Connect with us
Advertisement

धुलिखेल नगरपालिकाको दोहोरो नीति : प्रदेश चाहिँदैन, बजेट चाहिन्छ

Published

on

प्रदेश सरकार खारेजीको निर्णय अधिवेशनबाट सर्वसम्मत रूपमा पारित गरेको काभ्रेको पर्यटकीय नगरी धुलिखेलले संघीयताको धज्जी उडाउँदै दोहोरो नीति अवलम्बन गरेको छ । धुलिखेल नगरपालिकाको बिहीबार सम्पन्न भएको १७ औं नगरसभाले ‘प्रदेश सरकार खारेज गर्नुपर्छ’ भन्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको थियो ।

संघीय प्रणालीप्रति असन्तुष्टि जनाउँदै आएको नगरपालिकाले आफ्नै बजेट पुस्तिकमा भने प्रदेशबाट प्राप्त हुने अनुदानलाई स्वीकार गर्ने उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँबराबरको बजेट ल्याएको प्रदेश खर्च बेहोर्ने स्रोततर्फ प्रदेशबाट प्राप्त हुने अन्तरसरकारी हस्तान्तरण शीर्षकमा ४ करोड ७१ लाख ७८ हजार रुपैयाँ समावेश गरेको छ ।

‘नगरपालिकाले आफ्नो अधिकार क्षेत्रबाहिर गएर प्रदेश चाहिँदैन । तर, बजेट चाहिन्छ भनेर दोहोरो नीति अवलम्बन गरेको छ,’ काभ्रेका राजनीतिक दलहरूले टिप्पणी गरेका छन् । नगरसभामा प्रदेशसभा खारेज गर्न संघ सरकारलाई अनुरोध गर्ने भनी कार्यपालिका सदस्य धुलिखेल-२ का वडाध्यक्ष अर्जुन न्यौपानेले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको नगरप्रमुख अशोककुमार ब्याञ्जुले जानकारी दिए । प्रदेश खारेजीको माग गर्दै संघ र प्रदेशमा पत्राचारका लागि तयारी भएको पनि उनले बताए ।

Dhulikhel Municipality's dual policy: We don't need a province, we need a budgetनिर्णय प्रमाणीकरण गर्न बाँकी छ, लिखित निर्णय तयार भएपछि नगरपालिकाको राजपत्रमा प्रकाशित गरेपछि यसको प्रक्रिया अघि बढाइनेछ ।’ नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले प्रदेश सरकारको सिद्धान्तले काम नगरेको र व्यवहारमा जनसेवा दिन असफल भएकै कारण आफूहरूले खारेजी-प्रस्ताव ल्याएको दाबी गरेका छन् ।

‘हामीले संघीय प्रणालीका अंगका रूपमा प्रदेश सरकार स्थापना गरेका थियौं,’ उनले भने, ‘तर आजसम्म सेवा प्रवाह, नीति निर्माण, र कार्यक्षमताको हिसाबले प्रदेशले नागरिकलाई केही दिन सकेको देखिएन । यो प्रश्न उठाउनुको उद्देश्य सरकारको सेवा प्रणालीमा सुधार ल्याउने हो, बहिष्कार गर्ने हैन,’ प्रमुख श्रेष्ठले स्पष्ट पारे ।

नगर प्रमुख श्रेष्ठले प्रदेश सरकारबाट प्राप्त हुने अनुदान वा बजेट बहिष्कार गर्न खोजिएको भन्ने भ्रम नबोक्न आग्रह गर्दै भने, ‘संविधानले दिएको अधिकारअन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा आउने बजेट लिने वा नलिने भन्ने हाम्रो निर्णय होइन । प्रदेशले एक करोड दिएमा, स्थानीय सरकारले पनि एक करोड जुटाउनुपर्छ ।’

धुलिखेल नगरपालिकाको प्रस्तावले संघीयताविरोधी भन्दा पनि संघीयताको सुधार आवश्यक रहेको सन्देश दिन खोजेको उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक