Connect with us
Advertisement

लुम्बिनी १४ वर्षपछि निर्माण पूरा हुन लागेको पक्की पुललाई छैन बजेट

Published

on

पाल्पा — सामान्यतया एउटा पक्की पुल निर्माण गर्न कति समय लाग्छ ? सरकारी ठेक्का नियमानुसार तीन वर्षमा पक्की पुल निर्माण पूरा गर्ने गरी टेन्डर हुन्छ । तर लुम्बिनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्ला जोड्न कालीगण्डकी नदीमा १४ वर्षअघि निर्माण सुरु भएको रामपुर–चापाकोट दामाचौर मोटरेबल पुल अझै पूरा भएको छैन ।

पाल्पाको रामपुर प्याक्लुक–चापाकोट दामाचौर स्याङ्जा जोड्ने पक्की पुल निर्माण गर्न तीन वर्षे अवधि राखेर आर्थिक वर्ष २०६७/६८ सालमै ठेक्का सम्झौता भएको हो । यो पुल २०७१ असार २५ मा सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म पूरा हुन सकेको छैन । अहिले काम सम्पन्न हुने समयमा सरकारले बजेट नपठाउँदा भुक्तानी गर्न सक्ने अवस्थामा सडक डिभिजन पाल्पा छैन ।

मोटरेबल पुलको इलाइट/एसबीई जेभीले १७ करोड ७१ लाख ४६ हजारमा ठेक्का लिएको हो । अहिले पुलको लागत बढेर २१ करोड ३८ लाख ५४ हजार पुगेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । ‘सुरुमै भएको डिजाइन फेलका कारण पुनः डिजाइन गरेका कारण केही बजेट बढेको हो,’ सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले भने, ‘पहिलेको सम्झौताबमोजिम फाउन्डेसन डिजाइन रिभ्यू गर्दा समय लागेको हो ।’

निर्माण व्यवसायीले पछिल्लो वर्षमा धमाधम गरे पनि गत वर्षदेखिकै बिल भुक्तानी गर्न बाँकी रहेको उनले बताए । चालु आर्थिक वर्षमा ८० लाख मात्र बजेट रहेको सडक डिभिजनले जनाएको छ । निर्माण व्यवसायीलाई भुक्तानी दिनुपर्ने रकम २ करोड ५० लाख बढी हुन्छ । कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको बीडीए नेपाल प्रा.लि. कन्सल्टेन्टले डिजाइन गरेको हो । सडक डिभिजन स्रोतका अनुसार बीचका दुई पिलरमा नजिकमै रक (चट्टान) भेटिएपछि काम अघि बढाउन समस्या भएको थियो । अहिलेसम्म पुलको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति भने ६७ प्रतिशत रहेको सडक डिभिजनले जनाएको छ ।

बीचमा काम नभए पनि पछिल्लो वर्ष कामले तीव्रता पाएको भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्न बजेट अभाव रहेको सडक डिभिजन पाल्पाका सूचना अधिकारी गौतमले बताए ।

कालीगण्डकी नदीमा पक्की पुल निर्माण सुरु भएसँगै पिलरका लागि खाल्डा खन्ने क्रममा जमिनको सतहदेखि पाँच मिटर गहिराइमा चट्टानसहितको ढुंगा भेटिएपछि काम अघि बढ्न नसकेको हो । जसले गर्दा पुल निर्माणमा ढिलाइ भएको कार्यालयले जनाएको छ । ‘फाउन्डेसन डिजाइन रिभ्यू र पायल डिजाइन रिभ्यूमा धेरै वर्ष लागेकाले पनि ढिलाइ भएको हो,’ उनले भने, ‘तर ढिलै भए पनि कामले तीव्रता पाएको थियो तर सम्पन्न कामको भुक्तानी दिनसमेत बजेट अभाव छ ।’

सडक डिभिजनका अनुसार कन्सल्टेन्टले डिजाइनमा गरेको गल्तीका कारण निर्माणको काम बीचमै रोक्नु परेको थियो । कन्सल्टेन्टले नदीभित्र रक छ/छैन ? कति गहिराइमा छ ? भन्ने सबै इस्टिमेटमा दिनुपर्ने थियो । तर बजेट कम भएकाले सामान्य इस्टिमेट गरेर कन्सल्टेन्टले दिएकाले नै पुलमा समस्या आएको हो । कन्सल्टेन्टले दिएको डिजाइनका आधारमा सडक डिभिजनले ठेक्का लगाउँदा यस्तो समस्या भएको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक