Banner
गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति क्लबलाई
प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति क्लब इटहरीले जितेको छ। सोमबार भएको फाइनलमा जागृतिले गाईघाट युनाइटेड उदयपुरलाई १–० ले पराजित गर्दै शीर्षस्थान हात पारेको हो।
जागृतिको जितमा प्रवेश बस्नेतले दोस्रो हाफको आठौँ मिनेटमा गरेको गोल निर्णायक ठर्यो। उपाधिसहित राष्ट्रिय जागृतिले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता गाईघाटले १ लाख रुपैयाँ पायो।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी राष्ट्रिय जागृतिका प्रवेश दनुवार घोषित भए। उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

Facebook Comment
Banner
गोवास्थित नाइटक्लब आगलागीमा चारजना नेपालीको मृत्यु
भारत, गोवामा रहेको ‘बिर्च बाई रोमियो लेन’ नामक नाइटक्लबमा आइतबार राति भएको आगलागीमा चार नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा ज्यान गुमाउनेहरूमा चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेको गोवाका अधिकारीहरूले भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सलाई बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार, आगलागी ग्यास सिलिन्डर विस्फोटका कारण भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। उक्त क्लवमा कर्मचारी र पर्यटक गरी कुल २५ जनाको ज्यान गएको छ।
पक्राउमा क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुर परेका छन्। साथै क्लबका मालिक र कार्यक्रम आयोजकहरूकै विरुद्ध एफआईआर पनि दर्ता गरिएको छ।
Banner
प्रतिनिधिसभा चुनाव : ११४ दल सहभागी, १०७ चुनाव चिह्न वितरण
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा कुल ११४ राजनीतिक दल सहभागी हुने भएका छन्। निर्वाचन आयोगले ती दलहरूलाई आवश्यक चुनाव चिह्न प्रदान गरेको जनाएको छ।
आयोगका अनुसार १२० दलले सहभागिताका लागि निवेदन दिएका थिए। जसमध्ये १०२ दललाई एक्लै र १२ दललाई संयुक्त समूह बनाएर प्रतिस्पर्धामा जाने गरी चिह्न प्रदान गरिएको हो। दलहरूले समूह बनाएर प्रतिस्पर्धा गर्ने भएकाले प्रयोगमा आउने चिह्नको कुल संख्या १०७ पुगेको आयोगले जनाएको छ।
चुनावका लागि परेको १२० मध्ये १३ वटा निवेदन खारेज भएका छन्।
Banner
आजको राशिफल: २०८२ मंसिर २२, सोमबार
काठमाडौँ – २०८२ साल मंसिर २२ गते सोमबारको दैनिक राशिफल, पुस कृष्ण पक्षको चतुर्थी तिथि तथा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आज १२ राशिको भाग्यफल यस्तो छ:
मेष – दिन सामान्य। घमण्डले हानि। खानपानमा लापरबाहीले पुरानो रोग बढ्न सक्छ। दाम्पत्य जीवन सुखद।
वृष – आर्थिक उन्नति। शिक्षा तथा वैदेशिक लगानीबाट फाइदा। प्रेम सम्बन्ध राम्रो।
मिथुन – लगानीबाट आम्दानी। अरूको प्रभावमा नपर्नु राम्रो। परिवार र प्रेम जीवन सन्तोषजनक।
कर्कट – शुभ दिन। धार्मिक यात्रा र व्यापारमा लाभ। व्यवहारमा सावधानी।
सिंह – साधारण समय। ठूलो लगानी नगर्नु उपयुक्त। परिवारमा टकराव सम्भावना।
कन्या – ग्रहदशा सकारात्मक। बौद्धिक व्यक्तिसँग भेट। विदेशतर्फको लगानी लाभदायी।
तुला – शिक्षा र समाजमा लाभ। आलस्य त्याग्नुपर्छ। दक्षिणतर्फ यात्रा नगर्नु उचित।
वृश्चिक – आर्थिक लाभ। बन्धु सहयोगी तर अपमान सहनुपर्ने स्थिति आउन सक्छ।
धनु – मिहिनेतको फल ढिलो। झुटा आरोपको सामना गर्नुपर्ने सम्भावना। वैदेशिक लगानी लाभदायी।
मकर – महत्त्वपूर्ण योजना सफल। शिक्षा र स्वास्थ्य अनुकूल। सामाजिक सम्मान।
कुम्भ – खर्च र यात्रा वृद्धि। समाजमा मान भए पनि दाम्पत्यमा खटपट।
मीन – लगानीमा फाइदा, सामाजिक प्रशंसा। खानपानमा लापरबाहीले स्वास्थ्य बिग्रिन सक्छ। खर्च बढ्नेछ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login