Connect with us
Advertisement

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

Published

on

आज २०८२ साल मंसिर २३ गते मंगलबार, तदनुसार २०२५ डिसेम्बर ९ तारिख पुस कृष्ण पक्ष पञ्चमी। आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस समेत परेको छ।

मेष र सिंह राशिका लागि आजको समय सामान्य देखिन्छ भने लगानी तथा खर्चमा सचेत रहन सुझाव दिइएको छ।
वृष, मिथुन र कर्कटका लागि दिन अनुकूल रहनेछ। विशेषगरी कर्कट राशिले धार्मिक यात्रा तथा शिक्षा क्षेत्रमा उत्साहजनक परिणाम पाउनेछन्।

सिंह र तुला राशिका लागि कामप्रति सजगता आवश्यक देखिए पनि परिवार र प्रेम सम्बन्धमा सन्तुष्टि मिल्ने ज्योतिषको आकलन छ।
वृश्चिक र मकर राशिले आर्थिक क्षेत्रमा उल्लेखनीय लाभ पाउने योग बनिरहेको छ।

धनु र कुम्भ राशिका लागि सामाजिक सम्मान र व्यापारिक फाइदाका संकेत देखिएका छन् भने मीन राशिका जातकले अनावश्यक खर्च र विवादबाट टाढा रहनु उचित हुने बताइएको छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत

Published

on

अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।

Continue Reading

Banner

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएल फाइनलमा

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सविरुद्ध शानदार प्रदर्शन गर्दै लगातार दोस्रोपटक फाइनल यात्रा पक्का गरेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटिएपछि रोयल्सले ७७ रनको प्रभावशाली जित निकालेको हो।

A+AA

विराटनगनर किंग्सविरुद्ध ७७ रनको विशाल जित निकाल्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । पराजित विराटनगरका लागि पनि फाइनल पुग्ने अर्को मौका छ । टोलीले काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । विराटनगरका लागि फाफ डु प्लेसिसले ३६, मर्सान्ट डी लाङ्गले १५ र बसिर अहमदले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  सुदूरपश्चिमका लागि स्कट कुगेलाइन, हरमित सिंह र अभिनाश बोहोराले दुई दुई तथा हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले  एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले ५२ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी, आरिफ शेख र सेल्डन ज्याकसनले २० २०, हरमित सिंहले १४, ईशान पाण्डेले १३ तथा मुख्तर अहमदले १० रन बनाए । विराटनगरका लागि प्रतिस जिसी र मर्सान्ट डी लाङ्गले दुई–दुई तथा साम हेज्लेट र सूर्य तामाङले एक–एक विकेट लिए ।

Continue Reading

Banner

एमाले महाधिवेशनमा विद्युतीय मतदान, तयारी तीव्र

Published

on

नेकपा एमालेको ११औं महाधिवेशनमा यसपटक पनि विद्युतीय माध्यमबाट मतदान हुने भएको छ। अघिल्लो १०औं महाधिवेशनमा जस्तै यसपटक पनि मतदान प्रक्रिया डिजिटल रूपमा नै सञ्चालन गर्न लागिएको एमाले नेतृ सुनिता बरालले बताइन्।

उनका अनुसार निर्वाचन टोलीले भोटिङ मेसिन बुकिङ, प्रतिनिधिको नाम इन्ट्री लगायतका प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको छ। “समय व्यवस्थापन र प्रविधिको उपयोगमा एमाले अब्बल छ। १०औं महाधिवेशनमै हामीले सफलतापूर्वक विद्युतीय मतदान गरेका थियौं,” बरालले अनलाइनखबरसँग भनिन्।

एमालेले वैधानिक व्यवस्थाअनुसार महाधिवेशनमा कुन पदमा कति जना नेतृत्व चयन हुने भन्ने संरचना बनाउन थालेको छ। नोमिनेसन परेपछि त्यसैका आधारमा डाटा इन्ट्री हुँदै निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ।

अघिल्लो महाधिवेशनमा विद्युतीय मतदानसँगै स्लिप पनि गणना गरिएको थियो। यसपालि स्लिप गणना गर्ने–नगर्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ। यो विषय निर्वाचन समितिको सिफारिस र पार्टी नेतृत्वसँगको समन्वयमा तय हुनेछ।

बरालका अनुसार विद्युतीय मतदान प्रणाली पारदर्शी हुन्छ भन्ने एमालेको धारणा छ। विगतमा कसैले शंका गरेपछि स्पष्टताका लागि स्लिप समेत गणना गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक