Banner
के एमालेमा ओलीको पक्कड कमजोर बन्दै गएको हो ?
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीर्ष नेताहरूमा उनी शक्तिशाली मानिन्छन् । सरकारको बागडोर अहिले उनको हातमा छ । पार्टीभित्र पनि उनको बलियो पक्कड छ ।
ओली नवौँ महाधिवेशनबाट एमालेमा सर्वेसर्वा भए । ओली अध्यक्ष भएपछि एमालेमा आन्तरिक जनवाद कमजोर भएको आरोप लाग्दै आएको छ । एमालेका एक दर्जन भ्रातृ संगठनमा पार्टीको निर्देशनमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
एमालेलाई बाहिरबाट हमला हुँदै आएको भन्दै भ्रातृ संगठनमा सर्वसम्मत नेतृत्व चयन प्रक्रियालाई एमालेले निकै महत्त्व दियो, जसमा पार्टी नेतृत्व अनुकुलका नेताहरूले अवसर पाउँथे ।
गणतन्त्र दिवसमा एमालेको कमजोर उपस्थिति
गणतन्त्र दिवसको दिन एमालेको कब्जामा राजधानी हुनुपर्ने अभिव्यक्ति दिएका थिए- ओलीले । त्यही दिन राजावादीहरूले पनि प्रदर्शनको घोषणा गरेका थिए ।
ओलीले राजधानी एमालेको कब्जामा हुनुपर्ने निर्देशन दिए पनि एमालेका नेता कार्यकर्ता त्यो दिन उल्लेख्य रूपमा सहभागी भएनन् । सत्ताको नेतृत्व गरिरहेको एमाले र त्यसका अध्यक्ष ओलीको निर्देशन पालन भए पनि नेता कार्यकर्ताले त्यति महत्त्वका साथ नलिएको उक्त उपस्थितिले देखाएको छ ।
जबकि एमालेको कार्यक्रम सकिएपछि प्रदर्शनमा उत्रेका राजावादीहरूको सहभागिता बढी देखिएको थियो । कब्जा गर्न निर्देशन दिएको एमालेले जनमास उतार्न नसक्नु पनि ओलीको निर्देशन पालना कम हुन थालेको अर्थमा लिन थालिएको छ ।
युवा संघमा लागेको ओलीको निर्देशमा ब्रेक
शनिबार बुद्धिजीवीको परिषद् कार्यक्रममा ओलीले पार्टी कमिटीमा मिलेर जान जोड दिँदा आफूमाथि तानाशाही भएको आरोप लागेको भन्दै असन्तुष्टि पोखे । ओलीले कसैलाई चुनाव लड्न आफूले प्रतिबन्ध नलगाएको स्पष्टीकरण दिनुपरिरहेको छ ।
ओलीले चुनावमा प्रतिबन्ध नलगाएको बताउँदै आएका छन् । विराटनगरमा भएको प्रेस चौतारीको महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेश राईलाई उम्मेदवारी दर्ता गर्न नै दिइएन । एमालेका भ्रातृ संगठनहरूमा पछिल्लो समय सर्वसम्मतिको नाममा चुनावी प्रतिस्पर्धालाई किनारामा पारिएको छ ।
‘किन हो एउटा हल्ला चलाउँछ, म छक्क पर्छु । मिलेर जानुस् भन्दा नेतृत्वले चुनावै गर्न दिएन भन्छन्, अधिनायकवाद भयो, तानाशाही भयो भनेर । मिलेर जानुस्, लडेर पनि एउटै अध्यक्ष हुने हो,’ ओलीले भन्ने गरेका छन्, ‘सहमतिका साथ जानुहोस् । सहमतिका साथ जान सकिँदैन भने शुभकामना छ चुनाव लड्नुस् जित्नुस्, जोजो उम्मेदवार बन्नु छ बन्नुस् । एउटा पोस्टमा एमाले मात्रै जित्छ, याद राख्नुस्, तर परिणाम आएपछि काइँकुइँ नगर्नुस् ।’
पोखरामा सम्पन्न युवा संघको महाधिवेशनमा ओलीको चाहनाविपरीत प्यानल घोषणा गरेरै नेतृत्वमा चुनावी प्रतिस्पर्धा भएको थियो । ओलीले युवा संघमा क्षितिज थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहे पनि त्यो सम्भव भएन । उनले जनसंगठन विभागका प्रमुख भानुभक्त ढकाललाई निर्देशन दिएका थिए । तर, अध्यक्षका अर्का आकांक्षी सुमन पुरीले आफूलाई ओलीले सर्वसम्मत अध्यक्ष नबनाउने देखेपछि चुनाव रोजेका थिए । जुन ओलीविरुद्धको विद्रोहको रूपमा हेरिएको छ ।
शनिबार ओलीले पोखेको असन्तुष्टि पनि पुरी र उनको प्यानल मात्र होइन, उनलाई बोक्ने नेताहरूप्रतिको पनि थियो । ओलीलाई पार्टीभित्रको निर्वाचन र भ्रातृ संगठनभित्रको निर्वाचनप्रति कति आक्रोश रहेछ भन्ने कुरा उनको भनाइबाट थाहा लाग्छ । उनले निर्वाचनमा पराजित हुनेलाई उपविजेता भनेकोप्रति पनि कटाक्ष गरेका छन् । उनले भनेका छन्, ‘अध्यक्ष र उपाध्यक्ष त बुझिएको थियो । विजेता र उपविजेता कसरी भयो ? के हो उपविजेता भन्दा अलिकतिले जितिएन , त्यही भएर उपविजेता ।’
हुन पनि ओलीले सर्वसम्मत थेबेलाई अध्यक्ष बनाउन दिएको निर्देशनविरुद्ध उनीनिकट भनिएका युवा संघका पूर्वअध्यक्षदेखि नेताहरू सक्रिय रूपमा लागेका थिए ।
एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले थेबेलाई समर्थन गरेका थिए । तर, ओलीले नै पछिल्लो समयमा मुख्यमन्त्री बनाएका खगराज अधिकारी पुरी समूहको समर्थनमा उत्रिए ।
एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदम गिरी पनि पुरीको पक्षमा उभिए । ओलीनिकट मानिने युवा संघका पूर्वअध्यक्षहरू पनि दुई गुटमा विभाजित भए । पूर्वअध्यक्ष महेश बस्नेत, राजीव पहारी, निरु पाल, किरण पौडेल थेबेको पक्षमा लागे । थेबेलाई सर्वसम्मत बनाउन यो समूह निकै सक्रिय भयो । तर, पुरीले अडान नछाड्दा नेतृत्व चयनका लागि चुनाव हुने स्थिति बन्यो । पुरीलाई समर्थन गर्नेमा पूर्वअध्यक्षहरू रमेश पौडेल, बचन सिंह र पूर्वउपाध्यक्ष अमित लामा थिए ।
त्यसपछि हुन थालेका भ्रातृ संगठनका भेला, सम्मेलनलाई सम्बोधन गर्दै ओली अहिले भने सर्वसहमति गर्न र निर्वाचन गर्न सकिने बताउन थालेका छन् ।
पार्टीमा पनि कमजोर हुँदै वर्चस्व
ओली एमालेका अहिलेसम्मका नेतृत्वमा सबैभन्दा शक्तिशाली मानिन्छन् । तर, गत एक वर्षमा ओलीलाई बाहिरबाट भन्दा पनि भित्रैबाट बढी तनाव आइरहेको छ । उनका निर्देशनविरुद्ध एमाले र उसका भ्रातृ संगठनहरू देखिएका छन् ।
ओलीको निर्देशन अटेरी हुन थालेको विराटनगरको नगर अधिवेशन, विराटनगरकै खानेपानीको उपभोक्ता समितिको निर्वाचन र युवा संघको १०औँ महाधिवेशन हो । धनुषामा त एमालेको जिल्ला अधिवेशनमा मैदानमै हानाहान र लखेटालखेट भयो । अधिवेशनै रोक्नुपर्यो ।
भण्डारीको सक्रियताले कमजोर बन्दै गएका ओली
एमालेमा ओलीको एकल नेतृत्व चलिरहेको थियो । उनका निर्णयविरुद्ध कसैले आवाज उठाउँदैनथे । ओलीले गरेका निर्णय र निर्देशन एमालेमा अकाट्यजस्तै थिए । तर, पार्टीभित्रको बढ्दो असन्तुष्टि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फेरि सक्रिय राजनीतिमा फर्किने तयारीले एमालेमा भित्रभित्रै टकरावहरू बढ्न थालेका छन् । जतिजति टकराव बढ्दै गएका छन्, त्यति नै ओली कमजोर हुँदै गएका छन् ।
भण्डारीलाई नेतृत्वमा ल्याउन एमालेका एकथरी नेता कार्यकर्ताले ‘गल’ लगाइरहेको ओलीको आरोप छ । ओलीले गत वर्ष एक कार्यक्रमा गल नलगाउन नेता कार्यकर्तालाई निर्देशन नै दिएका थिए । तर, उनको निर्देशनले काम गरेन ।
भण्डारीको सक्रियता झन्झन् बढ्दै गयो । ओलीले एकलौटी रूपमा चलाइरहेको एमालेमा अर्को समूह तयार भइसकेको छ । नयाँ समूह ओलीविरुद्धको हो, जसको नेतृत्व आन्तरिक रूपमा भण्डारीले गरेकी छिन् ।
जबकि यस्तो टकरावको अवस्था आउन सक्छ भनेर ओलीले १० वैशाख २०८१ मा नेकपा स्थापनाको हीरक महोत्सवमा भण्डारीलाई गणतन्त्र गौरव पदक दिएर सम्मान गरेका थिए । तर, उक्त गणतन्त्र गौरवले ओलीविरुद्धको मोर्चा खोल्ने भण्डारीको तयारी रोकिएन । अहिले पनि सक्रिय छ ।
भण्डारीले देशभरिका विभिन्न ठाउँमा गएर एमालेका नेता कार्यकर्तासँग छलफल भेटघाट बाक्लो बनाउँदै आएकी छिन् । अहिले चीनमा पनि एमालेको शीर्ष नेताको रूपमा भ्रमणमा छिन् ।
ओलीका निर्णयविरुद्ध आवाज उठाउनेहरू पार्टीमा निलम्बनमा परेका छन् । भाटभटेनीका साहु मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएको कुराको विरुद्ध बोल्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेना अहिलेसम्म निलम्बनमा छन् । तर पनि उनीहरूले ओलीका एकल र गलत निर्णयको विरोध गर्न छोडेका छैनन् ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login