Banner
लुम्बिनी लागुऔषधको हब बन्दै बढैयाताल, ११ महिनामा १ सय २४ जना प्रतिवादी पक्राउ
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बढैयाताल गाउँपालिकास्थित नेपाल–भारत सीमा नजिकबाट गत साउनयता १ सय २४ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतसँग जोडिएको बर्दियाको बढैयाताल गाउँपालिका लागु औषधको हब बन्दै गएको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा हुँदै भारतीय बजार बलैगाउँ बजार पुगिन्छ । करिब ५ सय मिटर भारतको जंगल हुँदै बलैगाउँ पुगिन्छ । बलैगाउँमा खुलेआम पाइने ब्राउन सुगर खरिद गर्न बर्दियाका मात्रै नभइ जुम्ला, दैलेख, तनहुँ, रुपन्देही, बाँके लगायतका जिल्लाबाट आउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
नेपाल भारत सीमाना खुला र घना जंगल भएका कारण लागु औषध ब्राउन सुगरका कारोबारी र सेवनकर्ताका लागि सहज गन्तव्य मानिन्छ । प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित बाँके बैजनाथ गाउँपालिका गाउँपालिका–४ तिलकपुरका २२ वर्षीय पारस थारुलाई पक्राउ गरेको छ । आइतबार भारतीय बजार बलैगाउँ हुँदै आउँदै गरेको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित चेकपोस्टमा शंका लागि जाँच गर्दा १ ग्राम ५ सय ४० मिलिग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
सोही दिन सोही पालिका–८ कण्ठपुरस्थित भारतको बलैगाउँबाट बागमती प्रदेश ०२०५५ प ७८५१ नम्बरको मोटरसाइकलमा सवार मधुवन नगरपालिका–७ का २६ वर्षीय सुरज सुनार र २७ वर्षीय सुमित विक १ ग्राम २ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परे । केही दिनअघि बासगढी नगरपालिका–५ बासगढी बजारका ३८ वर्षीय युवराज पौडेलबाट हरियो रंगको सुर्तीको डब्बाभित्र पहेँलो रंगको प्लास्टिकमा निलो रंगको धागोले बाँधी राखेको २ थान पुडियामा ४ सय मिलिग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक राजेश साहुका अनुसार यस चालु आवमा १ सय २४ जना लागऔषधका प्रतिवादी पक्राउ परेको बताए । ‘सोही अवधिमा १ सय ३ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर, चरेस १२ केजी १ सय ६ ग्राम र गाजा १६ ग्राम ४४ ग्राम बरामद गरेका छौं,’ उनले भने, ‘इप्रका हिरासतमा हाल १९ जना लागुऔषध मुद्दाका प्रतिवादी रहेका छन् ।’
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login