Connect with us
Advertisement

११ हजार वैज्ञानिकद्धारा जलवायु आपतकालको घोषणा

Published

on

विराटचोकः एकातिर जलवायु परिवर्तनलाई लिएर अमेरिका पेरिस सम्झौताबाट बाहिरिने औपचारिक घोषणा गरेको छ भने अर्कातर्फ १ सय ५३ देशका ११ हजारभन्दा धेरै वैज्ञानिकहरुले जलवायु आपतकालको घोषणा गरेका छन् ।

यदि भू(धरातलको संरक्षणका लागि तत्काल कदम नउठाएमा ‘सहन नसकिने विपत्ति’ हुन सक्ने भन्दै ती वैज्ञानिकहरुले चेतावनी दिएका छन् । उनीहरुले पर्यावरणका लागि अब गम्भीर कदम उठाउन जरुरत रहेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

चीन, भारत लगायतका देशहरुमा बढ्दो प्रदुषणका बीच वैज्ञानिकहरुले बायोसाइन्स पत्रिका मा एक शोध रिपोर्ट प्रकाशित गरेर जलवायु आपतकालको घोषणा गरेका हुन् । ती वैज्ञानिकहरुले जलवायु आपतबाट बच्नका लागि ६ वटा सुझाव दिएका छन् ।

जसमा नवीकरणीय उर्जाको प्रयोगमा जोड, मिथेन ग्यास जस्ता प्रदुषण कारक तत्वहरुलाई रोक्नु, पारिस्थितिक प्रणालीको सुरक्षा, मांसाहारी खानालाई घटाउँदै शाकाहारी तथा वनस्पतिजन्य खानामा जोड दिनुपर्ने, कार्बनमुक्त अर्थव्यवस्थाको विकास र जनसंख्या नियन्त्रण रहेका छन् ।

एजेन्सी

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली चल्यो

Published

on

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ ।

यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ । ह्वाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो ।

घटनापछि ह्वाइट हाउसलाई अस्थायी रूपमा ‘लकडाउन’ गरिएको थियो, यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस समयमा ह्वाइट हाउसमै रहनुभएएको खबरमा उल्लेख छ ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्

Continue Reading

Banner

चीनको कोइला खानीमा विस्फोट: ९० जनाको मृत्यु

Published

on

उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए ।

टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७: २९ बजे विस्फोट भएको हो । घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । उद्धार कार्य अझै जारी रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेको उपचार र जीवित व्यक्तिको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छ न्। साथै, दुर्घटनाको कारण छानबिन गरी दोषीलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार खानी सञ्चालनसँग सम्बन्धित केही अधिकारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक विवरणअनुसार खानीभित्र अत्यधिक विषालु कार्बन मोनोअक्साइड ग्यासको मात्रा निर्धारित सीमाभन्दा बढी भेटिएको थियो

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक