कोशी प्रदेश
सुन्दरहरैंचा नगरपालिका द्वारा ७४ थान कृषि सामग्री वितरण
बिराटचोक ः सुन्दरहरैंचा नगरपालिकाले ७४ थान विभिन्न कृषि सामग्री वितरण गरेको छ । शुक्रवार नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालको उपस्थितिमा कृषकहरुलाई विभिन्न कृषि उपज सामाग्रीहरु वितरण गरेको हो ।
विभिन्न वडामा रहेका कृषकहरुलाई कृषि उत्पादनमा लाग्ने कृषि यन्त्र तथा उपकरण सामाग्री वितरण गरेको छ । वडामा बसेर सामुहिक कृषि फर्म सञ्चालन गरी तथा व्यक्तिगत कृषि पेशामा लागि व्यवसायिक कृषकहरुलाई विभिन्न कृषि सामाग्रीहरु वितरण गरेको हो ।
नगरप्रमुख ढकालले नेपाल कृषि प्रधान देश भनिएता पनि कृषि उपज जमिनहरु मासिदै गएको बताएका थिए । उनले उक्त जमिन मासिनबाट रोक्न केन्द्रीय सरकारबाट योजना आउनु पर्ने बताए । नगरले कृषकहरुको समस्या समाधान गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन बजेट विनियोजन गरेता पनि कृषकले आफ्ना समस्या अनुसार कृषि सामाग्री माग नगरेको बताएका थिए । उनले कृषकले माग गरे अझ धेरै कृषि सामाग्री नगरले उपलब्ध गराउने समेत बताएका थिए ।
नगरले वितरण गरेको सामाग्री ग्रीन नेट १८ थान, पावर सेल रिपर २ थान, मकै छोडाउने मेसिन २ थान, मिनि ट्याक्टरमा जोड्ने रिपर १ थान, पावर स्प्रे ४० थान र गटर स्प्रे १० थान गरि ७४ थान कृषि सामाग्री वितरण गरेको हो । उक्त सामाग्रीहरु कृषकसंग ५०ः ५० गरेर लागत साझेदारी गरि वितरण गरेको थियो । उक्त सामग्री वितरण गर्नु पुर्व नगरले केही महिना अगाडि कृषकहरुसग माग आवेदन फारम भरेको र माग फारम बमोजिम नै कृषकलाई सामाग्री उपलब्ध गराएको सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले बताए ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login