Connect with us
Advertisement

माओवादीले अन्तिमसम्म साथ दिने रास्वपाको विश्वास, राप्रपालाई फकाउने रणनीति

Published

on

काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको मागलाई ‘बटमलाइन’ बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले आफूलाई अन्तिमसम्मै साथ दिने विश्वास व्यक्त गरेको छ ।

अर्को विपक्षी दल एकीकृत समाजवादी गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिए पनि माओवादीले भने साथ नछाड्नेमा रास्वपा विश्वस्त देखिएको हो ।

भिजिट भिसा प्रकरणमा रास्वपाले राजावादी पार्टी राप्रपालाई समेत आफूहरूको मागमा सहमत गराउने प्रयत्न गरेको छ । एकीकृत समाजवादी पहिलो दिनको बैठकबाटै गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिएपछि रास्वपाले राप्रपा लगायतका दलहरूसँग पनि साथ माग्ने भएको हो । राप्रपा आफैँ राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलनमा केन्द्रित छ ।

‘एकीकृत समाजवादीले विपक्षीको पहिलो दिनको बैठकदेखि नै गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्छ भन्ने मत राखेको हो,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘उहाँहरूको कुरा मिडियामा मात्रै हिजो सार्वजनिक भएको हो ।’
रास्वपाले गृहमन्त्रीको राजीनामाबाट कुनै हालतमा पछि नहट्ने जनाएको छ । माओवादीसँग पनि आफूहरूको आन्तरिक कुरा भइरहेको पनि रास्वपाले जनाएको छ ।
‘आजै बैठक राख्नुभएको छ । त्यसबाट के निर्णय गर्नुहुन्छ हेरौँ,’ नेता झाले रातोपाटीसँग भने, ‘उहाँहरूको पार्टीको निर्णय हाम्रो नियन्त्रणमा छैन । यदि उहाँहरू अडानबाट पछि हट्नुहुन्छ भने त केही गर्न सकिन्न । तर हामीलाई विश्वास छ उहाँहरू हाम्रै साथमा आउनुहुन्छ ।’

त्यस्तै उनले राप्रपासँग पनि साथ दिन सहयोग मागिरहेको बताए । आस्था फरक भए पनि राप्रपालाई सुशासनको मुद्दा पनि बोक्न आग्रह गरिएको रास्वपाको भनाइ छ ।

एकीकृत समाजवादी हुँदै माओवादीले पनि साथ छाड्यो भने रास्वपा एक्लै गृहमन्त्रीबारे लिएको अडानमा कायम रहला त ? भन्ने प्रश्नमा कार्यवाहक प्रवक्ता झाले भने, ‘यसमा महत्त्वपूर्ण के हो भन्ने हेर्ने हो । त्यसरी हेर्दा महत्त्वपूर्ण रमेश लेखक होइन । उनीहरूले जसरी सहकारीको मुद्दा समाधान गर्ने बहानामा रवि लामिछानेलाई महत्त्व दिए, यसलाई सिध्याऔ, थुनौँ भने । तर सहकारी समस्या समाधान गर्ने विषयमा अब उनीहरूले जवाफ नै दिँदैनन् ।’

उनले रमेश लेखकले ‘राजीनामा दिनुपर्दैन’ भन्दै गर्दा गठबन्धन, कांग्रेस नेता र गृहमन्त्रीले ‘बदमासी भएको हो तर हाम्रो संलग्नता चाहिँ छैन त्यसैले आगामी दिनमा यस्तो नहोस् भनेर छानबिन समिति बनाउँछौँ, अनुसन्धानलाई तीव्र गर्छौँ’ भन्ने बोली नबोलेको बताए ।

‘उहाँहरूले यो गलत नै होइन भन्न सक्नुपर्‍यो । तर देश यसरी नै हामीले चलाउने हो भन्ने तरिका देखियो’, झाले भने, ‘सब कुरा नकारेको मात्र अवस्था छ । यसको मतलब अध्यागमनमा मानिसहरू लुटिएका छन् भन्ने पनि स्विकार्नुभएको छैन ।’

साथै,रास्वपाले भिजिट भिसा प्रकरणमा हुने अवैध लेनदेनको प्रमाण समेत सङ्कलन गरेर सार्वजनिक गर्ने तयारीमा जुटेको छ । कार्यवाहक प्रवक्ता झाले दैनिक सात सय भिजिट भिसामा मानिसहरू बाहिरिने गरेको र औसतमा मासिक २२ हजारको संख्या पुग्ने बताए । ‘त्यसमा पैसा लिएर कति जना गए ? भनेर हामीले सोधेका छौँ । हरि ढकालजीको म्यासेजमा मात्र १ हजार म्यासेजहरू आएको छ । मेरो र अरू साथीहरूकोमा पनि आएको छ,’ कार्यवाहक प्रवक्ता झाको भनाइ छ । उनले सचिवालयले सब प्रमाणहरू भौचर, ट्रान्जेक्सन र अडियोसमेत रहेकाले त्यो सबै समेटेर मंगलबार सार्वजनिक गर्ने बताए ।

रास्वपाको सचिवालय र संसदीय दलको बैठकमा ती प्रमाणहरू एकीकृत गरेर सार्वजनिक गर्ने तयारी गरेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक