Banner
माओवादीले अन्तिमसम्म साथ दिने रास्वपाको विश्वास, राप्रपालाई फकाउने रणनीति
काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको मागलाई ‘बटमलाइन’ बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले आफूलाई अन्तिमसम्मै साथ दिने विश्वास व्यक्त गरेको छ ।
भिजिट भिसा प्रकरणमा रास्वपाले राजावादी पार्टी राप्रपालाई समेत आफूहरूको मागमा सहमत गराउने प्रयत्न गरेको छ । एकीकृत समाजवादी पहिलो दिनको बैठकबाटै गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिएपछि रास्वपाले राप्रपा लगायतका दलहरूसँग पनि साथ माग्ने भएको हो । राप्रपा आफैँ राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलनमा केन्द्रित छ ।
त्यस्तै उनले राप्रपासँग पनि साथ दिन सहयोग मागिरहेको बताए । आस्था फरक भए पनि राप्रपालाई सुशासनको मुद्दा पनि बोक्न आग्रह गरिएको रास्वपाको भनाइ छ ।
एकीकृत समाजवादी हुँदै माओवादीले पनि साथ छाड्यो भने रास्वपा एक्लै गृहमन्त्रीबारे लिएको अडानमा कायम रहला त ? भन्ने प्रश्नमा कार्यवाहक प्रवक्ता झाले भने, ‘यसमा महत्त्वपूर्ण के हो भन्ने हेर्ने हो । त्यसरी हेर्दा महत्त्वपूर्ण रमेश लेखक होइन । उनीहरूले जसरी सहकारीको मुद्दा समाधान गर्ने बहानामा रवि लामिछानेलाई महत्त्व दिए, यसलाई सिध्याऔँ, थुनौँ भने । तर सहकारी समस्या समाधान गर्ने विषयमा अब उनीहरूले जवाफ नै दिँदैनन् ।’
उनले रमेश लेखकले ‘राजीनामा दिनुपर्दैन’ भन्दै गर्दा गठबन्धन, कांग्रेस नेता र गृहमन्त्रीले ‘बदमासी भएको हो तर हाम्रो संलग्नता चाहिँ छैन त्यसैले आगामी दिनमा यस्तो नहोस् भनेर छानबिन समिति बनाउँछौँ, अनुसन्धानलाई तीव्र गर्छौँ’ भन्ने बोली नबोलेको बताए ।
‘उहाँहरूले यो गलत नै होइन भन्न सक्नुपर्यो । तर देश यसरी नै हामीले चलाउने हो भन्ने तरिका देखियो’, झाले भने, ‘सब कुरा नकारेको मात्र अवस्था छ । यसको मतलब अध्यागमनमा मानिसहरू लुटिएका छन् भन्ने पनि स्विकार्नुभएको छैन ।’
साथै,रास्वपाले भिजिट भिसा प्रकरणमा हुने अवैध लेनदेनको प्रमाण समेत सङ्कलन गरेर सार्वजनिक गर्ने तयारीमा जुटेको छ । कार्यवाहक प्रवक्ता झाले दैनिक सात सय भिजिट भिसामा मानिसहरू बाहिरिने गरेको र औसतमा मासिक २२ हजारको संख्या पुग्ने बताए । ‘त्यसमा पैसा लिएर कति जना गए ? भनेर हामीले सोधेका छौँ । हरि ढकालजीको म्यासेजमा मात्र १ हजार म्यासेजहरू आएको छ । मेरो र अरू साथीहरूकोमा पनि आएको छ,’ कार्यवाहक प्रवक्ता झाको भनाइ छ । उनले सचिवालयले सब प्रमाणहरू भौचर, ट्रान्जेक्सन र अडियोसमेत रहेकाले त्यो सबै समेटेर मंगलबार सार्वजनिक गर्ने बताए ।
रास्वपाको सचिवालय र संसदीय दलको बैठकमा ती प्रमाणहरू एकीकृत गरेर सार्वजनिक गर्ने तयारी गरेको हो ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login