Banner
५ सय लगानी गरेर दिनकै ३ हजारजति कमाउँछु’
कक्षा ७ मा पढ्ने बेलादेखि बुवासँगै फुल्कीको ठेला पछ्याउन थालेको हुँ । बुवाले फुल्कीमा मटर र मसला भरेर ग्राहकलाई दिएको हेर्दा हेर्दै आफैंले अड्कलेर दिन सिकेँ । तराईमा फुल्की र टिकिया धेरै मन पराउँछन् । त्यसैले यही व्यापारबाट अहिले घरखर्च धानिरहेको छु ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलावारमा मेरो बसोबास छ । कक्षा १२ सम्म अध्ययन गरेको छु । मेरो व्यापारमा आमाबुवाको पनि सहयोग छ ।
यसरी गुजारा गर्न थालेको पनि ६ वर्ष भयो । त्यसभन्दा अगाडि बुवाले ठेलामा फुल्की, चाउमिन र मःम बनाएर बिक्री गर्नुहुन्थ्यो । केही समयअघि बुवाको फोक्सोमा समस्या देखिएपछि पीडा थपियो । त्यसपछिे बुवालाई घरमै आराम गर्न पठाएर आफैंले व्यापार चलाइरहेको छु ।
व्यापारमा दिनको ५ सय रुपैयाँ लगानी हुन्छ । त्यति लगानी गरेर दिनकै ३ हजार रुपैयाँजति कमाउँछु । तर, सबै बचत हुँदैन । बुवाको औषधि, घरका लागि चाहिने दाल, चामल, मरमसलामा पनि खर्च हुन्छ ।
मैले थाई खाना पकाउन जानेको छु । लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेका अधिकांश होटलमा काम गरिसकेको छु । मैले त्यस अवधीमा महिनामा २५ हजारसम्म पारिश्रमिक पाएको थिएँ । बुवा बिरामी परेपछि जागिर छाडेँ । त्यसपछि बुलाले थालेको व्यवसाय सम्हालेर अघि बढिरहेको छु ।
मैले व्यवसाय गर्न थालेपछि घरमा इन्टरनेट जोडेँ, फ्रिज र कुलर किनेँ । समान जोड्नु पनि सम्पत्ति कमाउनु हो जस्तो लाग्छ । तर जिम्मेवारी बहन गर्नुर्पर्ने कुरा धेरै छन् । त्यही कुरा मनमा खेलिरहन्छन् । बुवा बिरामी नभइदिएको भए मिलेर धेरै कमाइ गरिन्थ्यो होला । त्यसरी कमाएको पैसाले अरु व्यवसाय पनि गरिन्थ्यो होला ।
सिकँइ त धेरै भयो, तर साथीभाइजस्तो रमाइलो जिन्दगी जिउन पाइएन । अब फेरि जिन्दगी नयाँ मोडमा पुगेको छ । २२ वर्षको उमेरमै म विदेशिनुपर्ने बाध्यता आइलागेको छ । डेढ महिनापछि कुवेत जाँदैछु । म पैसा जोगाड गर्न र घरको काम मिलाउन बाँकी छ ।
म विदेशिएपछि परिवारलाई पैसा पठाएर सहयोग त गर्नेछु, तर यहाँ बसेर बुवाआमाको रेखदेख गर्न नपाउँदा म पीडामा रहनेछु । बाल्यकालदेखि नै पैसाको अभावले चाहेजति खर्च गर्न र सामान किन्न पाइएन । मलाई पनि किन हो किन, छिमेकीको जस्तै तला थपेर ठूलो घर बनाउने इच्छा छ । सबैको ठूलो घर छ, मेरो सानो ।
यो कुराले पनि मनमा खड्किरहन्छ । हाम्रो घर हेरेर मान्छेले हेपेजस्तो लाग्छ । किन किन मान्छेले घुमाएर आफूलाई प्याच्च भनेजस्तो लाग्छ । जीवनमा एउटा कुरा एकदमै मनमा गडेको छ । मैले क्याफे खोल्न चाहेको थिएँ । ऋण लिनका लागि बैंक पनि धाएँ । मेरा लागि ऋण प्रवाह गर्न धितो पुगेन । त्यही दिन मेरो सपना टुट्यो ।
वास्तवमा नेपालमै केही गर्छु, आमाबुवा हेर्छु भन्ने मेरो सोच थियो । तर त्यो साेच सोचमै थन्कियो । त्यसैले विदेशका लागि आवेदन दिएँ । भिसा आयो । क्याफे खोल्न पाएको भए मैले थाई परिकार, फुल्की, चाट पनि व्यवस्थित तरिकाले बिक्री गर्थें । ठेला र पसलको भिन्नता पनि त्यही हो । ठेला भन्ने बित्तिकै मानिसले गरिब भएर भन्छन्, क्याफे भएको भए पसल छ भन्थे ।
हरेक दिन बुनेका सपना टुट्दै जाने देशमा म जन्मिएको रहेछु भनेर आफूलाई धिक्कारेका दिन पनि मसँग ताजा स्मरणमा छन् । तर के गर्नु, परिवार, आफू, आफ्नो भविष्य, सबै सम्झँदा विदेशिएरै भए पनि कमाउनु बाहेकको विकल्प छैन । मलाई मेरा साथीले जस्तै पैसा कमाएर खुसी हुने रहर छ ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login