Connect with us
Advertisement

५ सय लगानी गरेर दिनकै ३ हजारजति कमाउँछु’

Published

on

कक्षा ७ मा पढ्ने बेलादेखि बुवासँगै फुल्कीको ठेला पछ्याउन थालेको हुँ । बुवाले फुल्कीमा मटर र मसला भरेर ग्राहकलाई दिएको हेर्दा हेर्दै आफैंले अड्कलेर दिन सिकेँ । तराईमा फुल्की र टिकिया धेरै मन पराउँछन् । त्यसैले यही व्यापारबाट अहिले घरखर्च धानिरहेको छु ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलावारमा मेरो बसोबास छ । कक्षा १२ सम्म अध्ययन गरेको छु । मेरो व्यापारमा आमाबुवाको पनि सहयोग छ ।

यसरी गुजारा गर्न थालेको पनि ६ वर्ष भयो । त्यसभन्दा अगाडि बुवाले ठेलामा फुल्की, चाउमिन र मःम बनाएर बिक्री गर्नुहुन्थ्यो । केही समयअघि बुवाको फोक्सोमा समस्या देखिएपछि पीडा थपियो । त्यसपछिे बुवालाई घरमै आराम गर्न पठाएर आफैंले व्यापार चलाइरहेको छु ।

व्यापारमा दिनको ५ सय रुपैयाँ लगानी हुन्छ । त्यति लगानी गरेर दिनकै ३ हजार रुपैयाँजति कमाउँछु । तर, सबै बचत हुँदैन । बुवाको औषधि, घरका लागि चाहिने दाल, चामल, मरमसलामा पनि खर्च हुन्छ ।

मैले थाई खाना पकाउन जानेको छु । लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेका अधिकांश होटलमा काम गरिसकेको छु । मैले त्यस अवधीमा महिनामा २५ हजारसम्म पारिश्रमिक पाएको थिएँ । बुवा बिरामी परेपछि जागिर छाडेँ । त्यसपछि बुलाले थालेको व्यवसाय सम्हालेर अघि बढिरहेको छु ।

बुवा नै मेरो गुरु हो । बिहानदेखि बेलुकासम्म बुवाले गर्ने काम हेरेर सिकेँ । मलाई सम्झना आउँछ, बिहानै उठेर आमाबुवाले मैदा मुछ्ने, बेल्ने, फुराउने, धेरै चाङ बनाएर राख्ने गर्नुहुन्थ्यो । चुलामा आलु र मटर पकाएर खनाउने, चटनी, मःम तयार गर्दा आफूलाई थकाई लागिहाल्छ । तर बुवा–आमाको इच्छा, आफ्नो चाहना पूरा गर्नुछ, काम त रोकिन्न भनेर लाग्छु ।

मैले व्यवसाय गर्न थालेपछि घरमा इन्टरनेट जोडेँ, फ्रिज र कुलर किनेँ । समान जोड्नु पनि सम्पत्ति कमाउनु हो जस्तो लाग्छ । तर जिम्मेवारी बहन गर्नुर्पर्ने कुरा धेरै छन् । त्यही कुरा मनमा खेलिरहन्छन् । बुवा बिरामी नभइदिएको भए मिलेर धेरै कमाइ गरिन्थ्यो होला । त्यसरी कमाएको पैसाले अरु व्यवसाय पनि गरिन्थ्यो होला ।

मासिक खर्च मात्रै हेर्ने हो भने भाइको विद्यालय फिस, बुवाको औषधी, घरको रासनपानी सबै कुरा किन्ने हो । हामीलाई महिनामा ५० हजार जति चाहिन्छ । जेनतेन पुर्‍याइरहेको छु । भविष्य के हुने हो, केही थाहा छैन । मलाई भोलिको दिनका लागि कमाउनु छ भन्ने भएको छ । मलाई सानै उमेरदेखि व्यावहारिक बन्न पर्‍यो ।

सिकँइ त धेरै भयो, तर साथीभाइजस्तो रमाइलो जिन्दगी जिउन पाइएन । अब फेरि जिन्दगी नयाँ मोडमा पुगेको छ । २२ वर्षको उमेरमै म विदेशिनुपर्ने बाध्यता आइलागेको छ । डेढ महिनापछि कुवेत जाँदैछु । म पैसा जोगाड गर्न र घरको काम मिलाउन बाँकी छ ।

म विदेशिएपछि परिवारलाई पैसा पठाएर सहयोग त गर्नेछु, तर यहाँ बसेर बुवाआमाको रेखदेख गर्न नपाउँदा म पीडामा रहनेछु । बाल्यकालदेखि नै पैसाको अभावले चाहेजति खर्च गर्न र सामान किन्न पाइएन । मलाई पनि किन हो किन, छिमेकीको जस्तै तला थपेर ठूलो घर बनाउने इच्छा छ । सबैको ठूलो घर छ, मेरो सानो ।

यो कुराले पनि मनमा खड्किरहन्छ । हाम्रो घर हेरेर मान्छेले हेपेजस्तो लाग्छ । किन किन मान्छेले घुमाएर आफूलाई प्याच्च भनेजस्तो लाग्छ । जीवनमा एउटा कुरा एकदमै मनमा गडेको छ । मैले क्याफे खोल्न चाहेको थिएँ । ऋण लिनका लागि बैंक पनि धाएँ । मेरा लागि ऋण प्रवाह गर्न धितो पुगेन । त्यही दिन मेरो सपना टुट्यो ।

वास्तवमा नेपालमै केही गर्छु, आमाबुवा हेर्छु भन्ने मेरो सोच थियो । तर त्यो साेच सोचमै थन्कियो । त्यसैले विदेशका लागि आवेदन दिएँ । भिसा आयो । क्याफे खोल्न पाएको भए मैले थाई परिकार, फुल्की, चाट पनि व्यवस्थित तरिकाले बिक्री गर्थें । ठेला र पसलको भिन्नता पनि त्यही हो । ठेला भन्ने बित्तिकै मानिसले गरिब भएर भन्छन्, क्याफे भएको भए पसल छ भन्थे ।

हरेक दिन बुनेका सपना टुट्दै जाने देशमा म जन्मिएको रहेछु भनेर आफूलाई धिक्कारेका दिन पनि मसँग ताजा स्मरणमा छन् । तर के गर्नु, परिवार, आफू, आफ्नो भविष्य, सबै सम्झँदा विदेशिएरै भए पनि कमाउनु बाहेकको विकल्प छैन । मलाई मेरा साथीले जस्तै पैसा कमाएर खुसी हुने रहर छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक