Connect with us
Advertisement

एनपीएलमा आजदेखि प्लेअफ सुरु, पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि प्लेअफ चरणमा प्रवेश गर्दैछ। मंसिर १ गतेबाट सुरू भएको प्रतियोगिताले लिग चरणमै दर्शक र क्रिकेट वातावरणलाई ताताएको थियो। अब भने टुर्नामेन्ट निर्णायक मोडतर्फ अघि बढ्दैछ।

आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा पहिलो क्वालिफायरमा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र शक्तिशाली विराटनगर किंग्स आमनेसामने हुँदैछन्।
पहिलो क्वालिफायर जित्ने टोली सीधै फाइनल पुग्नेछ, पराजित टोलीले भने अर्को मौका पाउन इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।

प्लेअफको समीकरण : कसले कति बलियो?

भोलि (बुधबार) हुने इलिमिनेटरमा काठमान्डु नाइट्स र लुम्बिनी अर्द्धफाइनल यात्राका लागि भिड्नेछन्।
हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। जीत्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।
फाइनल खेल आउँदो शनिबार हुनेछ।

लिग चरणको कथा : विदेशीहरू चम्किए, नेपाली बलरले प्रभाव जमाए

दोस्रो संस्करणमा विदेशी खेलाडीहरूको उपस्थिति उल्लेख्यरूपमा बढेको छ। यसैले यसपटक एनपीएलको रौनक मैदानदेखि सामाजिक सञ्जालसम्म फैलिएको देखियो।
ब्याटिङतर्फ सबैभन्दा धेरै रन विदेशी खेलाडीहरूले बनाए:

  • एडम रोसिङ्टन (पोखरा) – १ शतक, २ अर्धशतकसहित ३२३ रन, शीर्ष स्थान

  • मार्क वाट (कर्णाली) – २४६ रन

  • रवि बोपारा (चितवन) – २३७ रन

नेपाली ब्याट्सम्यानमध्ये लुम्बिनीका कप्तान रोहित पौडेल २ सय ८ रनसहित अग्रस्थानमा रहे।
उनलाई सुदूरपश्चिमका विनोद भण्डारी (२०१ रन) ले पछ्याए।

तर बोलिङतर्फ भने नेपाली खेलाडीले उत्कृष्टता देखाए।
विराटनगरका कप्तान सन्दीप लामिछाने १५ विकेटसहित अग्रस्थानमा छन्।
उनलाई अविनाश बोहरा (१४ विकेट) र शाहब आलम (१२ विकेट) ले पछ्याएका छन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

Published

on

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।

दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।

पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।

Continue Reading

Banner

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

Published

on

आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख शुक्ल पक्षको अष्टमी तिथि । लोकतन्त्र दिवस, गोरखकाली पूजा । तदनुसार सन् २०२६ अप्रिल २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ। साना कुराले मन अशान्त हुनसक्छ। लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहेको छ। आज शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

वृष : दिन राम्रो छ । मन शान्त बन्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी साथी शान्त भएकाले मौन बसेर आफ्नो काम गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

मिथुन : समय राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रमा रमाइलो गर्ने अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

कर्कट : लगानीमा अवरोध हुँदा मानसिक तनाव बढ्नेछ। राज्यको तर्फबाट भय बढ्नेछ। सानो रकम भए पनि दान गरेर मनलाई शान्त पार्न सक्नुहुनेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

सिंह : शुभ समाचार सुन्ने दिन छ । आज नसोचेको धन प्राप्त हुनेछ। मित्रबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्न सकेमा रोगबाट मुक्ति मिल्नेछ। विपक्षी साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। छोटो दूरीको सुखद् यात्रा हुनेछ।

कन्या : दिन राम्रो छ । बोली र व्यवहारमा एकरुपता भएमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। अग्रजबाट हौसला प्राप्त हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

तुला : सुख र आनन्द प्राप्त हुने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्दा प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। शिक्षामा श्रम गर्नुपर्ने दिन छ ।

वृश्चिक : दैनिकी तपाईंका लागि सहज रहेको छ। रमाइलो गर्ने नाममा खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। अरुको कामका लागि आफ्नो समय र खर्च नगर्नु उचित हुनेछ।

धनु :आजको यात्रा तपाईंका लागि कष्टकर बन्नेछ। मन अशान्त बन्ने छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। व्यापारमा निरासा बढ्ने भएकाले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

मकर : काम गर्दा सचेत बन्नु उचित हुन्छ । अचानक मनमा असन्तोष पैदा हुनेछ। कुटुम्बसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु फाइदा हुनेछ। शनिका कारण हरेक काममा बाधा हुनेछ। गणेशको भजन मात्र सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कुम्भ : दिन सुखद् रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।

मीन : सोचेर काम गर्नु उचित हुन्छ । साना कुराले मनमा निरासा बढ्नेछ। आफ्नै परिवारका कारणले मनमा असन्तुष्टि बढ्नेछ। दैनिक काममा कसैसँग विवाद नगर्नु उचित हुनेछ। राम्रो बोल्दा पनि खराब बुझाइले तनाव बढ्नेछ।

Continue Reading

Banner

कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य

Published

on

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना जारी गरी मन्त्रालय/विभाग/कार्यालय/निकाय र स्थानीय तहहरूलाई कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको हो । साथै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सम्बन्धित कार्यालयमा सुरक्षित राख्न पनि भनिएको छ।

पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ । सो व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउनु हुन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी, प्रमाणित गरी सो अभिलेख कार्यालयमा सुरक्षित राख्न समेत यस मन्त्रालयको मिति २०८३।०१।०८ गतेको निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ ।’

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक