मोरङको मिक्लाजुङमा तीन वटा स्काभेटरमा बम विष्फोट साथै आगजनी

बिराटचोक ः मोरङको मिक्लाजुङ गाउपालिका स्थित रमितेमा तीन वटा स्काभेटरमा आगजनी गरिएको छ । गए राती  निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्कावेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन् । एक नम्बर प्रदेस सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भै सडक कालोपत्रे गर्नका लागी सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको ३ वटा स्क्याभेटर आगजनी का साथै बम हानेर ध्वस्त बनाइएको छ ।

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन । यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकोे आशंका गरिएको छ । विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आउन बाकीँ रहेको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.