्षका अर्का आकांक्षी सुमन पुरीले आफूलाई ओलीले सर्वसम्मत अध्यक्ष नबनाउने देखेपछि चुनाव रोजेका थिए । जुन ओलीविरुद्धको विद्रोहको रूपमा हेरिएको छ ।

शनिबार ओलीले पोखेको असन्तुष्टि पनि पुरी र उनको प्यानल मात्र होइन, उनलाई बोक्ने नेताहरूप्रतिको पनि थियो । ओलीलाई पार्टीभित्रको निर्वाचन र भ्रातृ संगठनभित्रको निर्वाचनप्रति कति आक्रोश रहेछ भन्ने कुरा उनको भनाइबाट थाहा लाग्छ । उनले निर्वाचनमा पराजित हुनेलाई उपविजेता भनेकोप्रति पनि कटाक्ष गरेका छन् । उनले भनेका छन्, ‘अध्यक्ष र उपाध्यक्ष त बुझिएको थियो । विजेता र उपविजेता कसरी भयो ? के हो उपविजेता भन्दा अलिकतिले जितिएन , त्यही भएर उपविजेता ।’

हुन पनि ओलीले सर्वसम्मत थेबेलाई अध्यक्ष बनाउन दिएको निर्देशनविरुद्ध उनीनिकट भनिएका युवा संघका पूर्वअध्यक्षदेखि नेताहरू सक्रिय रूपमा लागेका थिए ।

एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले थेबेलाई समर्थन गरेका थिए । तर, ओलीले नै पछिल्लो समयमा मुख्यमन्त्री बनाएका खगराज अधिकारी पुरी समूहको समर्थनमा उत्रिए ।

एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदम गिरी पनि पुरीको पक्षमा उभिए । ओलीनिकट मानिने युवा संघका पूर्वअध्यक्षहरू पनि दुई गुटमा विभाजित भए । पूर्वअध्यक्ष महेश बस्नेत, राजीव पहारी, निरु पाल, किरण पौडेल थेबेको पक्षमा लागे । थेबेलाई सर्वसम्मत बनाउन यो समूह निकै सक्रिय भयो । तर, पुरीले अडान नछाड्दा नेतृत्व चयनका लागि चुनाव हुने स्थिति बन्यो । पुरीलाई समर्थन गर्नेमा पूर्वअध्यक्षहरू रमेश पौडेल, बचन सिंह र पूर्वउपाध्यक्ष अमित लामा थिए ।

त्यसपछि हुन थालेका भ्रातृ संगठनका भेला, सम्मेलनलाई सम्बोधन गर्दै ओली अहिले भने सर्वसहमति गर्न र निर्वाचन गर्न सकिने बताउन थालेका छन् ।

पार्टीमा पनि कमजोर हुँदै वर्चस्व

ओली एमालेका अहिलेसम्मका नेतृत्वमा सबैभन्दा शक्तिशाली मानिन्छन् । तर, गत एक वर्षमा ओलीलाई बाहिरबाट भन्दा पनि भित्रैबाट बढी तनाव आइरहेको छ । उनका निर्देशनविरुद्ध एमाले र उसका भ्रातृ संगठनहरू देखिएका छन् ।

ओलीको निर्देशन अटेरी हुन थालेको विराटनगरको नगर अधिवेशन, विराटनगरकै खानेपानीको उपभोक्ता समितिको निर्वाचन र युवा संघको १०औँ महाधिवेशन हो । धनुषामा त एमालेको जिल्ला अधिवेशनमा मैदानमै हानाहान र लखेटालखेट भयो । अधिवेशनै रोक्नुपर्‍यो ।

भण्डारीको सक्रियताले कमजोर बन्दै गएका ओली 

एमालेमा ओलीको एकल नेतृत्व चलिरहेको थियो । उनका निर्णयविरुद्ध कसैले आवाज उठाउँदैनथे । ओलीले गरेका निर्णय र निर्देशन एमालेमा अकाट्यजस्तै थिए । तर, पार्टीभित्रको बढ्दो असन्तुष्टि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फेरि सक्रिय राजनीतिमा फर्किने तयारीले एमालेमा भित्रभित्रै टकरावहरू बढ्न थालेका छन् । जतिजति टकराव बढ्दै गएका छन्, त्यति नै ओली कमजोर हुँदै गएका छन् ।

भण्डारीलाई नेतृत्वमा ल्याउन एमालेका एकथरी नेता कार्यकर्ताले ‘गल’ लगाइरहेको ओलीको आरोप छ । ओलीले गत वर्ष एक कार्यक्रमा गल नलगाउन नेता कार्यकर्तालाई निर्देशन नै दिएका थिए । तर, उनको निर्देशनले काम गरेन ।

भण्डारीको सक्रियता झन्‌झन् बढ्दै गयो । ओलीले एकलौटी रूपमा चलाइरहेको एमालेमा अर्को समूह तयार भइसकेको छ । नयाँ समूह ओलीविरुद्धको हो, जसको नेतृत्व आन्तरिक रूपमा भण्डारीले गरेकी छिन् ।

जबकि यस्तो टकरावको अवस्था आउन सक्छ भनेर ओलीले १० वैशाख २०८१ मा नेकपा स्थापनाको हीरक महोत्सवमा भण्डारीलाई गणतन्त्र गौरव पदक दिएर सम्मान गरेका थिए । तर, उक्त गणतन्त्र गौरवले ओलीविरुद्धको मोर्चा खोल्ने भण्डारीको तयारी रोकिएन । अहिले पनि सक्रिय छ ।

भण्डारीले देशभरिका विभिन्न ठाउँमा गएर एमालेका नेता कार्यकर्तासँग छलफल भेटघाट बाक्लो बनाउँदै आएकी छिन् । अहिले चीनमा पनि एमालेको शीर्ष नेताको रूपमा भ्रमणमा छिन् ।

ओलीका निर्णयविरुद्ध आवाज उठाउनेहरू पार्टीमा निलम्बनमा परेका छन् । भाटभटेनीका साहु मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएको कुराको विरुद्ध बोल्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेना अहिलेसम्म निलम्बनमा छन् । तर पनि उनीहरूले ओलीका एकल र गलत निर्णयको विरोध गर्न छोडेका छैनन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक