Connect with us
Advertisement

टिकटक स्टार खाबी लामेलाई भिसा विवादबीच अमेरिकाले गर्‍यो देशनिकाला

Published

on

विश्वमै सबैभन्दा धेरै फलोअर्स भएका टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारले ‘स्वेच्‍छिक देशनिकाला’ अर्थात ‘भोलुन्टरी डिपोर्टेसन’ मा पठाएको छ । नेभाडाको लास भेगासमा रहेका बेला २५ वर्षीय लामेलाई अमेरिकी अध्यागमन तथा भिसासम्बन्धी समस्याका कारण तत्काल अमेरिका छाड्न लगाइएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

सेनेगलमा जन्मिएका र इटलीमा हुर्केका लामे जुन ६ मा लास भेगासस्थित ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाको भिसा अवधि नाघेको आरोपमा यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) द्वारा केही समयका लागि हिरासतमा परेका थिए । अमेरिकी अध्यागमनले लामे आफ्नो भिसा अवधिभन्दा बढी समय अमेरिकामा बसेको भन्दै उनलाई ‘स्वेच्छिक प्रस्थान’ को अनुमति दिएको पुष्टि गरेको छ ।

ट्रम्पका समर्थक बो लाउडनले लामेविरुद्ध आफूले अध्यागमन निकायमा उजुरी गरिदिएको दाबी गरेका छन् । आफूलाई देशभक्त बताउने उनले लामेको भिसा स्थितिबारे जानकारी पाएपछि अध्यागमनलाई खबर गरेको बताउँदै लामेलाई ‘फार-लेफ्ट इलिगल एलियन’ अर्थात ‘उग्र कम्युनिस्ट एलियन’ भनेका छन् । लाउडनले आईसीईको ‘डिटेनी लोकेटर’ भनिएको एउटा स्क्रिनसट पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए । तर त्यसको आधिकारिकतामामाथि प्रश्न उठेका छन् ।

लामेका समर्थकहरूले उनी अप्रिल ३० मा अमेरिका प्रवेश गरेको र भिसाका सर्तबारे स्पष्ट जानकारी नहुन सक्ने सम्भावना औंल्याएका छन् । अमेरिकी अध्यागमनले लाउडनको सूचनाले पक्राउमा भूमिका खेलेको हो वा होइन भन्ने विषयमा केही प्रतिक्रिया दिएको छैन । तर, लाउडनको पोस्टको समय र लामेको हिरासतबीचको संयोगले व्यापक चर्चा उत्पन्न गराएको छ । लामेलाई पक्राउ गरिएका समाचारहरू बाहिर आएको भए पनि अमेरिकी अध्यागमनले उनलाई केही समयको लागि हिरासतमा लिइएको र उनले स्वेच्‍छिक रूपमा देश छाडेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरू अध्यागमनको कारबाहीमा तानिएका यो पहिलो घटना भने होइन । लास भेगस नजिकैको क्यालिफोर्नियाका विभिन्न भागमा अमेरिकी अध्यागमन विरोधी प्रदर्शनहरू हिंसात्मक बनेको र नेशनल गार्डसमेत परिचालन भएको अवस्थामा लामेको पक्राउ र देश निकालाले राम्रै चर्चा पाएको न्युजविकले लेखेको छ।

लामेले कोभिड-१९ महामारीका क्रममा मानव जीवनका साना-ठूला विषयहरूलाई भिडियोमा मौन रूपमा ट्रोल गर्दै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए । उनको चुपचाप हाउभाउ र सरल शैलीले उनलाई भाइरल र सामाजिक सञ्जालको स्टार बनाएको छ । अहिले उनको टिकटकमा १६ करोडभन्दा बढी फलोअर्स छन् । उनले विल स्मिथ, टम क्रुजजस्ता सेलेब्रिटीहरूसँग काम पनि गरिसकेका छन् । यसै वर्ष युनिसेफको सद्भावना दूत पनि नियुक्त भएका छन् उनी मेट गालालगायतका कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका थिए ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक