Connect with us
Advertisement

सङ्खुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

Published

on

खाँदबारीः आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सङखुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारीस्थित जिल्ला समन्वय समितिको कार्यालयसँगै र निर्वाचन अधिकृतको कार्यालय मकालु गाउँपालिका वडा नं ५ को भवनमा रहने गरी दुवै स्थानमा बुधबार कार्यालय स्थापना गरिएको हो ।

खाँदबारी नगरपालिका वडा नं ३ को वडाध्यक्षको लागि हुने उप निर्वाचनमा जिल्ला न्यायाधीश शान्तिकुमार आचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने मकालु गाउँपालिकाको अध्यक्षको लागि हुने निर्वाचनको लागि जिल्ला न्यायाधिवक्ता तिलकबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै न्यायाधीश शान्तिकुमार आचार्यले जनतालाई अधिकार सम्पन्न बनाउने अभियानमा रहेको भन्दै चुनावलाई सफल बनाउन सबैलाई आग्रह गरे । नागरिकहरूलाई उत्साहित बनाउँदै भयरहित वातावरणमा चुनाव गर्नुपर्ने दायित्व रहेको र यसमा बढी राजनीतिक दल जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरूसँग सहयोग गर्न आग्रह गरे । निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न दलहरूसँग आग्रह गरे ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्ने सबैको दायित्व भएको बताए । भयरहित वातावरणमा चुनाव हुने र सुरक्षामा कसैसँग कुनै सम्झौता समेत नहुने भन्दै उनले जनतालाई ढुक्क हुन आग्रह गरे ।

कार्यक्रममा नेकपा जिल्ला कमिटीका अध्यक्ष हेमराज घिमिरे र नेपाली काङ्ग्रे जिल्ला सभापति दिपनकुमार श्रेष्ठले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउनको लागि आफूहरू पनि लागिपर्ने प्रतिबद्धता जनाए । उनीहरूले दुवै पार्टीले निर्वाचनलाई शान्तिपूर्ण बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताए ।

उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ र खाँदबारी नगरपालिका वडा नं ३ मा १ हजार ८ सय २२ मतदाता छन् ।

Continue Reading

Facebook Comment

22 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक