Connect with us
Advertisement

सुरु भयो लोथर-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना

Published

on

चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको सुरु गरिएको छ ।

नेपाल आयाल निगमले सो परियोजनाका लागि शुक्रबार लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै झण्डै १५ अर्बको परियोजना सुरु भएको जनाएको छ ।

परियोजना प्रमुख इन्जिनियर प्रदिपकुमार यादले ५४ महिनाभित्र पाइपलाइन परियोजना सक्ने लक्ष्य रहेपछि ३६ महिनाभित्र नै सक्ने गरी काम अगाडि बढाइने बताए । ‘देशको रणनीतिक र अति नै महत्वपूर्ण परियोजना भएकोले यसको गतिमा अब कमी हुँदैन, शनिबारबाट नै फिल्डमा काम देख्नसक्नुहुन्छ’, परियोजना प्रमुख यादवले भने, ‘डीपीआर बनाउने, कागजी प्रक्रियाले समय लियो, अब सबै सकिएको छ काम फटाफट अगाडि बढ्छ, आईओसीसँग समन्वय गर्ने काम सुरू हुन्छ । ’

यो परियोजनाको निर्माण भारतीय आयल निगमले गर्नेछ । कुल १५ अर्ब रकम मध्ये ५ अर्ब भारतीय आयल निगमको र १० अर्ब नेपाल आयल निगमले खर्च गर्ने गरी २०८१ असोज १७ मा सम्झौता भएको थियो । पाइपलाइनका लागि ४ अर्ब २८ करोड ८० लाख र लोथरमा निर्माण हुने भण्डारगृहसहितको ग्रीन फिल्ट टर्मिनलका लागि ९ अर्ब ८० करोड ८० लाखभन्दा बढि खर्च लाग्ने निगमले जनाएको छ ।

भारतसँग २०८० जेठ १८ मा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप र लोथरमा भण्डारगृहसहितको अत्याधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने सहमति भएको थियो । सोही समझदारीका आधारमा २०८१ असोज १७ गते नेपाल आयल निमग र भारतीय आयल निगमका बीचमा बिटुबी सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा भारतीय आयल नियमले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो ।

परियोजना प्रमुख यादवले पाइपलाइनदेखि डिपोसम्मको सबै काम भारतीय आयल निगम र उसका विज्ञहरुले गर्ने जानकारी दिए । आयल निमगले दिने १० अर्ब रकम पनि भारतीय आयल निगमलाई निर्माणका क्रममा विभिन्न फेजमा दिने सहमती भएको छ । लोथरमा बन्ने डिपो देश कै हालसम्मको सबैभन्दा ठूलो हुने निगमले जनाएको छ ।

लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । त्यसका लागि २३ विगाहा १२ कठ्ठा जग्गा निगमले खरिद गरेको थियो । आयल निगमको जग्गा खरिदको विषय निकै पेचिलोसमेत बनेको थियो । निगमले लोथरमा डिपो राख्न जग्गा खरिद गर्ने भएपछि निगमका केही ब्यक्तिहरुले नै विचौलिया खडा गरी स्थानीयसँग ८ लाख प्रति कठ्ठामा जग्गा खरिद गरी १६ लाख प्रतिकठ्ठामा निगमलाई बेचेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक