कोशी प्रदेश
सङ्खुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना
खाँदबारीः आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सङखुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारीस्थित जिल्ला समन्वय समितिको कार्यालयसँगै र निर्वाचन अधिकृतको कार्यालय मकालु गाउँपालिका वडा नं ५ को भवनमा रहने गरी दुवै स्थानमा बुधबार कार्यालय स्थापना गरिएको हो ।
खाँदबारी नगरपालिका वडा नं ३ को वडाध्यक्षको लागि हुने उप निर्वाचनमा जिल्ला न्यायाधीश शान्तिकुमार आचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने मकालु गाउँपालिकाको अध्यक्षको लागि हुने निर्वाचनको लागि जिल्ला न्यायाधिवक्ता तिलकबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै न्यायाधीश शान्तिकुमार आचार्यले जनतालाई अधिकार सम्पन्न बनाउने अभियानमा रहेको भन्दै चुनावलाई सफल बनाउन सबैलाई आग्रह गरे । नागरिकहरूलाई उत्साहित बनाउँदै भयरहित वातावरणमा चुनाव गर्नुपर्ने दायित्व रहेको र यसमा बढी राजनीतिक दल जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरूसँग सहयोग गर्न आग्रह गरे । निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न दलहरूसँग आग्रह गरे ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्ने सबैको दायित्व भएको बताए । भयरहित वातावरणमा चुनाव हुने र सुरक्षामा कसैसँग कुनै सम्झौता समेत नहुने भन्दै उनले जनतालाई ढुक्क हुन आग्रह गरे ।
कार्यक्रममा नेकपा जिल्ला कमिटीका अध्यक्ष हेमराज घिमिरे र नेपाली काङ्ग्रे जिल्ला सभापति दिपनकुमार श्रेष्ठले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउनको लागि आफूहरू पनि लागिपर्ने प्रतिबद्धता जनाए । उनीहरूले दुवै पार्टीले निर्वाचनलाई शान्तिपूर्ण बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताए ।
उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ र खाँदबारी नगरपालिका वडा नं ३ मा १ हजार ८ सय २२ मतदाता छन् ।
Facebook Comment
Banner
क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग
सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
शनिबार सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच रु १०१,४६० (एक लाख एक हजार चार सय साठी रुपैयाँ) उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।
सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
Banner
सुन्दरहरैंचा टी–२० कप २०८३ सुरु: पहिलो दिन विराट र भुल्के वारियर्सको शानदार जीत
सलकपुरः इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सुन्दरहरैंचा टी–२० कप २०८३ हिजोदेखि औपचारिक रूपमा सुरु भएको छ।
उद्घाटन दिनमै रोमाञ्चक प्रतिस्पर्धा देखिएको प्रतियोगिताको पहिलो खेलमा विराट वारियर्सले हरैंचा रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ। उत्कृष्ट प्रदर्शन गरेका रोहन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा भुल्के वारियर्सले गछिया टाइगर्सलाई ७४ रनले हराउँदै प्रभावशाली जित हात पार्यो। उक्त खेलमा ज्ञातव्य सुवेदी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले उद्घाटन गर्नुभएको प्रतियोगिता बैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
Banner
पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप: उद्घाटनमै मिल्स भेट्रानको प्रभावशाली जित
मोरङको सुन्दरहरैँचा नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ।
सुनसरीको भरौल भेट्रानसँग भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेका दुवै टोलीबीच दोस्रो हाफमा भने मिल्स भेट्रान हावी बन्यो।
दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मिल्स भेट्रान विराटनगरले थप गोल गर्दै भरौल भेट्रान सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गर्यो। मिल्स भेट्रानका तेजमान लिम्बूले ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ दि म्याच’ घोषित गरिएको थियो।
सुन्दरहरैँचा–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए। कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, वडा अध्यक्ष रोशनप्रसाद ढकाल, प्रकाश श्रेष्ठ तथा पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको मुख्य प्रायोजक PLO लुब्रिकेन्ट्स रहेको छ भने सुन्दरहरैँचा नगरपालिकाले प्रवर्द्धन गरेको छ। क्लबका अध्यक्ष राजन योन्जनका अनुसार खेलमैदान व्यवस्थापन, खेलाडीलाई प्रोत्साहन तथा खेलकुद क्षेत्रलाई सक्रिय बनाउन प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिता अन्तर्गत आइतबार दार्जिलिङ भेट्रान र काँकडभिट्टा भेट्रानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login