Connect with us
Advertisement

आजको राशिफल : मंसिर २४, २०८२ बुधबार

Published

on

आज २०८२ मंसिर २४ गते बुधबार, अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

मेष – स्वास्थ्य राम्रो, शिक्षा–व्यवसायमा सफलता, विदेश आकर्षण।

वृष – बोलीका कारण दूरी बढ्न सक्छ, रोग जोखिम, परिवारको साथ।

मिथुन – नियमित काम सफल, राज्य पक्षबाट भय, परिवारसँग खुसी।

कर्कट – स्वास्थ्य सुधार, भूमिको कारोबारमा हानी, दाम्पत्य सुख।

सिंह – बोली प्रभावशाली, शिक्षामा लगानीबाट प्रतिफल, प्रतिस्पर्धी कमजोर।

कन्या – दैनिकी ठीकठाक, स्वास्थ्यमा जोखिम, सेवाको अवसर।

तुला – योजना सफल, विदेशप्रति आकर्षण, परिवारमा खटपटीको सम्भावना।

वृश्चिक – ठूला व्यक्तिसँग भेट, प्राविधिक शिक्षाबाट फाइदा, कर्तव्य पूरा गर्नु उचित।

धनु – मनमा खटपटी, सम्पत्ति बढ्ने तर इज्जतमाथि दाग, शरीरमा आलस्य।

मकर – व्यापारमा लाभ, शिक्षा प्रतिफल ढिला, पारिवारिक सम्बन्ध सुमधुर।

कुम्भ – धन लाभ, रोग जोखिम, राज्यतर्फबाट सुविधा बढ्ने योग।

मीन – नयाँ काम सुरु गर्न उपयुक्त, परिवार–साथीको साथ, प्रेम सम्बन्ध मधुर।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी खेल्दै

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् ।

खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको भोलि हुने खेलमा विराटनगर किङ्स र आजको इलिमिनेटर विजेता टोलीले फाइनल पुग्न खेल्नेछन् ।

यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

अब उसले उपाधिका लागि भोलि हुने दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । अघिल्लो वर्ष भएको पहिलो संस्करणमा फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ड्ससँग पराजित भएको थियो ।

Continue Reading

Banner

समानुपातिक प्रणालीका लागि १०० दलको आवेदन

Published

on

प्रतिनिधिसभा चुनाव–२०७९ का लागि समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आयोगमा दर्ता भएका १४३ दलमध्ये ४३ दलले भने समानुपातिकतर्फ चासो देखाएनन्।

आयोगले मंसिर २१ देखि २३ गतेसम्म आवेदन दिने समय तोकेको थियो। संयुक्त वा एकल चुनाव चिह्न लिएका दलहरूले समयसीमा भित्र निवेदन दर्ता गराएका हुन्। आवेदनहरूको अध्ययनपछि पर्सिसम्म स्वीकृति हुने आयोगले जनाएको छ।

कार्यतालिका अनुसार पुस १३ र १४ गते बन्द सूची आयोगमा पेस गर्नुपर्नेछ। त्यसपछि अध्ययन गरी माघ ४ गते प्रारम्भिक सूचीमाघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ।

प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ प्रत्यक्ष११० समानुपातिक प्रणालीमार्फत सदस्य चयन हुने व्यवस्था

Continue Reading

Banner

इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत

Published

on

अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक