अवर्गीकृत
गोठगाउँमा किशोरकिशोरीलक्षित उद्घोषण तालीम शुरु
विराटचोकः मोरङको सुन्दरहरैंचा –७ को गोठगाउँमा किशोरकिशोरीलक्षित उद्घोषण तालीम शुरु भएको छ ।
विराट मिडिया एण्ड एड्भरटाइजिङको आयोजना तथा वडा नम्बर ७ को आर्थिक सहयोगमा शुरु भएको तालीमको वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले उद्घाटन गरे । तालीम ७ दिनसम्म सञ्चालन हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै सिटौलाले चालु खर्च कटाएर बाँकी रहेको रकमको २० प्रतिशत सामाजिक विकास शीर्षकमा विनियोजन गरिएको बताए । जनप्रतिनिधि आएपछि पहिलो वर्ष यसरी नै किशोरकिशोरीलाई तालीम दिइएको र सो तालीम फलदायी भएको उनले बताए ।
त्यस्तै, पहिलो वर्ष सिलाइकटाइको आधारभूत तालीम दोस्रो वर्ष सिलाइकटाइको दोस्रो तहको तालीम र गुडिया कुसन बनाउने तालीम दिइए पनि पेशागत हिसाबले ती तालीम उपयोगी नभएको पाइएको उनले बताए ।
‘ती तालीम लिने कसैले पनि अहिलेसम्म व्यवसाय सञ्चालन गरेको देखिएन’, उनले भने, ‘त्यसैले त्यस्ता तालीमको उपयोगिता देखिएन ।’
जन्मिँदै कसैले केही सिकेर आएको नहुने हुनाले उद्घोषण तालीमले व्यक्तित्व विकास गर्न सघाउ पुग्ने उनको भनाइ थियो ।
अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चायत मावि गोठगाउँका प्रधानाध्यापक गुरुप्रसाद अधिकारीले वडा नम्बर ७ मा रहेका विभिन्न सङ्घसंस्थाले सामाजिक काम गरिरहेका हुनाले समाजको विकासमा सहयोग गरिरहेको उल्लेख गरे ।

बोल्ने कलाको आवश्यकता दर्शाउँदै उनले विद्यार्थीले परीक्षामा राम्रो अङ्क ल्याए पनि कतिपय त्यस्ता परीक्षार्थी अन्तर्वार्तामा फेल हुने गरेको उल्लेख गरे । अन्तर्वार्तामा फेल हुनु भनेको बोल्ने कलाको विकास नहुनु हो भन्दै सानैदेखि यस्ता तालीम लिनाले व्यक्तित्व विकासमा सहयोग गर्ने उल्लेख गरे । किशोरकिशोरीमा धेरै तागत हुने बताउँदै त्यो तागतलाई सही काममा उपयोग गर्न यस्ता कार्यक्रम धेरै सहयोगी हुने विचार उनले व्यक्त गरे ।
समाजसेवी बालिका सिटौलाले किशोर किशोरीलाई मात्रै होइन २५ वर्षमाथिका गृहिणीलाई पनि उद्घोषण तालीम दिनुपर्ने बताइन् ।

शिवपाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले किशोरकिशोरीलाई दुव्र्यसनमा लाग्नबाट रोक्न यस्ता तालीमले सहयोग गर्ने बताए ।
वडा सदस्य मीना ओझाले किशोरकिशोरीले यस्ता तालीम लिनाले पछिसम्म फाइदा हुने बताउँदै यस्तो तालीम जनप्रतिनिधिको लागि पनि आवश्यक रहेको बताइन् । ‘हामी धेरै जनप्रतिनिधि बोल्न धकाउँछौँ’, उनले भनिन्, ‘म यस्तो बोल्छु भनेर स्टेजमा गयो तर बोल्ने बेलामा के बोल्ने के बोल्ने भन्ने हुन्छ । त्यसैले जनप्रतिनिधिलाई पनि यस्ता तालीमको आवश्यकता छ ।’

वडा सदस्य भुवनसिंह आलेले मनमा डर रह्यो भने बोल्न गाह्रो हुने बताए । बोल्न धक मान्न छोडेमा उद्घोषण र वक्तृत्वकलामा सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रमका सभापति विराट मिडियाका अध्यक्ष टेकराज तिम्सिनाले व्यक्तिको मानसिक विकास गराउन उद्घोषण तालीमले सहयोग गर्ने उल्लेख गरे । कार्यक्रमको सञ्चालन ज्ञाननाथ ढकालले गरेका थिए ।

तालीममा सुन्दरहरैंचाको वडा नम्बर ७ का ३० जना किशोरकिशोरी सहभागी छन् । पहिलो दिन आज नझरेका फूलहरुका प्रस्तोता एवम् उद्घोषण तथा व्यक्तित्व विकास प्रशिक्षकका रूपमा कृयाशिल सन्चारकर्मी केपी घिमिरेले तालीमको सहजीकरण गरेका थिए ।

Facebook Comment
Banner
विश्वकप लिग–२ : अमेरिकासँग यूएई ४९ रनमै अलआउट, ऐतिहासिक हार
आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले अमेरिकासँग लज्जास्पद हार बेहोरेको छ।
अमेरिकाले दिएको २९३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा यूएईको सम्पूर्ण टोली ४९ रनमै समेटिँदै २४३ रनले पराजित भएको हो।
अमेरिकाको ऐतिहासिक साझेदारी
पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा तीन विकेटको क्षतिमा २९३ रन बनायो।
उसका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द कुमार ले क्रमशः १३७ र १२३ रनको शतकीय इनिङ खेले।
यी दुईले मिलेर २६४ रनको ऐतिहासिक साझेदारी गर्दै अमेरिकी क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बनाए।
दुवै ब्याट्सम्यान नटआउट रहे।
यूएईको लज्जास्पद प्रदर्शन
२९३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईका कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न असफल भए।
उसले २२.१ ओभरमै सबै विकेट गुमाएर ४९ रनमा समेटियो।
यूएईका जुनैद सिद्धिकीले मात्र १० रन बनाए भने तीन ब्याट्सम्यान शून्यमै आउट भए।
अमेरिकाका बलरहरूको चमक
अमेरिकाका ऋषि उगरक ले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए।
८ ओभर १ बल बलिङ गर्दै उनले मात्र २२ रन खर्चे।
त्यस्तै, कप्तान सौरभ नेत्रवल्कर ले पनि ३ विकेट हात पारे।
आगामी खेल
यूएई, जसले यो त्रिकोणात्मक शृङ्खलाको आयोजना गरिरहेको छ, अब आगामी बुधबार नेपालसँग खेल्नेछ।
हाल अंकतालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा रहेको छ।
अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ भने यूएईले १९ खेलबाट मात्र ८ अंक आर्जन गरेको छ।
Banner
आठ वामपन्थी दलबीच पार्टी एकताको सहमति, १९ कात्तिकमा नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा हुने”
देशका आठ वामपन्थी दलबीच पार्टी एकताको सहमति भएको छ। पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने उद्देश्यसहित संयुक्त रूपमा नयाँ कम्युनिस्ट पार्टी बनाउने सहमति भएको हो।
सहमतिअनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच १९ कात्तिकमा ‘एकता राष्ट्रिय सम्मेलन’ आयोजना गरिनेछ।
उक्त सम्मेलनले पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित गर्दै केन्द्रीय समिति गठन गर्नेछ।
मार्गदर्शन सिद्धान्त र नीति
सहमति पत्रअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवाद पार्टीको मूल नीति हुनेछ।
तत्कालका लागि पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने नीति तय गरिएको छ।
आन्दोलनको स्वरूप मुख्यतः शान्तिपूर्ण रहनेछ भने आवश्यकताअनुसार सडक, सदन र सरकार सबैलाई आन्दोलनका मोर्चा बनाइने उल्लेख छ।
नयाँ पार्टीको नाम र संरचना
सहमतिअनुसार पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहनेछ र चुनाव चिन्ह पाँचकुने तारा हुनेछ।
केन्द्रीय संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति रहनेछन्। साथै, प्रत्येक तहमा संयोजक र सह–संयोजकको व्यवस्था गरिनेछ।
आगामी योजना
सहमति पत्रमा उल्लेख भएअनुसार
-
राजनीतिक प्रतिवेदन, कार्यक्रम र दस्तावेज तयार गर्न कार्यदल गठन गरिनेछ,
-
संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ, र
-
आगामी छ महिनाभित्र ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गरिनेछ।
हस्ताक्षर गर्ने नेताहरू
सहमतिपत्रमा निम्न नेताहरूले हस्ताक्षर गरेका छन् —
-
पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अध्यक्ष, नेकपा माओवादी केन्द्र)
-
माधवकुमार नेपाल (अध्यक्ष, नेकपा एकीकृत समाजवादी)
-
महेन्द्र राय यादव (अध्यक्ष, नेपाल समाजवादी पार्टी)
-
राजु कार्की (अध्यक्ष, नेकपा समाजवादी)
-
सुवासराज काफ्ले (अध्यक्ष, जनसमाजवादी नेपाल)
-
कर्णजित बुढाथोकी (अध्यक्ष, नेकपा माओवादी–समाजवादी)
-
चिरञ्जी पुन (अध्यक्ष, नेकपा साम्यवादी)
Banner
हरेक आईफोन प्रयोगकर्ताले जान्नैपर्ने २५ महत्त्वपूर्ण सेटिङ,
हरेक आईफोन प्रयोगकर्ताले जान्नैपर्ने २५ महत्त्वपूर्ण सेटिङ, तपाईंलाई कुन कुन बारे थाहा छ ?
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login