Banner
एमाले विराटनगर : वडामै ओली र भण्डारीको कित्ता
विराटनगर । नेकपा एमाले विराटनगर महानगरका १९ वडा मध्ये १७ वडामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार एकै दिन १७ वडाले अधिवेशन गरेका हुन् ।
दुई वटा वडाको अधिवेशन स्थगित भएको छ । १४ वडा कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । ३ वडामा भने मतदान भएको थियो ।
वडा अधिवेशनमा पनि नेकपा एमाले दुई लाइन प्रष्ट देखिएकाे छ । संस्थापन पक्ष र विद्यादेवी भण्डारी पक्ष देखिएकाे हाे । यसअघि महानगर अधिवेशन र जिल्ला अधिवेशनमा विनोद ढकाल समूह विजयी भएको थियो । ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे समूहमा छन् ।नयाँ नेतृत्व चयन भएका १६ वटा वडा मध्ये २ वटा संस्थापन पक्ष आएकाे छ । बाँकी १४ वडामा इतर पक्ष नेतृत्वमा आएकाे छ ।
महानगरकाे वडा नम्बर ७ र ९ को वडा अधिवेशन भने साउन २५ गते भित्र गर्नेगरी स्थगित भएको नगर सचिव विज्ञान चापागाईंले जानकारी दिए ।
उनका अनुसार १४ वटा वडाकाे नेतृत्व सर्वसम्मत रुपमा चयन भएकाे छ । विराटनगरको वडा नम्बर ४, १० र १४ को नेतृत्वका लागि भने मतदान भएको हो ।
तेश्रो वडा अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा इश्वर रिजाल, २ मा प्रविणचन्द्र कर्ण, ३ मा इश्वर निरौला, ५ मा राजेश गिरी, ६ मा नारायण बराल, ८ मा भुवन राजवंशी, ११ मा सूर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज बस्नेत, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्वत गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी सर्वसम्मत भएका छन् । ९ वटा वडा कमिटीमा अध्यक्षहरुमा पुन दोहोरिएका हुन् ।
निर्वाचन भएकाे वडा नम्बर १० मा कृष्ण तिम्सिना विजयी भएका छन् । वडा नम्बर १४ मा सन्तोष शर्मा निर्वाचित भए । वडा नम्बर ४ को नतिजा आउन बाँकी छ ।
वडा नम्बर ११ र १६ का वडाध्यक्ष संस्थापन पक्षका हुन् । बाँकी ढकाल पक्षका हुन् । ढकाल पक्षमा रहेको भनिएका दुई वटा वडाका अध्यक्ष भने दुवै पक्षमा रहेको एमाले नेताहरु बताउँछन् ।
अनलाइनखबरबाट साभार
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login