Connect with us
Advertisement

एसियन कप छनोट : लाओसविरुद्ध अपराजित यात्रा कायमै राख्ने लक्ष्य

Published

on

२६ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले मंगलबार लाओससँग खेल्दैछ । खेल लाओसको राजधानी भिएनटिएनस्थित न्यु लाओस नेसनल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

लाओस नेपालको लागि त्यस्तो प्रतिद्वन्दी हो, जोसँग पछिल्लो समय नेपालले नियमित जस्तो खेलेको छ । चाहे विश्वकप छनोट होस् या त्रिदेशीय कप त्यसमा नेपाल र लाओसले एक आपसमा खेलेका छन् ।

त्यसैले पनि नेपाल र लाओस एक अर्कामा परिचित छन् । तर दुवै टिमको प्रशिक्षक देखि केही खेलाडी भने फेरिएका छन् ।

नेपाली टोली हङकङसँग मैत्रीपूर्ण खेल खेलेर लाओस पुगिसकेको छ ।

तुलनात्मक रुपमा फिफा वरियतामा पनि नेपाल भन्दा पछि रहेकोले लाओसविरुद्ध स्वभाविक रुपमा जितको लक्ष्यमा हुनेछ ।

जितको लक्ष्य

सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपका लागि यो अन्तिम (तेस्रो) चरणको छनोट हो । यसअघि समूह एफको पहिलो खेलमा नेपाल मलेसियासँग उसैको मैदानमा २-० ले पराजित भएको थियो ।

घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशालमा अन्तर्राष्ट्रिय खेल खेलाउन लायक नभएपछि नेपालले मलेसियामा गएर खेलेको थियो । लाओसविरुद्धको खेल भने नेपालको अवे खेल नै हो ।

 

हङकङसँग मैत्रीपूर्ण खेल खेल्न जानुअघि नै नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले लाओसविरुद्ध जितका लागि खेल्ने बताएका थिए ।

तुलनात्मक रुपमा फिफा वरियतामा पनि नेपाल भन्दा पछि रहेकोले लाओसविरुद्ध स्वभाविक रुपमा जितको लक्ष्यमा हुनेछ ।

लाओस भने छनोटको पहिलो खेलमा भियतनामसँग ५-० ले पराजित भएको थियो । त्यसैले पनि लाओस घरेलु मैदानमा सकरात्मक नतिजा ल्याउन चाहन्छ ।

हङकङसँग खेलेर तयारी

नेपालले एसियन कप छनोटको खेल खेल्नुअघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेर तयारी गरेको थियो । ३७ वर्षपछि हङकङसँग खेल्दा नेपालले हङकङलाई उसैको मैदानमा बराबरीमा रोकेको थियो ।

त्यसले पनि नेपाली टिमको मनोबल बढाएको छ । हङकङ नेपालभन्दा वरियतामा २२ स्थान माथि रहेको भएपनि कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई बराबरीमा रोक्न मदत गरेका थिए ।

किरणले दुवै हाफमा दुई-दुई सेभ गरेका थिए ।

 

लाओससँग अपराजित नेपाल

लाओस त्यस्तो टिम हो जोसँग नेपाल अपराजित छ । पछिल्लो एक दशकमा नेपालले अहिलेसम्म लाओससँग हार व्यहोर्नुपरेको छैन । नेपालले लाओससँग अहिलेसम्म ७ खेल खेल्दा ५ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

सन् २०१६ मे मा नेपालले पहिलो पटक लाओससँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । त्यही वर्ष नोभेम्बरमा एएफसी सोलिडारिटी कपमा नेपालले लाओससँग खेलेको थियो । सुरुमा उक्त खेल २-२ को बराबरीमा सकिएको थियो तर पेनाल्टी सुटआउटमा नेपालले लाओससलाई ३-० ले पराजित गरेको थियो ।

त्यसपछि सन् २०२३ मार्चमा नेपालमै भएको त्रिदेशिय फुटबल प्रतियोगितामा नेपालले लाओसलाई दुई पटक पराजित गरेको थियो । समूह चरणमा लाओसलाई २-० ले पराजित गरेको नेपालले लाओसलाई फाइनलमा २-१ ले हराएर उपाधि जितेको थियो ।

 

त्यसपछि सन् २०२३ अक्टोबरमा नेपाल र लाओसबीच दुई खेल भएको थियो । फिफा विश्वकप र एसियन कपको संयुक्त छनोट अन्तर्गत प्रारम्भिक चरणमा नेपाल र लाओसले दुई लेगमा खेलेका थिए ।

जहाँ नेपालले लाओसलाई समग्रमा २-१ ले पराजित गरेर दोस्रो चरणमा स्थान बनाएको थियो । दशरथ रंगशालमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

त्यही खेलमा गोल गर्दै अन्जन विष्टले नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका थिए ।

त्यसपछि लाओसमा भएको दोस्रो लेगमा मनिष डाँगीको एक मात्र गोलमा नेपाल १-० ले विजयी भएको थियो । मनिषकै गोल निर्णायक बन्दा नेपाल अघिल्लो चरण पुगेको थियो ।

अन्जनलाई अवसर

नेपाली टिमका मुख्य गोलकर्ताको रुपमा रहेका अन्जन विष्टले पछिल्लो समय झण्डै दुई वर्षअघि लाओसविरुद्ध दशरथ रंगशालमा कीर्तिमानी गोल गरेका थिए । त्यसयता नेपालले एक दर्जन खेल खेल्दा अन्जनले गोल गर्न सकेका छैन ।

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेमा अन्जन हाल हरि खड्का र निराजन रायमाझीसँगै शीर्ष सूचीमा छन् । अब अन्जनलाई त्यो कीर्तिमान तोडेर एकल रुपमा आफ्नो नाममा लेखाउने अवसर छ । लाओसविरुद्ध गोल गर्दै सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाउने अवसर अन्जनलाई छ ।

हङकङसँग खेल्न जानुअघि अन्जनले आफूले कीर्तिमानलाई सोचेर भन्दा पनि टिमका लागि खेल्ने बताएका थिए ।

उनले आफ्नो अझै खेल्ने उमेर रहेकोले १४ गोल पुर्‍याउने भन्दा पनि त्यो भन्दा धेरै गोल गर्ने लक्ष्य रहेको बताएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक