Connect with us
Advertisement

नसामा समस्या, पेटमा पानी, अस्पताल जान पाइनन् गाडी

Published

on

१९ जेठ, काठमाडौं । चितवनकी लक्ष्मी तामाङको पेटमा पानी जमेको करिब १५ वर्ष भयो । व्यथाले च्याप्दै लगेपछि उनका छोराछोरीले अपरेशन गर्ने निधो गरेर ललितपुरको पाटन अस्पताल उपचार गरिरहेका थिए ।

तर लक्ष्मीलाई लागेको रोग त्यो एउटामात्रै रहेनछ । फोक्सोसँगै जोडिने नसा पनि सुन्निएको र सुरूमा नसाको नसाको अपरेसन नगरे पेटको अपरेसन हुन नसक्ने भन्दै लक्ष्मीलाई पाटन अस्पतालले त्रिवि शिक्षण अस्पताल महारागञ्ज रेफर गर्‍यो । लक्ष्मीका छोराछोरी आमाको उपाचारमा सजिलो पनि हुन्छ भनेर ललितपुरको बज्रबहारी बस्दै आएका थिए । जुन पाटन अस्पतालबाट त्यति बिघ्न टाढा पनि होइन । तर जसै उपचारका लागि टिचिङ अस्पताल जान पर्ने भयो, उनीहरूलाई कठीन भयो ।

पछिल्लो समय लक्ष्मीलाई अस्पतालले फलोअपका लागि बोलाइरहेको रहेको थियो । एक–दुई दिन बिराएर अस्पताल गइरहनुपर्थ्यो । सिकिस्त बिरामी लक्ष्मीलाई अरू दिन ट्याक्सीमा राखेर उनका सन्तानले अस्पताल लान्थे ।

यता बिमारले च्यापिरहेको थियो, उता आजै फलोअपको समय थियो ।

तर अरू दिनहरूमा जस्तो ट्याक्सी चढेर अस्पताल जाने संयोग लक्ष्मीलाई सोमबार जुरेन ।

यो पनि पढ्नुहोस

बन्दले सास्ती : अस्पताल हिंडेका बिरामी बाटोमै अलपत्र (तस्वीरहरू)

राइड सेयरिङको विरोधमा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका थिएनन् ।

करिब २० किलोमिटर हिँडेर जान संभव थिएन, लक्ष्मीको घरमा आफ्नै निजी सवारी थिएन ।

उनलाई छोराछोरीले स्कुटरमा अस्पताल लैजाने निधो गरे । स्कुटरको पछाडि बसेर अस्पताल जान लागेकी लक्ष्मीलाई सुन्धारा पुग्दा झनै च्याप्यो ।

उनी दुखेर सहनै नसक्ने अवस्थामा पुगिन् । परिवारका सदस्यले हतारहतार स्कुटर रोकेर यात्रु प्रतिक्षालयमा केहीबेर आराम गराए ।

केही समयपछि अनलाइनखबरकै पहलमा एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पठाइयो ।

सोमबार हठात् यातायात बन्द भएपछि सर्वसाधरणले बिहानैदेखि गन्तव्यमा जान नपाएर दु:ख पाएका छन् ।

बन्द गर्ने यातायात व्यवसायीको माग भने राइड सेयरिङ बन्द गर्नुपर्ने छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक