धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन

बिराटचोक :  धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । पाटन अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो । पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो ।
उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्र्टीमा आवद्ध थिए ।

Spread the love



Leave a Reply

Your email address will not be published.