Connect with us
Advertisement

विपद् व्यवस्थापन समितिको निर्णयविपरीत तिनाउमा उत्खनन

Published

on

विपद् व्यवस्थापन समितिको निर्णयविपरीत खोलामा जेसीबी र ट्याक्टर लगेर ढुंगा निकाल्ने काम रोकिएको छैन । सडक डिभिजन कार्यालयमार्फत् ठेक्का भएका कामका लागि निर्माण व्यवसायीले विपद् व्यवस्थापन समितिको निर्णयविपरीत खोलामा जेसीबी र ट्याक्टर लगेर ढुंगा निकालेका हुन् ।

तिनाउ गाउँपालिका–५, चर्चरे र गौडे पुलबीचको भागमा खोलामै जेसीबी लगेर दुई सातायता ढुंगा फोर्ने, निकाल्ने गरिएको छ । स्थानीय बासिन्दाका अनुसार बिहानदेखि बेलुकीसम्म जेसीबी लगाएर डुम्रे खोला (तिनाउ) मा ढुंगा फोर्ने गरेको छ । सडक डिभिजन कार्यालयअन्तर्गत भगवती कन्स्ट्रक्सनले चर्चरे नजिकै प्लम कंक्रिट वाल लगाउने ठेक्का लिएको छ । यो वाललगायत विभिन्न स्थानमा सडकमा ढलानको कामा लिएको कन्स्ट्रक्सनले २०८१ मंसिर २८ गते असार १५ भित्र काम सक्नेगरी ठेक्का लिएको सडक डिभिजनका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए ।

उनका अनुसार केराबारी, पानीमिल, सिसुवा, कालीमाटीलगायतका स्थानमा ढलानसमेत गरी १ करोड ३१ लाख ६९ हजारमा ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले ७ महिनासम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । असार लागिसकेपछि काम गर्छु भन्दै खोलामा एक्साभेटर, ट्याक्टर लगेको भेटिएको हो ।

दैनिक खोलामा ठूला मेसिन देखेपछि तिनाउ गाउँपालिका–२, का पूर्ववडाध्यक्ष राजेश श्रेष्ठलगायतले सामाजिक सञ्जालमा तस्बिर राखेपछि तिनाउ गाउँपालिकाका कर्मचारी पुगेर आइतबार जेसीबी लगाउन रोकिएको छ । तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुका अनुसार कार्यालय खुलेपछि कर्मचारीले आइतबार चाबी ल्याएर बुझाएका छन् । ‘असार १ गतेपछि खोलामा जेसीभी, टिपर, ट्याक्टर लैजान नपाउने निर्णय भएको छ,’ उनले भने, ‘यसविपरीत खोलाको ढुंगा निकालेकाले आर्थिक ऐन अनुसार दण्ड जरिवाना हुनेछ ।’ उनले चाबी नियन्त्रणमा लिएकाले जसको भए पनि लिन आउने बताए ।

सिद्धार्थ राजमार्गको छेवैमा प्रहरी, प्रशासन, स्थानीय सरकार, जिल्ला समन्वय समिति सबैले देखे पनि नदेखेझैं गरेकाले असार १ गतेपछि पनि खोलामा एक्स्काभेटर लगाएर ढुंगा निकालेको थियो । ‘एक्स्काभेटर लगाएर खोलामै ट्याक्टरमा ढुंगा ओसार्दा सरोकारवाला मौन बसेपछि नदी बचाउन र ठेकेदारको लापर्बाही तथा स्थानीय सरकारको निरीहपन देख्दा सबै पक्षको ध्यान जाओस् भन्ने लाग्यो,’ निवर्तमान वडाध्यक्ष श्रेष्ठले भने, ‘राजमार्गकै छेउमा विभिन्न बाहानामा खोलामा स्काभेटर लगाउँदा जानकारी दिनुपर्छ भन्ने लागेको हो । प्रहरी प्रशासन चुप लाग्छ देख्दैन र बोल्दैन ।’

प्रमुख जिल्ला अधिकारी तोयनाराण सुवेदीले गत जेठ २० गतेको बैठकमै सबै पालिकाको उपस्थितिमा खोलामा असार १ गतेदेखि डोजर, एक्स्काभेटर, ट्याक्टर, टिपरलगायत लैजान नदिने भन्ने निर्णय भएको बताए । ‘सडक डिभिजनको ठेक्काको कामका लागि खोलामा लगेको भन्ने बुझिएको छ,’ उनले भने, ‘तर वर्षायाम लागिसकेपछि लैजान पाइँदैन ।’

निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर असार लागेपछि बल्ल काम गर्न आएको छ । विगतमा काम गरेको थियो तर केही समय काम नगरि छाडेको थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पहिरो गएको स्थानमा सडक डिभिजनले काम गरेको जानकारी पाएको बताए । सडक डिभिजनका प्रमुख रामपुकार जयसवालले निर्माण व्यवसायीले काम गर्छु भनेको अवस्थामा ढुंगा नपाएर रोकिनुपर्ने अवस्था आउने भन्दै जानकारी गराएको प्रमुख खनालले बताए । ‘निर्माण व्यवसायीले ठेक्का लागेको महिनौंसम्म काम नगर्ने वर्षायाम सुरु भएपछि काम गर्नु नियत राम्रो होइन,’ उनले भने ।

राहत र उद्धारका कामबाहेक जेसीबी, ट्याक्टर, टिपर सञ्चालन गर्न नपाइने भन्ने छ । साविक जिल्ला विकास समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म चुनढुंगा खानी तथा खोला, नदीलगायत कच्ची सडकमासमेत टिपर, ट्याक्टर सञ्चालन गर्न रोक लगाउने गरेको थियो ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक