Connect with us
Advertisement

हिसान स्पोर्टस मिट सुरु : फूटबलमा महेन्द्र, बिष्णु र लर्डबुद्धको बिजयी सुरुवात

Published

on

सुनसरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट आईतबार देखी सुरु भएको छ । खेल महोत्सव अन्तर्गत आइतबार फूटबल र भलिबलका पहिलो चरणका खेलहरु भएका छन ।
दुहबी स्थित सरस्वती उच्च माबिको खेल मैदानमा भएको फूटबलको पहिलो खेलमा महेन्द्र मेमोरियल उच्च माबि दुहबीले धरान उच्च माबिलाई एक सुन्य गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

दोस्रो खेलमा बिष्णु मेमोरियल उच्च माबि धरानले युनिक एकेडेमी झुम्कालाई दुई एक गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा लर्डबुद्ध उच्च माबि झुम्काले युरेका स्कूल धरानलाई तीन सुन्य गोल अन्तरले पराजित गरेको छ ।

आइतबार नै भलिबलका पनि पहिलो चरणका खेलहरु भएका छन । भलिबल छात्र तर्फको पहिलो खेलमा ज्ञान दर्पण स्कूल तरहराले कोशी सेन्टजेम्स उच्च माबिलाई पराजित गरेको छ । दोसा्रे खेलमा एम्स एकेडेमी धरानले कस्तुरी उच्च माबि इटहरीलाई पराजित गर्दा तेस्रो खेलमा ग्रीनपिस उच्च माबि इटहरीले डिपोट स्कूल धरानलाई पराजित गरेको छ । आइतबार दिउसो भएको चौथो खेलमा पूर्वाञ्चल उच्च माबि तरहराले सिबी कलेज इटहरीलाई पराजित गर्दा लर्डबुद्ध उच्च माबि झुम्काले सुष्मा गोदावारी उच्च माबि इटहरीलाइ पराजित गरेको छ ।

भलिबल अन्तर्गत नै छात्रा तर्फको पहिलो खेलमा कस्तुरी उच्च माबिले महेन्द्र मेमोरियल उच्च माबिलाई पराजित गरेको छ । दोसो्र खेलमा बिश्वआदर्शले समिट स्कूल धरानलाई पराजित गर्दा तसा्रे खेलमा ज्ञानदर्पण उच्च माबि तरहराले ग्रीनपिस उच्च माबिलाई पराजित गरेको छ । चौथो खेलमा सुष्मा गोदावारीले डिपोट स्कूललाई पराजित गर्दा पांचौ खेलमा कोशी सेन्टजेम्सले पूर्वाञ्चल उच्च माबि तरहरालाई पराजित गरेको छद। आईतबार सम्पन्न अन्तिम खेलमा युरेका स्कूल धरानले सीबि कलेज इटहरीलाई पराजित गरेको छ ।

Continue Reading

Facebook Comment

18 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

Published

on

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक