Banner
इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत
अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।
Facebook Comment
Banner
विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएल फाइनलमा
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सविरुद्ध शानदार प्रदर्शन गर्दै लगातार दोस्रोपटक फाइनल यात्रा पक्का गरेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटिएपछि रोयल्सले ७७ रनको प्रभावशाली जित निकालेको हो।
विराटनगनर किंग्सविरुद्ध ७७ रनको विशाल जित निकाल्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । पराजित विराटनगरका लागि पनि फाइनल पुग्ने अर्को मौका छ । टोलीले काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । विराटनगरका लागि फाफ डु प्लेसिसले ३६, मर्सान्ट डी लाङ्गले १५ र बसिर अहमदले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि स्कट कुगेलाइन, हरमित सिंह र अभिनाश बोहोराले दुई दुई तथा हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले ५२ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी, आरिफ शेख र सेल्डन ज्याकसनले २० २०, हरमित सिंहले १४, ईशान पाण्डेले १३ तथा मुख्तर अहमदले १० रन बनाए । विराटनगरका लागि प्रतिस जिसी र मर्सान्ट डी लाङ्गले दुई–दुई तथा साम हेज्लेट र सूर्य तामाङले एक–एक विकेट लिए ।
Banner
एमाले महाधिवेशनमा विद्युतीय मतदान, तयारी तीव्र
नेकपा एमालेको ११औं महाधिवेशनमा यसपटक पनि विद्युतीय माध्यमबाट मतदान हुने भएको छ। अघिल्लो १०औं महाधिवेशनमा जस्तै यसपटक पनि मतदान प्रक्रिया डिजिटल रूपमा नै सञ्चालन गर्न लागिएको एमाले नेतृ सुनिता बरालले बताइन्।
उनका अनुसार निर्वाचन टोलीले भोटिङ मेसिन बुकिङ, प्रतिनिधिको नाम इन्ट्री लगायतका प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको छ। “समय व्यवस्थापन र प्रविधिको उपयोगमा एमाले अब्बल छ। १०औं महाधिवेशनमै हामीले सफलतापूर्वक विद्युतीय मतदान गरेका थियौं,” बरालले अनलाइनखबरसँग भनिन्।
एमालेले वैधानिक व्यवस्थाअनुसार महाधिवेशनमा कुन पदमा कति जना नेतृत्व चयन हुने भन्ने संरचना बनाउन थालेको छ। नोमिनेसन परेपछि त्यसैका आधारमा डाटा इन्ट्री हुँदै निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ।
अघिल्लो महाधिवेशनमा विद्युतीय मतदानसँगै स्लिप पनि गणना गरिएको थियो। यसपालि स्लिप गणना गर्ने–नगर्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ। यो विषय निर्वाचन समितिको सिफारिस र पार्टी नेतृत्वसँगको समन्वयमा तय हुनेछ।
बरालका अनुसार विद्युतीय मतदान प्रणाली पारदर्शी हुन्छ भन्ने एमालेको धारणा छ। विगतमा कसैले शंका गरेपछि स्पष्टताका लागि स्लिप समेत गणना गरिएको थियो।
Banner
मोरङको रतुवा–केशलिया सडक निर्माणको ठेक्का रद्द, २५ प्रतिशत मात्रै प्रगति
हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का सरकारले रद्द गरेको छ। योजना कार्यालय इटहरीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै हेटौँडास्थित श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता अन्त्य भएको जनाएको हो।
२०७६ कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) सम्झौता गरिएको यो सडक तीन वर्षभित्र पूरा गर्ने लक्ष्य थियो। तर तोकिएको समयमा काम नहुँदा र निर्माणको प्रगति करिब २५ प्रतिशत मात्र पुगेपछि ठेक्का तोडिएको हो। सडक केही ठाउँमा ४ लेन र केही ठाउँमा ६ लेनमा विस्तार गर्ने योजना थियो।
ठेक्काको म्याद दुईपटक थपिए पनि पछिल्लो म्याद गत जेठमै सकिएको थियो। पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढेको, साइट लामो समयदेखि ठप्प रहेको र ठेकेदारले प्रतिबद्धता पूरा नगरेको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए।
योजना कार्यालयले कार्य सम्पादन जमानतवापतका ४ करोड १९ लाख रुपैयाँ र पेश्की रकम ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकलाई पत्राचार गरिसकेको छ। पेश्की रकममा १० प्रतिशत ब्याजसहित असुल गरिनेछ।
साउनमै ‘किन ठेक्का नतोड्ने?’ भन्दै निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण मागिएको थियो। कम्पनीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ।
सम्झौता उल्लंघन गरेको र काम सुचारु गर्नेतर्फ आवश्यक तदारुकता नदेखाएको ठेकेदारलाई कालोसूचीमा राख्ने सिफारिस पनि कार्यालयले गरेको छ।
योजना कार्यालयले बाँकी कामको नापजाँच तथा वित्तीय फरफारकका लागि कम्पनीलाई १५ दिनभित्र उपस्थित हुन अनुरोध गरेको छ। उपस्थित नभएमा कार्यालयले स्वयं नापजाँच गर्ने जनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login