Connect with us
Advertisement

नेप्सेको पुनर्संरचना गरिँदै, ३० प्रतिशत सेयर सर्वसाधारणलाई

Published

on

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)कै ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नेगरी काम अघि बढाउन निर्देशन दिएको छ ।पुनर्संरचनाका लागि बोर्डले नेप्सेलाई आवश्यक काम, कारबाही अघि बढाउन तथा सर्वसाधारणलाई ३० प्रतिशत सेयर निष्कासन गर्न भनेको हो ।

यसअघि राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित पूँजी बजार सुधार सुझाव समितिको सुझावअनुसार अघि बढ्न अर्थ मन्त्रालयको पत्र आएसँगै पुनर्संरचनाका लागि नेप्सेलाई पत्र पठाइएको बोर्डका निर्देशक तथा सहप्रवक्ता तोलाकान्त न्यौपानेले बताए ।

‘सिवाकोटी समितिको सुझावलाई कार्यान्वयन गर्ने निर्णय गर्दै पुनर्संरचनाका लागि नेप्सेले गर्नुपर्ने काम अघि बढाउन भनिएको छ, बोर्डले गर्नुपर्ने काम पनि अघि बढाउँछ’ उनले भने ‘नेप्से पुनर्संरचनाका लागि सरकारले नै गर्नुपर्ने कामका लागि पनि हामीले आग्रह गरेका छौं ।’

अर्थ मन्त्रालयले नै समितिको सुझावलाई कार्यान्वयन गर्नका लागि प्रक्रिया अगाडि बढाउन भनेपछि बोर्डले त्यसकै आधारमा नेप्सेले गर्नुपर्ने काम अघि बढाउन, आवश्यक कार्ययोजना तयार गर्न भनेको हो ।

हाल नेप्सेमा राष्ट्र बैंकको सेयर हिस्सा ९.५१, कर्मचारी सञ्चय कोषको १०, राष्ट्रिय वाणिज्य बैंकको ११.२३, लक्ष्मी सनराइज बैंकको ५, प्रभु बैंकको ५ तथा ब्रोकर कम्पनीको ०.६ प्रतिशत हिस्सा छ । बाँकी ५८.६६ प्रतिशत सरकारको छ । सरकारको यो हिस्सा घटाएर विदेशी रणनीतिक साझेदार, सार्वजनिक संस्थान, बैंक, बीमा तथा सर्वसाधारणलाई सेयर दिने योजना नेप्सेको छ ।

हालको चुक्ता पूँजी १ अर्बलाई बढाएर ३ अर्ब पुर्‍याउने र थपिएको दुई अर्ब चुक्ता पूँजीमा विदेशी रणनीतिक साझेदार, सार्वजनिक संस्थान, बैंक, बीमा तथा सर्वसाधारणलाई सहभागी गराउने योजना तयार छ । यसका लागि सरकारले नै पहिले चुक्ता पूँजी बढाउने निर्णय गर्नुपर्ने नेप्सेका एक उच्च अधिकारीले बताए ।

नेप्सेको कुल चुक्ता पूँजी ३ अर्ब कायम गरी सरकारको हिस्सा २० प्रतिशत हाराहारीमा झार्ने, ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने र बाँकी ५० प्रतिशत सेयर सार्वजनिक संस्थान, बैंक, बीमा, विदेशी रणनीतिक साझेदारलाई दिइने

‘सरकारले नेप्सेको चुक्ता पूँजी बढाउने र थपिने पूँजीमा विदेशी रणनीतिक साझेदार, सार्वजनिक संस्थान, बैंक, बीमा तथा सर्वसाधारणलाई सहभागी गराउने निर्णय गर्नुपर्छ’ ती अधिकारीले भने ‘सरकारले गर्नुपर्ने पहिलो चरणको यो निर्णय गरेपछि मात्रै व्यवहारिक रुपमा अन्य काम अघि बढ्छ ।’

सरकार भने सुझाव दिन भन्दै विभिन्न नामका समिति बनाउने, सम्बन्धित निकायबाट कार्ययोजना तथा सुझाव माग्नेजस्ता झिनामसिना काममै अल्झिरहेको छ । यदि सरकारले नेप्सेको पुनर्संरचना गर्न चाहेकै हो भने अहिले नै चुक्ता पूँजी बढाउने र थपिएको पूँजीमा जनता, निजी क्षेत्र तथा संघसंस्थालाई सहभागी गराउने पहिलो निर्णय गर्नुपर्ने ती अधिकारीले बताए ।

सरकारको निर्णयपछि मात्रै नेप्सेको साधारणसभामार्फत थप सेयर जारी गरेर चुक्ता पूँजी वृद्धिको निर्णय पारित गराइन्छ । निर्णय पारित भएपछि सोअनुसार प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, सेयर निष्कासनका लागि बिक्री प्रवन्धक नियुक्त गर्ने, धितोपत्र बोर्डसँग स्वीकृति माग्ने र थप सेयर निष्कासनको काम अघि बढ्नेछ ।

कुल चुक्ता पूँजी ३ अर्ब कायम गरी सरकारको हिस्सा २० प्रतिशत हाराहारीमा झार्ने, ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने र बाँकी ५० प्रतिशत सेयर सार्वजनिक संस्थान, बैंक, बीमा, विदेशी रणनीतिक साझेदारलाई दिनेगरी योजना बनाइएको छ । यही योजनाअनुरुप अब बोर्डलाई कार्ययोजना बुझाउने नेप्सेको तयारी छ ।

सरकारले पूँजी वृद्धिको निर्णय गरिसकेपछि मात्रै सम्भावित विदेशी रणनीतिक साझेदारसँग नेप्सेले छलफल अघि बढाउने छ । विदेशी साझेदारले यसअघि पनि लगानी गर्न तथा प्रविधि भित्र्याउने विषयमा चासो राख्दै आएका थिए ।

‘विभिन्न मुलुकका स्टक मार्केटमा आवद्ध संघसंस्था यहाँको बजारमा प्रवेश गर्न रुचि देखाइरहेका छन्’ नेप्से स्रोतले भन्यो ‘तर सरकारले नै बाटो अवरोध गरेपछि हामीले नै बेवास्ता गर्दै आएका छौं ।’

अब नेप्सेले पठाएको कार्ययोजना अनुसार निर्णय गर्न बोर्डले सरकारलाई प्रस्ताव गर्नेछ । सरकारको निर्णयपछि आवश्यक भएमा नीतिगत व्यवस्था संशोधन गरी लागु हुनेछ ।

हाल धितोपत्र बजार सञ्चालन नियमावलीले नेप्से र नयाँ स्टक एक्स्चेन्जका लागि छुट्टाछुट्टै किसिमका व्यवस्था गरिदिएको छ । स्टक एक्स्चेन्जको चुक्ता पूँजी ३ अर्ब तोकिएको छ । तर हालको नेप्सेलाई यो अनिवार्य नहुने भनेर लेखिएको छ । अब पुनर्संरचनामा जाने हुँदा नेप्सेलाई अनिवार्य नहुने भनिएको बुँदा हटाउनुपर्नेछ ।

त्यस्तै नयाँ स्टक एक्स्चेन्जले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नुपर्ने तर नेप्सेका हकमा अनिवार्य नहुने व्यवस्था गरिएको छ । पुनर्संरचनामा जाँदा यो पनि संशोधन गर्नुपर्ने हुन्छ ।

यीसहितका नीतिगत व्यवस्थामा संशोधन गर्ने विषय, थप हुने पूँजीबाट पूर्वाधार तथा प्रविधि तयार गर्नेबारे पनि नेप्सेले स्पष्ट रुपमा ड्राफ्ट तयार गरेर बोर्डलाई बुझाउने बोर्ड निर्देशक न्यौपानेले बताए ।

नेप्से मात्रै नभई राफसाफ कम्पनी सीडीएससीको पुनर्संरचनाका लागि पनि निर्देशन दिइएको छ ।

‘सरकार पूर्ण रुपमा नबाहिरिएसम्म नेप्से बन्धक’

नेप्सेलाई अर्को स्टकसँग प्रतिस्पर्धी बनाउन, उचित समयमा सही निर्णय गर्न/गराउन, थप प्रविधि, मानव संशाधन भित्र्याउन सरकार पूर्ण रुपम बाहिरिनुपर्ने सम्बद्ध जानकार बताउँछन् ।

यदि सरकारको थोरै सेयर रहे पनि नेप्सेले गर्ने खरिदका काममा सार्वजनिक खरिद ऐन लागु हुन्छ, कर्मचारी नियुक्तिमा लोकसेवा नै आकर्षित हुन्छ, अख्तियार तथा महालेखा परीक्षक कार्यालयसँग सम्बन्धित विषय पनि आकर्षित हुन्छ ।

यहीं कारण सरकार पूर्ण रुपमा नबाहिरिएसम्म निर्णय प्रक्रिया सहज नहुने नेप्सेका एक पूर्व सीईओ बताउँछन् । ‘जबसम्म त्यहाँको सञ्चालक समिति पूर्ण रुपमा निर्णयका लागि स्वतन्त्र हुँदैन, तबसम्म नेप्सेबाट पूँजी बजारको विकास सम्भव हुँदैन’ उनले भने । नेप्से सञ्चालक समितिमा सीईओ पनि सदस्य रहने गर्छन् ।

सरकारको हिस्सा रहेसम्म नयाँ स्टक एक्स्चेन्जसँग नेप्सेले प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए । ‘एउटा सानो निर्णय गर्ने हो भने कर्मचारीबाटै धम्की आउने, मुद्दा मामिलाको चेतावनी दिने, कमिसन माग्ने जस्ता अवाञ्चित गतिविधि हुन थाल्छ’ उनले भने ‘त्यसपछि अनावश्यक मुद्दामामिलामा फस्नुभन्दा निर्णय नै नगर्नु उपयुक्त ठानिँदो रहेछ ।’

आफू सीईओ हुँदा नै कतिपय कार्यका लागि कमिसन माग भएको र धम्की आएको उनले स्पष्ट पारे । ‘एउटा कुनै सामान वा प्रविधि ल्याउनुपरेमा महाभारत हुन्छ, हामीलाई पनि कमिसन आउनुपर्छ नत्र मुद्दा हाल्छौं भनेर धम्की आएका थिए’ उनले भने ।

यसअघि नेप्सेको व्यवस्थापन टिमले उत्कृष्ट ३० कम्पनीलाई समेटेर नेप्से ३० इन्डेक्स ल्याउने तयारी गरेको थियो । जुन निर्णय सञ्चालन समितिले गर्न सकेन र कार्यान्वयनमा पनि आएन ।

सानातिना निर्णय समेत सञ्चालक समितिले गर्न नसक्ने भएपछि सरकारी स्वामित्व नेप्सेमा थोरै पनि रहुन्जेल  पूँजी बजार विकासको आस गर्न नसकिने उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।

रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।

रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।

Continue Reading

Banner

नोबेलमा आधुनिक छाला उपचार सेवा

Published

on

 

नोबेलमा आधुनिक छाला उपचार सेवा

नोबेल अस्पतालमा अत्याधुनिक प्रविधिद्वारा छाला तथा सौन्दर्य उपचार

विराटनगरस्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालन गरिरहेको छ । यहाँ छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिन्छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा आएका रौं हटाउने तथा आवश्यक स्थानमा रौं उमार्नेसम्मका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनीष प्रधानका अनुसार छाला उपचारलाई मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ । एउटा कन्भेन्सनल र अर्को कस्मेटिक डर्माटोलोजी । नोबेल अस्पतालमा यी दुवै प्रकारका सेवा उपलब्ध छन् । कन्भेन्सनल डर्माटोलोजी रोगको पहिचान तथा उपचारमा केन्द्रित क्षेत्र हो । यसअन्तर्गत एलर्जी, छालामा आउने ¥यास, डण्डिफोर, लुतो, पिलो तथा घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको उपचार गरिन्छ ।
त्यसैगरी कस्मेटिक डर्माटोलोजी छालाको सौन्दर्य अभिवृद्धि तथा आकर्षण बढाउने उपचारसँग सम्बन्धित छ । यसअन्तर्गत लेजर, बोटोक्स, फिलर तथा छालाको सौन्दर्य बढाउने विभिन्न उपचार पर्छन् । डा. प्रधानका अनुसार सौन्दर्यप्रति चासो बढ्दै जाँदा यस्ता सेवा लिन आउनेहरूको संख्या पनि उल्लेखनीय रूपमा बढिरहेको छ । यहाँ आउने धेरैजसो व्यक्तिहरू रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि सेवा लिन आउने गर्दछन् । विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर आउने गरेका छन् । कतिपय अवस्थामा यस्तो समस्या कुनै रोगका कारण पनि हुनसक्छ । यहाँ ती रोगको पहिचान गरेर उपचार गरिन्छ ।
नोबेल अस्पतालमा छाला रोगको उपचार सेवा सुरु भएको करिब दुई दशक भइसकेको छ । उपचारपछि धेरैजना सन्तुष्ट हुने र अरूलाई पनि सिफारिस गरेर ल्याउने गरेको अनुभव डा. प्रधानको छ । धेरैजसो उपचार एकपटक मात्र गरेर पुग्दैन, आवश्यकता अनुसार पटक–पटक गर्नुपर्ने हुन्छ । यहाँ आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सीसमेत गरिन्छ । साथै अत्याधुनिक प्रविधिमार्फत कार्बन पिलिङ र हाइड्राफेसियलद्वारा छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि उपलब्ध छ । टाटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिन्छ । त्यसैगरी कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाइअक्साइड लेजर वा आवश्यक परे शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । डण्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग गरिन्छ । कपालसम्बन्धी विभिन्न समस्याको उपचारका लागि पनि यहाँ विशेष सेवा उपलब्ध छ । सेवाग्राहीहरू कपाल झर्ने वा कपाल नउम्रिने समस्या लिएर उपचारका लागि आउने गर्छन् । लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने डा. प्रधान बताउँछन् । साथै बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचार पनि गरिन्छ । दुबी (सेतो दाग) को उपचारका लागि औषधि तथा फोटोथेरापी विधि प्रयोग गरिन्छ ।
नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास बढाउन आधुनिक प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्दै आएको डा. प्रधानको भनाइ छ ।

Continue Reading

Banner

आज को राशिफल

Published

on

२०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि। सन् २०२६ जुन १२ तारिख।  विश्व बालश्रमविरुद्धको दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तपाईं आफ्नै बोलीको कारण अप्ठेरोमा पर्ने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

वृष : दिन सामान्य छ । व्यापारबाट फाइदा हुने दिन छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछन्। आफूभन्दा ठुला व्यक्तिले सम्मान गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मिथुन :दिन राम्रो छ। आम्दानीका स्रोत बलिया छन्। विदेशमा गरेको लगानी भन्दा स्वदेशको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले हरेक क्षेत्रमा सहयोग गर्नेछन्।

कर्कट : शुभ दिन छ । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा आर्जन हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानी वृद्धि हुनेछ।

सिंह : परिवारसँग रमाइलो घुमघाम हुनेछ। खुशीयाली प्राप्त हुनेछ।  स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाका क्षेत्रमा भने मिहिनेतको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्दा सचेत बन्नुपर्नेछ। विरोधी सक्रिय भएकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : यात्रा गर्दा सचेत बन्नुपर्ने छ । दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको दुरुपयोग हुने जोखिम छ। विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक :  स्वास्थ्यमा अचानक समस्या आइपर्ने जोखिम रहेको छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अग्रजसँग नम्र भएर प्रस्तुत भएमा काम सहजै बन्नेछ। थोरै बोल्नु उचित हुन्छ ।

धनु : दिन राम्रो छ।  स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। गुरुबाट असहयोग हुनाले हरेक क्षेत्रमा अप्ठेरो पर्नसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा बारिहका साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। खर्च गर्दा भने सचेत हुनुपर्ने छ ।

मकर : सहकार्य गरेर लगानी गरेमा फाइदा हुनेछ। एकल निर्णय व्यापारमा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।  स्वास्थ्यले साथ दिँदा मनमा सन्तोष मिले पनि मनमा खटपटी बढ्ने जोखिम छ।

कुम्भ : सम्पत्ति कमाउने योग छ। व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्ने समय छ। गुरुबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ । धार्मिक भेटघाट बढ्नेछ ।

मीन : शुभ दिन छ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी हुनेछ। उपचारमा भए  स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारभित्र तपाईको कामको सम्मान हुनेछ । सेवा गर्न पाउँदा मन शान्त बनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक