अवर्गीकृत
यतिले दिएको भन्दा ५० करोड बढी दिन्छु, गोकर्ण रिसोर्टको जग्गा सरकारले मलाई दिन्छ ? रायमाझी

काठमाण्डौँ राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई नै भाडामा दिन सरकारलाई चुनौति दिए।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति होल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा दिन सरकारसमक्ष प्रस्ताव गरेका छन ्।
उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी गरे । यस्तै सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि प्रधानमन्त्रीले बालुवाटारबाट गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।
Facebook Comment
अवर्गीकृत
हङकङ इन्टरनेसनल म्याराथन : नेपाली दिदीबहिनीले रचे कीर्तिमान

हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाले हात पारेको जित नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बन्यो ।
पछिल्ला केही दिन सुनमाया र राममाया बुढा दिदीबहिनीका लागि विशेष रह्यो । यी दुई दिदी बहिनीले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै चर्चा पाउने काम गरे ।
हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाको कोर्स रेकर्डसहित जित हात पारे । यो उनीहरूको लागि मात्र नभई नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बनेको छ ।
हिनी राममायाको लागि भने यो विदेशमा सहभागी भएको पहिलो अल्ट्रा रेस हो र त्यसमै उनले ऐतिहासिक स्वर्ण जितेकी हुन् । ‘एकदमै खुसी लागेको छ । अझ दिदी बहिनीले नै एकैपटक जित्नु रमाइलो संयोग भयो ।’ राममायाले अनलाइनखबरसँग भनिन् ।
हङकङ १०० अल्ट्रा म्याराथनअन्तर्गत सुरुमा भएको ५० किमिमा राममायाले महिलातर्फ कीर्तिमानी समयमा स्वर्ड जितेकी हुन् । त्यसपछि जित्ने पालो दिदी सुनमायाको थियो । उनले पनि कीर्तिमानी समयमै स्वर्ण जितिन् ।
दिदी सुनमायाले पनि दुवैजनाले एकसाथ जित्दा एकदमै रमाइलो भएको बताइन् । ‘रेस धेरै प्रतिस्पर्धात्मक थियो, तर हामी दिदी बहिनीले नै जित्दा खुसी लागेको छ ।’
जुम्लाको पातारासी गाउँपालिका– २ पेरेगाउँका जन्मिएकी यी दिदीबहिनीको उमेर अन्तर तीन वर्ष मात्र छ । स्कुलदेखि नै दौड सुरु गरेकी दुवैजना अहिले अन्तर्राष्ट्रियस्तरमै चर्चित हु पेरेगाउँकै लागि पनि खुसीको माहोल बनेको छ ।
सुनमायाको व्यवस्थापन हेर्दै आएको एसिया प्यासिफिक एड्भेन्चरले आइतबार साँझ दिदीबहिनीको फोटो पोस्ट गर्दै यो ऐतिहासिक क्षण रहेको उल्लेख गरेको छ । ‘यी दुई विशेष नेपाली महिलाहरूका लागि ऐतिहासिक सप्तान्ह । इभेन्टमा र अनलाइनमा हौसला र समर्थनको लागि सबैलाई धेरै धेरै धन्यवाद । समुदायको माया र साथले सुनमाया र राममायाका साथै नेपालका सबै प्रतिभाशाली पर्वतीय खेलाडीहरूका लागि जीवन परिवर्तन गर्ने ढोका र अवसरहरू खोल्न मद्दत गर्दछ ।’
फोटोमा बुढा दिदीबहिनीको मुस्कान निकै लोभलाग्दो थियो । जसरी दुवैले लोभलाग्दो तरिकाले स्वर्ण जितेका थिए । दिदीबहिनीले एकै प्रतियोगिताको दुई फरक इभेन्टमा स्वर्ण जितेको जित्दा निकै उत्साहित बनेका थिए ।
कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोज शाहीले दिदीबहिनीले नै कोर्स रेकर्डसहित पहिलो हुनु ऐतिहासिक उपलब्धी भएको बताए । ‘यो ऐतिहासिक क्षण नै हो । यस्तो उपलब्धी निकै कम मात्र हुन्छ,’ जुम्ला अल्ट्रा रारा म्याराथन आयोजकसमेत रहेका शाहीले अनलाइनखबरसँग भने, ‘सुनमाया त अल्ट्रा रेसमै चर्चित नै भइसकिन् । तर राममायाको अल्ट्रा ट्रेलमा रेसमा यो पहिलो सहभागिता हो र त्यसमा पनि उनले कीर्तिमान बनाइन् ।’ शाहीले राममाया ट्रयाक एण्ड फिल्डमा जमिरहेको खेलाडी भएको बताए ।
पहालमा उकालो, ओरालोदेखि समथर भू–बनोटमा दौडनुपर्ने हङकङ १०० अल्ट्रा म्याराथको रुट छिचोल्नु सहज थिएन । यसका लागि शारीरिक र मानसिक दुवैमा बलियो हुनुपर्छ र दबाबसमेत झेल्न सक्ने हुनुपर्छ । बुढा दिदीबहिनीले गरेको मिहिनेत र परिश्रमले गर्दा उनीहरू इतिहास रच्न सफल भएका हुन् ।
सुनमायाले मारेको बाजी
सुनमायाले ११ घण्टा ११ मिनेट ४७ सेकेण्डसहित पहिलो स्थान हात पारेकी हुन् । उनले सन् २०२० मा चिनकी जियाङ फुझाओले बनाएको ११ घण्टा २८ मिनेट २१ सेकेण्डको कोर्स टाइम ब्रेक गरेकी हुन् ।
शनिबार बिहान सुरु भएको रेसमा २ हजार २ सय एथ्लेटले भाग लिएका थिए । जसमा स्लोभाकियाकी भेरोनिका लेङले ११ घण्टा २५ मिनेट २२ सेकेण्ड समय निकाल्दै रजत जित्दा भियतनामकी हाउ हाले १२ घण्टा ९ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य जित्न सफल भइन् ।
सुनमाया र भेरोनिकाबीच कडा टक्कर भएको थियो । तर, अन्तिममा सुनमायाले बाजी मारिन् । ‘मैले एकदमै खुसी महसुस गरिरहेको छु । तर, मैले आराम गर्नुपर्छ । यो कडा ब्याटल थियो । सुनमायाले कोर्स रेकर्डसहित स्वर्ण जितेपछि भनिन् ।
अवर्गीकृत
३ रुपैयाँका दरले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ।
अवर्गीकृत
नितिश तिवारीको ‘रामायण’मा फेरिए दशरथ, अब अरुण गोविलको चर्चा
नितिश तिवारीको निर्देशनमा महाकाब्य रामायणमा आधारित फिल्म ‘रामायण’ सबैभन्दा चर्चित प्रोजेक्टका रुपमा रहेको छ ।
यस फिल्ममा रणबीर कपुर भगवान रामको भूमिकामा देखिने भएका छन् । केही दिन अगाडी मात्रै भारतीय मिडियाहरूले अमिताभ बच्चनले राजा दशरथको भूमिका निर्वाह गर्ने कुरा लेखेका थिए ।
तर अन्य केही सञ्चार माध्यमले भने निर्माताले अझै पनि रामायणमा दशरथको भूमिका निभाउने पात्रको खोजी गरिरहेको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार निर्माताले राजा दशरथको भूमिका निभाउनका लागि अरुण गोविलसंग कुराकानी गरेका छन् । अरुण गोविलले रामानन्द सागरको रामायणमा भगवान रामको भूमिका निभाएका थिए ।
रिपोर्टहरुका अनुसार अहिले उनीहरूमा कुराकानी मात्रै भएको हो । आधिकारिक रुपमा गोविलले दशरथको भूमिका निभाउने पक्का भने भैसकेको छैन् ।
यस्तै तिवारीको रामायणका लागि धेरै अभिनेताहरूको नाम विभिन्न पात्रको भूमिकाको लागि छनोट गरिएको कुरा बाहिरिएका थिए । तर ती सबै सही नभएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
साई पल्लवीले सीताको भूमिका निभाउने कुरा पनि बाहिर आएको थियो । तर अहिले सार्वजनिक भएको रिपोर्टका अनुसार जान्हवी कपूरले सीताको भूमिका निभाउने कुरा बाहिर आएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login