Connect with us
Advertisement

सहसचिव भट्टराईसहितका ५ मोबाइलको डिजिटल जाँच रिपोर्ट आयो

Published

on

२१ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जाने युवाबाट असुली भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकास्पद व्यक्तिहरूका १६ वटा मोबाइल फोन जाँचका लागि पठाएको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहितका व्यक्तिहरुका मोबाइल आयोगले जाँचका लागि पठाएको थियो । आयोग स्रोतका अनुसार, भट्टराईबाट मात्र तीन वटा मोबाइल बरामद भएको थियो ।

त्योमध्ये एउटा उनको निजी र अर्को कार्यालय प्रमुखले प्रयोग गर्ने सरकारी मोबाइल हो । उनले नै प्रयोग गरिरहेको अवस्थामा तेस्रो मोबाइल समेत बरामद भएको थियो । ‘भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल फरेन्जिक जाँचको प्रतिवेदन मंगलबार आएको छ’, स्रोतले अनलाइनखबरसँग भने, ‘त्यसमा आएका विवरणमार्फत थप परीक्षण गर्ने काम भइरहेको छ ।’अधिकारीहरुका अनुसार, सहसचिव भट्टराईको मोबाइल जाँचबाट यो प्रकरणमा थप महत्त्वपूर्ण प्रमाणहरू हात पर्नसक्ने आशंका गरिएको छ ।  आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पनि केही डिभाइसको रिपोर्ट आइसकेको र केही आउन बाँकी रहेको बताए । ‘अहिले कर्मचारी तहमै केन्द्रीत भएर अनुसन्धान भइरहेको छ’, उनले अनलाइनखबरसँग भने, ‘थप बुझ्नुपर्ने कामहरु पनि भइरहेका छन् ।’

आयोगले ७ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा छापा मारेको थियो । भिजिट भिसामा जाने युवाबाट असुली भइरहेको सूचनाका आधारमा आयोगका अधिकारीहरुले लामो निगरानीपछि छापा हानेका थिए । त्यसक्रममा केही शंकास्पद विवरणहरू फेला परेपछि सहसचिव भट्टराईलाई समेत नियन्त्रणमा लिइएको थियो ।

यो पनि पढ्नुहोस

गृहकै संरक्षणमा हुन्थ्यो विमानस्थलमा सामूहिक असुली

आयोगमा दिनभर नियन्त्रणमा राखेर साँझ मोबाइल लगायतका सामग्री जफत गरेर उनलाई छाडिएको थियो । मंगलबारदेखि नै उनीमाथि आयोगले बयान समेत थालेको छ ।

आयोगले छानबिन गरिरहेकै बेला सहसचिव भट्टराईको आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा भएको थियो । तर, गृहमन्त्री रमेश लेखकले भने मंगलबार पत्रकारहरुसँगको भेटमा ‘केही विषयमा छानबिन गर्नुपर्ने देखेपछि ल्याएको’ जिकिर गरेका थिए ।

आयोगका अधिकारीहरुका अनुसार, भिजिट भिसामा जानेहरुबाट विमानस्थलमा दिनमै एक करोड रुपैयाँभन्दा बढी असुली हुने गरेको प्रारम्भिक जाँचमा देखिएको छ ।

‘महत्वपूर्ण प्रमाणहरु फेला परेपछि त्यही हिसाबले जाँच गरिरहेका छौं’, एक अधिकारीले भने, ‘अनुसन्धान अन्तिमतिर पुग्दा विमानस्थलमा भएको भ्रष्टाचारको एउटा ठूलो चित्र आउँछ ।’

यही प्रकरणलाई लिएर विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागिरहेका छन् । विशेषगरी आयोगले छानबिन गरिरहेका बेला भएको सहसचिव भट्टराईको आकस्मिक सरुवा र सचिवालयमा विवादित पात्रहरुको उपस्थितिले उनीमाथि प्रश्न उठिरहेको हो ।

तर, सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उनले राजीनामा दिनुनपर्ने बताउँदै आएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक