Connect with us
Advertisement

विपद् व्यवस्थापन समितिको निर्णयविपरीत तिनाउमा उत्खनन

Published

on

विपद् व्यवस्थापन समितिको निर्णयविपरीत खोलामा जेसीबी र ट्याक्टर लगेर ढुंगा निकाल्ने काम रोकिएको छैन । सडक डिभिजन कार्यालयमार्फत् ठेक्का भएका कामका लागि निर्माण व्यवसायीले विपद् व्यवस्थापन समितिको निर्णयविपरीत खोलामा जेसीबी र ट्याक्टर लगेर ढुंगा निकालेका हुन् ।

तिनाउ गाउँपालिका–५, चर्चरे र गौडे पुलबीचको भागमा खोलामै जेसीबी लगेर दुई सातायता ढुंगा फोर्ने, निकाल्ने गरिएको छ । स्थानीय बासिन्दाका अनुसार बिहानदेखि बेलुकीसम्म जेसीबी लगाएर डुम्रे खोला (तिनाउ) मा ढुंगा फोर्ने गरेको छ । सडक डिभिजन कार्यालयअन्तर्गत भगवती कन्स्ट्रक्सनले चर्चरे नजिकै प्लम कंक्रिट वाल लगाउने ठेक्का लिएको छ । यो वाललगायत विभिन्न स्थानमा सडकमा ढलानको कामा लिएको कन्स्ट्रक्सनले २०८१ मंसिर २८ गते असार १५ भित्र काम सक्नेगरी ठेक्का लिएको सडक डिभिजनका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए ।

उनका अनुसार केराबारी, पानीमिल, सिसुवा, कालीमाटीलगायतका स्थानमा ढलानसमेत गरी १ करोड ३१ लाख ६९ हजारमा ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले ७ महिनासम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । असार लागिसकेपछि काम गर्छु भन्दै खोलामा एक्साभेटर, ट्याक्टर लगेको भेटिएको हो ।

दैनिक खोलामा ठूला मेसिन देखेपछि तिनाउ गाउँपालिका–२, का पूर्ववडाध्यक्ष राजेश श्रेष्ठलगायतले सामाजिक सञ्जालमा तस्बिर राखेपछि तिनाउ गाउँपालिकाका कर्मचारी पुगेर आइतबार जेसीबी लगाउन रोकिएको छ । तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुका अनुसार कार्यालय खुलेपछि कर्मचारीले आइतबार चाबी ल्याएर बुझाएका छन् । ‘असार १ गतेपछि खोलामा जेसीभी, टिपर, ट्याक्टर लैजान नपाउने निर्णय भएको छ,’ उनले भने, ‘यसविपरीत खोलाको ढुंगा निकालेकाले आर्थिक ऐन अनुसार दण्ड जरिवाना हुनेछ ।’ उनले चाबी नियन्त्रणमा लिएकाले जसको भए पनि लिन आउने बताए ।

सिद्धार्थ राजमार्गको छेवैमा प्रहरी, प्रशासन, स्थानीय सरकार, जिल्ला समन्वय समिति सबैले देखे पनि नदेखेझैं गरेकाले असार १ गतेपछि पनि खोलामा एक्स्काभेटर लगाएर ढुंगा निकालेको थियो । ‘एक्स्काभेटर लगाएर खोलामै ट्याक्टरमा ढुंगा ओसार्दा सरोकारवाला मौन बसेपछि नदी बचाउन र ठेकेदारको लापर्बाही तथा स्थानीय सरकारको निरीहपन देख्दा सबै पक्षको ध्यान जाओस् भन्ने लाग्यो,’ निवर्तमान वडाध्यक्ष श्रेष्ठले भने, ‘राजमार्गकै छेउमा विभिन्न बाहानामा खोलामा स्काभेटर लगाउँदा जानकारी दिनुपर्छ भन्ने लागेको हो । प्रहरी प्रशासन चुप लाग्छ देख्दैन र बोल्दैन ।’

प्रमुख जिल्ला अधिकारी तोयनाराण सुवेदीले गत जेठ २० गतेको बैठकमै सबै पालिकाको उपस्थितिमा खोलामा असार १ गतेदेखि डोजर, एक्स्काभेटर, ट्याक्टर, टिपरलगायत लैजान नदिने भन्ने निर्णय भएको बताए । ‘सडक डिभिजनको ठेक्काको कामका लागि खोलामा लगेको भन्ने बुझिएको छ,’ उनले भने, ‘तर वर्षायाम लागिसकेपछि लैजान पाइँदैन ।’

निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर असार लागेपछि बल्ल काम गर्न आएको छ । विगतमा काम गरेको थियो तर केही समय काम नगरि छाडेको थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पहिरो गएको स्थानमा सडक डिभिजनले काम गरेको जानकारी पाएको बताए । सडक डिभिजनका प्रमुख रामपुकार जयसवालले निर्माण व्यवसायीले काम गर्छु भनेको अवस्थामा ढुंगा नपाएर रोकिनुपर्ने अवस्था आउने भन्दै जानकारी गराएको प्रमुख खनालले बताए । ‘निर्माण व्यवसायीले ठेक्का लागेको महिनौंसम्म काम नगर्ने वर्षायाम सुरु भएपछि काम गर्नु नियत राम्रो होइन,’ उनले भने ।

राहत र उद्धारका कामबाहेक जेसीबी, ट्याक्टर, टिपर सञ्चालन गर्न नपाइने भन्ने छ । साविक जिल्ला विकास समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म चुनढुंगा खानी तथा खोला, नदीलगायत कच्ची सडकमासमेत टिपर, ट्याक्टर सञ्चालन गर्न रोक लगाउने गरेको थियो ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक