Connect with us
Advertisement

सुन्दरहरैँचा नगरपालिकाले १२ उत्कृष्ट दम्पतीलाई दियो ‘ढुकुर जोडी’ सम्मान

Published

on

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले १२ जना उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान गरेको छ । नगरपालिकाका सबै वडाबाट एक–एक उत्कृष्ट जोडी छनोट गरेर आइतबार सम्मान गरिएको हो ।

नगरपालिकाले पारिवारिक समझदारी, आपसी मिलाप र समाजमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले सम्मान गरिएको जनाएको छ । मेयर केदारप्रसाद गुरागाईंले आमाबुवा तथा सासुससुराको श्रद्धायुक्त सेवा, समर्पण र स्नेहपूर्ण हेरचाह गरेर पारिवारिक मूल्य तथा परम्पराको संरक्षणमा अनुकरणीय उदाहरण बनेकाहरूलाई सम्मान गरिएको बताए ।

संयुक्त परिवारमा बस्नेहरूलाई कार्यक्रममा समेटिएको थियो । प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले नगरपालिकाले तयर गरेका विभिन्न सूचक पूरा गर्नेलाई समावेश गरिएको जानकारी दिए ।

प्रत्येक वडाबाट एक जोडीलाई छनोट गर्दा दीर्घकालीन वैवाहिक जीवन, सामाजिक योगदान र पारिवारिक मूल्यलाई आधार मानिएको उनले बताए । छनोटमा पर्न नगरपालिकाले सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । जसमा ४८ वटा निवेदन परेका थिए ।

उपमेयर अकली चौधरीले जीवनयात्रा, पारिवारिक, सामाजिक र नैतिक उत्तरदायित्वसँग जोड्दै अगाडि बढ्न सफल हुनेहरूलाई प्रेरणा दिने सोचले कार्यक्रम अघि बढाइएको बताइन् ।

Dampati-1752388293.jpg
क–कसले पाए उत्कृष्ट दम्पतीको सम्मान ?
सुन्दरहरैँचा–१ : केशवराज काफ्ले र कञ्चन दाहाल
सुन्दरहरैँचा–२ : सचिदानन्द साह (हलुवाई) र संगीताकुमारी गुप्ता हलुवाई
सुन्दरहरैँचा–३ : ध्रुव नीरौला र अनु दाहाल
सुन्दरहरैँचा–४ : डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल
सुन्दरहरैँचा–५ : वीरेन्द्र कुमार कट्टेल र सीतादेवी कट्टेल
सुन्दरहरैँचा–६ : बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे
सुन्दरहरैँचा–७ : बलिराम चौधरी र फूलोदेवी चौधरी
सुन्दरहरैँचा–८ : खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने
सुन्दरहरैँचा–९ : योगराज कार्की र हिमकुमारी कार्की
सुन्दरहरैँचा–१० : बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल
सुन्दरहरैँचा–११ : वेदकुमार खवास र केसओती खवास
सुन्दरहरैँचा–१२ : अमरबहादुर मगर र तारा कुमारी मगर

उनीहरूलाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्मान पाएका योगराज कार्कीले सम्मानित हुन पाउँदा खुसी लागेको बताए । “हामी सम्मानित हुँदा अरूलाई पनि राम्रोसँग परिवार अघि बढाउन प्रेरणा मिल्छ । यो आदर्श समाज बनाउने अभियान पनि हो,” उनले भने ।

के थियो मापदण्ड ?
– कम्तीमा विवाह भएको १० वर्ष पूरा गरेको हुनुपर्ने,
– श्रीमान्–श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने,
– विवाह दर्ता गरेको हुनुपर्ने,
– स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने,
– छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने,
– नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने,
– विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने,
– निरन्तर रूपमा संयुक्त परिवारमा बुवा वा आमा र सासू वा ससुरासँग बसेको हुनुपर्ने,
– अलग भिन्न नभएको, बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने,
– हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समितिलगायत निकायहरूमा वा समाजमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने,
– निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने,
– विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्षभन्दा बढी नबसेको हुनुपर्ने ।

मापदण्ड पूरा गरेकाहरूदाई मात्र छनोट गरिएको नगरपालिकाले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक