Banner
६ वर्षदेखि अलपत्र सडक निर्माण थालियो
लामो समय अलपत्र पश्चिम नवलपरासीस्थित हुलाकी मार्गअन्तर्गत बर्दघाट नगरपालिकाको नारायणचोकदेखि त्रिवेणीसम्मको १६ किलोमिटर खण्ड पुनः निर्माण सुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । निर्माण कम्पनीले काम नगरेपछि ६ वर्षसम्म अलपत्र अवस्थामा रहेको उक्त खण्डमा निर्माण कार्य थालिएपछि स्थानीयले धुलो–धुवाँबाट मुक्त हुने अपेक्षा गरेका छन् ।
ठेक्का सम्झौताअनुसार २०७९ मंसिरमा निर्माण सकिनुपर्ने सडक ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको थियो । पटक–पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीय आक्रोशित बनेका थिए । निर्माण कार्यलाई पूर्णता दिन माग गर्दै स्थानीय बासिन्दासँगै जिल्लाका जनप्रतिनिधिसमेत आन्दोलित बनेका थिए । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सांसद विनोद चौधरी, प्रदेशसभा सदस्य देवकरणप्रसाद कलवार र स्थानीय पालिकाका जनप्रतिनिधिले लिखितसहित आमरण र रिले अनशन बसेर दबाब दिएका थिए। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल त्रिवेणी आउजाउ गर्ने मुख्य सडक अलपत्र परेपछि यात्रुले सास्ती सहनुपरेको छ ।
सडकखण्डअन्तर्गत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले समयमै निर्माण पूरा गराउन आफूले पटक–पटक पहल गरेको जनाए । ‘मेरो नेतृत्वमा अनशन नै बस्यौं, प्रदेश र संघ सरकारलाई विभिन्न माध्यमबाट दबाब दियौं,’ उनले भने, ‘अहिले निर्माणको काम सुरु भएको छ । यसलाई निरन्तरता दिन सकियो भने एक वर्षभित्र निर्माण सकिन्छ कि भन्ने आशा पलाएको छ।’ ठेकेदारले ढिलाइ गरेपछि गाउँपालिकाको क्षेत्रमा पर्ने ६ किलोमिटर सडक पालिकामार्फत निर्माण गर्न देऊ भन्दै माग गरेको उनले बताए । उक्त १६ किलोमिटर सडकखण्ड बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिकाको मुख्य मार्ग हो । निर्माण पूरा भएपछि एक लाख स्थानीयसाथै त्रिवेणी ओहोरदोहोर गर्ने सयौँ धार्मिक पर्यटक लाभान्वित हुने उनले बताए ।
सडक निर्माणका लागि २०७६ मंसिरमा बज्रगुरु महालक्ष्मी जेभी कम्पनीले ठेक्का सम्झौता गरेर काम थालेको थियो । उक्त कम्पनीले सडक भत्काएर छाडेपछि स्थानीयले हिउँदमा धुलो र वर्षामा हिलो सहनु परेको थियो । सडकमा ठूला–ठूला खाल्डो बनेकाले दुर्घटनासमेत वृद्धि भएको स्थानीय बासिन्दाले बताए । पछिल्लो पटक निर्माण कम्पनीको सहमतिअनुसार भैरहवास्थित निर्माण व्यवसायी चन्द्रमणि अधिकारीले आठ महिनाभित्र निर्माण पूरा गर्नेगरी काम सुरु गरेका हुन् । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले बज्रगुरु कम्पनीसित आन्तरिक सहमति गरी ठेकेदार अधिकारीले काम सुरु गरेको जानकारी दिए । ‘ठेक्का तोडेर अर्कै प्रक्रियाबाट काम गर्दा झन ढिलाइ हुने भएकाले ठेकेदार–ठेकेदारबीच आन्तरिक सहमति गराएर पुरानै निर्माण कम्पनीको फर्मबाट भुक्तानी पाउने गरी निर्माण सुरु गरिएको हो,’ उनले भने, ‘पहिलो चरणमा डेढ किमी कालोपत्रे भइसकेको छ।’
आयोजनाका अनुसार गोपीगन्ज बजार क्षेत्रको १ हजार ५ सय मिटर सडक अधिकारीले कालोपत्रे गरिसकेका छन् । आयोजनाका अनुसार सुरुमा कोरोना महामारीलगत्तै आर्थिक मन्दी सुरु भएको कारण देखाउँदै ठेकेदारले काममा ढिलाइ गरिरहेको थियो । यससँगै ठेकेदार कम्पनी बैंकिङ कालोसूचीमा परेपछि निर्माणको काम ठप्प भएको थियो । ठेकेदार अधिकारीले प्रतिनिधिसभा सदस्य चौधरीले बैंकिङ समस्या समाधानमा सहजीकरण गरेपछि आफूले ठेकेदार कम्पनीसित आन्तरिक सहमति गरेर बज्रगुरु कम्पनीबाटै भुक्तानी लिने गरी सडक निर्माण थालेको बताए । ‘सबैभन्दा समस्या बैंकको थियो, मैले काम गर्ने भुक्तानी बज्रगुरुको खातामा जाने तर बैंकले सबै रकम काटिदिने थियो,’ उनले भने, ‘हामीलाई आन्तरिक सहमति गराउन र बैंकको समस्या समाधानमा सांसद चौधरीले ठूलो सहयोग गर्नुभयो । त्यसपछि काम भइरहेको छ ।’ स्थानीय पालिका र प्रदेश सांसदबाट पनि सहयोग प्राप्त भइरहेको उनले बताए ।
झन्डै ५८ करोड लागतमा निर्माण भइरहेको उक्त हुलाकी खण्डको चौथोपटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८२ चैत मसान्तसम्म समयसीमा तोकिएको छ । आयोजनाका सूचना अधिकारी आचार्यका अनुसार मुख्य ठेकेदार बज्रगुरुको बैंकिङ लगायतका समस्या समाधान भएको खण्डमा अहिलेको जस्तै आन्तरिक सहमति अनुसार काम गरिरहेका ठेकेदार अधिकारीले नै थप गरिएको अवधिमा निर्माण सक्ने बताएका छन् । सडकखण्डको हालसम्म भौतिक प्रगति ४० प्रतिशत छ भने वित्तीय प्रगति ३८ प्रतिशत छ । बजार क्षेत्रमा नालीसहित ११ मिटर र अन्य ठाउँमा नालीबिनै ८ मिटर फराकिलो गरी यो सडकखण्ड निर्माण भइरहेको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login