Banner
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी खेल्दै
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् ।
खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको भोलि हुने खेलमा विराटनगर किङ्स र आजको इलिमिनेटर विजेता टोलीले फाइनल पुग्न खेल्नेछन् ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
अब उसले उपाधिका लागि भोलि हुने दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । अघिल्लो वर्ष भएको पहिलो संस्करणमा फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ड्ससँग पराजित भएको थियो ।
Facebook Comment
Banner
निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराउन सबै पालिका र जिल्ला समन्वय समितिलाई आयोगको पत्राचार
निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा लागू गराउन निर्वाचन आयोगले देशभरका सबै स्थानीय तह (पालिका) र जिल्ला समन्वय समितिलाई औपचारिक पत्राचार गरेको छ।
आयोगले पठाएको पत्रमा निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादा कायम गर्न आचारसंहिता कडाइका साथ पालना गराउन आग्रह गरिएको छ। विशेषगरी सार्वजनिक स्रोत–साधनको दुरुपयोग नगर्न, सरकारी पदाधिकारीले निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुन, विकास निर्माणका नाममा मत प्रभावित पार्ने गतिविधि रोक्न तथा आचारसंहिता विपरीतका काम देखिए तत्काल कारबाहीका लागि समन्वय गर्न भनिएको छ।
त्यसैगरी, आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी आएमा छिटो अनुगमन र आवश्यक प्रतिवेदन निर्वाचन आयोगमा पठाउन पनि पालिका र जिल्ला समन्वय समितिलाई निर्देशन दिइएको छ। आयोगले सबै निकायको सक्रियताले मात्र निर्वाचनलाई विश्वसनीय र शान्तिपूर्ण बनाउन सकिने जनाएको छ।
Banner
स्कटल्यान्डसँग पराजित, नेपाल समूह चरणबाट बाहिरियो
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो ।
स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो । नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाए । स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन् ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ४० रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन् । नेपालकी मनिषा उमाध्यायले ४ र रुविना क्षेत्रीले ३ विकेट लिइन् ।
योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको छ । स्कटल्यान्डले भने सुपर सिक्समा स्थान बनाएको छ । यसैबीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
समूह ‘ए’ मा पपुवा न्यु गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ । समूह ‘ए’ बाट बङ्गलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली यही जुनमा इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
Banner
विश्वकप छनोटमा नेपाल जित्नै पर्ने अवस्थामा
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफयारमा आज स्कटल्यान्डको सामना गर्दा घरेलु टोली नेपाल जित्नै पर्ने दबाबमा छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान बजे सुरु हुँदैछ । समूह चरणको अन्तिम खेल खेल्दै गरेको नेपाल यो खेल जित्दै सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो । आज नेपालले जितेर मात्रै पुग्दैन थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।
हालको अवस्थालाई हेर्दा नेपालले स्कटल्यान्ड तथा नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ ।
नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान ४ अंक हुन्छ । यस्तोमा नेटरनरेट हेरिन्छ, त्यसमा स्कटल्यान्ड निकै अगाडि छ ।
यदि नेपाल स्कटल्यान्डसँग पराजित भएमा स्वतः बाहिरिनेछ र थाइल्यान्ड र स्कटल्यान्ड सुपर सिक्सका लागि छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ ।
स्कटल्यान्डले टी–२० विश्वकपको अभुभव लिइसकेको छ । गत संस्करण यूएईमा भएको प्रतियोगितामा सहभागिता जनाएको टोली समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्ड पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताअघि भएको अभ्यास खेलमा भने नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login