Connect with us
Advertisement

इजरायलबाट उद्धारका लागि ४८५ नेपालीको निवेदन

Published

on

इजरायलमा रहेका करिब पाँच सय नेपालीले उद्धारको सहयोग माग्दै सरकारसमक्ष निवेदन दिएका छन् । इजरायल–इरान युद्ध चर्किएपछि त्यहाँबाट उद्धार चाहने नेपालीका लागि परराष्ट्र मन्त्रालयले वेबसाइटमा मंगलबार राखेको फाराम उनीहरूले भरेका छन् ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार बिहीबार साँझसम्म ४ सय ८५ जनाले व्यक्तिगत विवरणसहित फाराम भरेका छन् । उनीहरू सबै इजरायलमा रहेका नेपाली हुन् । इजरायलमा करिब ७ हजार नेपाली छन् । इरानमा भने १७ जना नेपाली रहेको तथ्यांक छ । जोखिममा रहेका नेपालीको उद्धार प्रयोजनका लागि तथ्यांक संकलन भइरहेको प्रवक्ता क्षेत्रीले बताए । ‘त्यहाँ रहेका नेपालीको चाहना बुझ्दै छौं । उद्धार चाहनेलाई कसरी सुरक्षित तरिकाले ल्याउनेबारे पनि छलफल भइरहेको छ,’ उनले भने, ‘आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकराले सम्भव भएसम्म प्रयास गर्नेछ ।’

युद्धग्रस्त इजरायल र इरानमा हवाई सेवा बन्द छ । स्थलमार्गबाट बाहिर निस्किन पनि कठिन छ । कतिपय मुलुकले भने आफ्ना नागरिकको उद्धार थालिसकेका छन् । परराष्ट्रका प्रवक्ता क्षेत्रीले नेपाली नागरिकको उद्धारका लागि विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय भइरहेको जानकारी दिए ।

इरानको कारागारमा ५ नेपाली रहेका छन् । अन्य १२ नेपाली भने विभिन्न दूतावास र अन्यत्र कार्यरत रहेको तथ्यांक छ । इरानसमेत हेर्दै आएका कतारस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेलले उद्धारको माग गर्दै कसैले पनि सम्पर्क नगरेको बताए । उनका अनुसार अहिलेसम्म नेपाली सबै सुरक्षित रहेको सूचना छ । ‘भोलि–पर्सि इरानबाट निकाल्नुपर्ने स्थितिमा के गर्ने भनेर हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘हवाई सेवा बन्द छ । अजरबैजान र पाकिस्तानले आफ्नो सीमा बन्द गरेका छन् ।’

इरानबाट नेपालीको उद्धार गर्ने विषयमा कतारस्थित इरानी दूतावाससँग छलफल गरेको राजदूत पौडेलले जानकारी दिए । ‘इरानबाट यूएईसम्म फेरी चल्छ । तर फेरी चल्ने स्थानमै पुग्न १५ घण्टा लाग्ने रहेछ । त्यहाँबाट निकाल्न सकिन्छ कि भन्नेबारेमा कुराकानी भएको छ,’ उनले भने, ‘यूएईसँग पनि छलफल गर्छौं । सुरक्षित बाटो पहिचान भएपछि इरानमा रहेका नेपालीलाई खबर गर्छौं ।’

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार त्यहाँ रहेका केही नेपालले नेपाल फर्किन इच्छा राखेका छन् । ‘यहाँको परिस्थितिमा अभ्यस्त भइसकेका र रोजगारीमा जमेका धेरैजसो नेपालीले उद्धार खोजेका छैनन् । तर भर्खर आएकाहरूले सुरक्षित रूपमा फर्किने उपाय खोजिरहेका छन्,’ उनले भने, ‘तर यहाँबाट निकाल्न कठिनाइ छ । एक नेपाली डाक्टरलाई जोर्डनको स्थल मार्गबाट निकाल्न अनलाइनबाट भिसाको आवेदन दिएको दुई दिन भइसक्दा पनि सकिएको छैन ।’ इजरायल सरकारकै निमन्त्रणामा पुगेका विराटनगरका मेयर नागेश कोइरालालाई फर्काउन भने समस्या नभएको राजदूत पण्डितले बताए । उनले थपे, ‘उहाँसँग रातो पासपोर्ट पनि थियो ।’

नेपाल सरकारले इजिप्टस्थित आफ्नो दूतावासमार्फत जोर्डन सरकारलाई त्यहाँको बाटो हुँदै नेपालीलाई बाहिरिन सहजीकरण गरिदिन आग्रह गरेको छ । जोर्डनले भने होटल र विमानको टिकट रहेको अवस्थामा सहज गरिदिने भनेको छ । इजिप्टपट्टि गाजाको सिमाना हुँदै जानुपर्ने भएकाले जोर्डनको बाटो नै सहज हुने राजदूत पण्डितले बताए । ‘नेपाली समुदायसँग सम्पर्कमै छौं,’ उनले भने, ‘फर्किन चाहनेहरूको संख्या हेरी आवश्यक योजना बनाउँछौं । यहाँ काम गरिरहेकाहरू व्यक्तिगत रूपमै विमानको टिकट काट्न सक्षम छन् ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक